१३ मेगापिक्सलको इन्फोकस ६८० बजारमा

१३ मेगापिक्सलको इन्फोकस ६८० बजारमा

बुधबार, २० पुष २०७३

अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । उक्त मोबाइल नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्र्याएको हो। ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको उक्त स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको कम्पनीको भनाइ छ।

समस्या थप्दै रोबोट

समस्या थप्दै रोबोट

बुधबार, २० पुष २०७३

रोबोटले मानिसको दैनिकीमा नराम्रो प्रभाव पार्न थाल्यो भन्दा तपाईंलाई आश्चर्य लाग्ला तर विकसित मुलुकमा यसले सर्वसाधारणको जागिर खोस्न थालिसक्यो । होटलहरुमा अतिथिलाई स्वागत गर्नेदेखि लिएर रिसेप्सनमा अरुका प्रश्नको उत्तर दिने काम पनि यसैले सम्हालिसकेको छ ।

मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने

मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने

मङ्गलबार, १९ पुष २०७३

नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । फोरजी सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।

टेलिकमको फोर-जी सुरु

टेलिकमको फोर-जी सुरु

सोमबार, १८ पुष २०७३

नेपाल टेलिकमले चौथो पुस्ताको प्रविधि (फोर–जी/एलटिई) मा आधारित सेवा सुरु गरेको छ। ग्राहकको लामो प्रतीक्षापछि नेपालमै पहिलोपटक सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक टेलिकमले आइतबार फोर–जी सेवा सुरु गरेको हो। फोर–जी भनेको थ्री–जीको विकसित रुप हो, जुन द्रुत गतिको हुनेछ।

नेपाल टेलिकमले सुरु गर्‍यो 4G सेवा

नेपाल टेलिकमले सुरु गर्‍यो 4G सेवा

आइतबार, १७ पुष २०७३

टेलिकम्यूनिकेसनको चौंथो पुस्ता 4G आजबाट नेपाल टेलिकमले सुरु गरेको छ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल टेलिकमको 4G सेवाको शुभारम्भ गरे।

इन्टरनेटको लत छुटाउने एप

इन्टरनेटको लत छुटाउने एप

शुक्रबार, १५ पुष २०७३

गाउँ, सहर जतासुकै इन्टरनेट हिजोआज सबैको आवश्यकताको विषय बन्न पुगेको छ। इन्टरनेटबिनाको जीवन हिजोआज कल्पनासमेत गर्न सकिन्न। यस्तो अवस्थामा इन्टरनेट एउटा लतसमेत बन्न पुगेको छ। यसमा सोसल मिडियाले हामीलाई झनै पागल बनाइदिएको छ।

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

आइतबार, १० पुष २०७३

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्।

स्काइप भिडियो कललाई यसरी गर्नुस् अनुवाद

स्काइप भिडियो कललाई यसरी गर्नुस् अनुवाद

सोमबार, ०४ पुष २०७३

इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ। नीजि देखि व्यवसायीक कलको लागि यो एप लोकप्रिय छ। पछिल्ला २/३ बर्षमा व्हाट्स एपले आफ्नो जवर्जस्त बजार विस्तार गरिरहेको छ। भिडियो कलको सुविधा दिने एपबीच तिब्र प्रतिश्पर्धा भइरहँदा नयाँ नयाँ फिचर उनीहरुले दिन थालेका छन्। यहीबीचमा स्काइपले 'लाइभ कल ट्रास्लेसनको' सुविधा ल्याएको हो।

ह्वाट्स एपबाट 'चिट'

ह्वाट्स एपबाट 'चिट'

आइतबार, ०३ पुष २०७३

एमबिबिएस प्रवेश परीक्षा दिन विराटनगरस्थित नोबेल मेडिकल कलेज पुगेका अधिकांश परीक्षार्थीको हातमा मोबाइल थियो। परीक्षार्थी नोबेल कलेजतर्फ जाँदै गर्दा प्रोफेसरसहित एप्सका जानकार भने एउटा कोठामा एकत्रित भइरहेका थिए।

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

आइतबार, ०३ पुष २०७३

कमला (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोध स्विकारिन्। कमला र ती युवा सामाजिक सञ्जाल फेसबुकमा साथी भए।

लेखकको असल साथी

लेखकको असल साथी

शनिबार, ०२ पुष २०७३

टि्वटरबिनाको समाज विश्वव्यापी अर्थतन्त्रका लागि पनि क्षति हो। हरेक उद्योगको माग र आपूर्तिको बल पुस्तकमा पनि लागु हुन्छ। त्यसैले, टि्वटरले पाठकहरुलाई कुनै लेखकको पुस्तक पढाउनका लागि यकिन बनाउन सहयोग गर्छ। टि्वटरले हरेक लेखकभित्र रहेको जीवनको बढ्दो राजनीतिक धकेल्याइँलाई सन्तुष्ट पार्न पनि सहयोग गर्छ।

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

शुक्रबार, ०१ पुष २०७३

वर्ल्डलिंक कम्युनिकेशन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ। कम्पनीले २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो। ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।

नेपालमा पोकेमन गो सुरु

नेपालमा पोकेमन गो सुरु

शुक्रबार, ०१ पुष २०७३

युवापिढीको बहुप्रतीक्षित मोबाइल खेल 'पोकेमन गो' नेपालमा सार्वजनिक भएको छ। वास्तविक लोकेसनमा आधारित उक्त खेल एकैसाथ दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, भुटान, बंगलादेश र श्रीलंकामा समेत सार्वजनिक गरिएको हो।

सामाजिक सञ्जाल मानसिक स्वास्थ्यका लागि राम्रो

सामाजिक सञ्जाल मानसिक स्वास्थ्यका लागि राम्रो

शुक्रबार, २४ मङि्सर २०७३

सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ ।

चाइना टेलिकमले एनटीसीलाई आईपी सेवा उपलब्ध गराउने

चाइना टेलिकमले एनटीसीलाई आईपी सेवा उपलब्ध गराउने

बुधबार, २२ मङि्सर २०७३

नेपाल टेलिकम(एनटीसी) र चाइना टेलिकम ग्लोबल(सीटीजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्गबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

भिडियो कलको लागि कुन एप सस्तो?

भिडियो कलको लागि कुन एप सस्तो?

बुधबार, १५ मङि्सर २०७३

व्हाट्स एपले हालै मात्र भिडियो कलिङ फिचर ल्यायो। यसले भिडियो कलिङको सुविधालाई व्यवस्तित बनाएको छ। तर व्हाट्स एप मात्र भिडियो कल सुविधा दिने एक्लो एप भने होइन। स्काइप र एप्पलको फेस टाइम यसको लागि उत्तिकै लोकप्रिय छन्।

ट्विटरले निलम्बन गर्यो ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट

ट्विटरले निलम्बन गर्यो ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट

बिहिबार, ०२ मङि्सर २०७३

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको बताएको छ। ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरुको एकाण्ट हाललाई निलम्बन गरको जनाएको छ। तर उसले के करणले उनीहरुको एकाउण्ट निलम्बन गरको भन्ने बारेमा भने केही खुलाएको छैन्।

एनटीसीको ‘थ्रिजी’ सेवामा समस्या, उपभोक्तालाई मर्का

एनटीसीको ‘थ्रिजी’ सेवामा समस्या, उपभोक्तालाई मर्का

सोमबार, २९ कार्तिक २०७३

नेपाल टेलिकमको नमस्ते तथा स्काई मोबाइलको ‘थ्रिजी’ सेवा नचल्दा खोटाङका उपभोक्ता मारमा परेका छन्। थ्रिजी नचल्दा नमस्ते मोवाईलबाट भ्वाइस कल, भिडियो कल र ईन्टरनेट सेवाबाट ग्राहक बञ्चित बनेको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए। चलेका ठाउँमा पनि अति नै ‘स्लो स्पीड’मा चल्ने गरेको छ।

‘अनलाइन निर्देशिका’ कार्यान्वयनमा जटिलता

‘अनलाइन निर्देशिका’ कार्यान्वयनमा जटिलता

बिहिबार, २५ कार्तिक २०७३

अनलाइन सञ्चारमाध्यमको दर्ता, नविकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि ‘अनलाइन निर्देशिका’ ल्याएको पाँच महिना बितिसक्दा समेत कार्यान्वयनमा जटिलता देखिएको छ । ऐन नआउनजेलसम्मका लागि अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्न २०७३ जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे पनि “सरकारले अनलाइन सञ्चारमाध्यमलाई अङ्कुस लगाउन खोजेको” भन्दै सम्बन्धित क्षेत्रले असन्तुष्टि व्यक्त गरेका थिए ।

आईफोन पाउन युवकले नाम बदलेर आईफोन सेभेन राखे

आईफोन पाउन युवकले नाम बदलेर आईफोन सेभेन राखे

मङ्गलबार, १६ कार्तिक २०७३

आइफोन अमेरिकाको मात्र नभई विश्वकै प्रतिष्ठित ब्रान्डमा पर्छ। त्यसैले यसप्रतिको क्रेज सबैतिर उस्तै देखिन्छ। प्रत्येक पटक नयाँ मोडलको आइफोन आउँदा केही न केही अजीब खबरहरु आउँछन्। कहिले कोही आइफोन किन्न आफ्नो किड्नी बेच्छन्, कोही आफैले जन्माएको बच्चै बेचिदिन्छन्। यो पटक पनि यस्तै रोचक खबर सार्वजनिक भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।