आरक्षण कि कार्यक्षमता ?

आइतबार, ०८ फागुन २०७३

सक्षम राजनीतिक ढाँचा निर्माण त्यस बेला मात्र सम्भव हुन्छ, जब सरकारी निकायमा उत्कृष्ट तथा कार्यक्षमता भएका व्यक्तिले स्थान पाउँछन्। सुन्दा यो तर्क राम्रो लाग्छ–हाकाहाकी कसैले विरोध गर्न सक्दैन। तर, कार्य क्षमताबारे पैरबी गर्ने व्यक्ति वा समुदायको मनोभावना वा आशय के छ भन्ने अध्ययन गर्नु जरुरी छ।

पुनर्निर्माणमा महिला सहभागिताकाे सवाल

मङ्गलबार, ०३ फागुन २०७३

विभिन्न समयमा ठुल्ठूला भूकम्पले नेपालमा क्षति पु¥याउँदै आए पनि अझै त्यसप्रति पर्याप्त सजकता अपनाएको पाइँदैन । गत वर्षको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले मुलुकको सामाजिक तथा आर्थिक अवस्था तहसनहस भएको छ ।

'कांग्रेसले एमालेसँगको सम्बन्ध किन तोड्यो?'

मङ्गलबार, ०३ फागुन २०७३

कांग्रेस, एमाले गठबन्धन गरिराख्ने हो भने तराईको असन्तुष्ट पक्ष झन टाढा पुग्छ। तल्लो भेगलाई नजिक ल्याउनुपर्छ। यही कारणले कांग्रेसले एमालेसँगको सम्बन्धलाई तोडेर मधेशलाई नजिक ल्याउने प्रयास गरेको हो।

'अाैषधि नभए खबर पाउँ, २४ घन्टामा कि औषधि कि पैसा पाउनुहुन्छ'

बुधबार, १९ माघ २०७३

जिल्लाको नेतृत्वले काम गरेन भने पनि जिम्मेवारी मेरो नै हो, म गराएर नै छोड्छु। यदि कसैले गर्दैनन भने काम नगर्नेले छोड्छन, गर्नेले पुरस्कार पाउछन नगर्नेले दण्ड पाउछन नै। तर यसको लागि तथ्यको सम्पूर्ण पक्ष संप्रेसित भयो भने मलाई काम गर्ने वातावरण बन्छ। यसका निम्ति सबैसँग सहयोगको अपेक्षा गरेको छ।

'दिक्क हुनुभन्दा रिस उठ्नु ठिक'

शुक्रबार, १४ माघ २०७३

उमेरले गर्दा पनि होला, मनमा धेरै कुरा खेल्छ। रिस पनि उठ्छ। कहिले कहिले त दिनभरि नै रिस उठिरहन्छ। देशले अहिले पनि गति लिन नसकेको देख्दा, एकदेखि अर्को राजनीतिक झगडामा देश रुमलिएको देख्दा, व्यापक भ्रष्टाचार देख्दा, दिनहुँ हज्जारौं युवायुवती विदेश पलायन भएको देखेर। जहाँ पनि माफियाहरुको बिगबिगी देख्दा, सार्वजनिक संस्थाहरुको गिर्दो अवस्था देख्दा, सम्रगमा देश अस्तब्यस्त देख्दा आदि आदि।

संसद्, सांसद र समाचार

आइतबार, ०९ माघ २०७३

नेपालमा वि.सं. २००७ को प्रजातान्त्रिक क्रान्तिपछि पत्रकारिता क्षेत्र क्रमिक रुपमा विकसित हुँदै गयो। वि.सं. २०१६ देखि संसदीय गतिविधिले स्थानीय अखबारमा प्राथमिकता पाउन थाल्यो। मुलुकको पहिलो निर्वाचित सदनमा नियमित संवाददाता रहेर काम गर्ने जीवित पत्रकार हुन् भैरव रिसाल।

कुन दिशा उन्मुख छ समाज ?

शनिबार, २३ पुष २०७३

सात दशक वरपर नेपालमा ठूला–ठूला क्रान्ति भए। थोरै–थोरै गरेर राजनीतिक परिर्वतन आयो। २००७, २०४६ र ०६२/०६३ इतिहासमा महत्वपूर्ण छन्। यो बीचमा २०१७ मा पनि परिवर्तन त भयो तर त्यो जनताको स्वतन्त्रताको लागि भन्दा निरंकुशताका लागि थियो। हामी जति राजनीतिक रूपमा अघि बढ्यौँ, सामाजिक–आर्थिक हिसाबले त्यति सफलता प्राप्त गर्न सकेनौँ।

नसोध्नुहोस् ! घर कहाँ हो?

मङ्गलबार, १२ पुष २०७३

म आफ्नो घर र घरवाला प्रसंगबाट धेरै टाढा आइपुगिसकेको थिएँ। फेरि केही दिनअघि मात्रै एकजनाले सम्झाइदिए। प्रश्नको शैली उत्तरको आशयमा केही फरक नहुने यो ‘घर कहाँ हो नि ?’ भन्ने कुराले कहिले कहीँ मथिंगल हल्लाउँछ। खाशमा केही वर्ष मात्रै भएको छ मैले शिर ठाडो पारेर मान्छेलाई आफ्नो घर भएको भुगोल बताउन थालेको।

बाबुराम र प्रचण्डलाई एक अर्काको कमी भएको छ

सोमबार, ११ पुष २०७३

आज म जे छु, जुन स्थानमा छु यसको मुख्य कारक मेरो बुबा, स्वर्गीय भक्तिप्रसाद पाण्डे, नै हुनुहुन्छ। मैले हिडेको यो बाटोमा लाग्न उहा“ले नै दिशानिर्देश गर्नुभएको हो। त्यसपछि म निरन्तर हि“डिरहें, हि“डिरहेको छु। आफ्नै जीवनयात्रा लेखिएको पुस्तक विमोचनको दिन आज बुबा हामीसँग भौतिक रुपमा हुनुहुन्न । जीवनभर उहाँ थुप्रै ‘मृत्यु’हरुसँग जित्दै नेपाली राजनीतिक क्रान्तिको लडाइ लड्नुभयो।

त्रासको छायाँमा युरोपको क्रिसमस

बुधबार, ०६ पुष २०७३

यतिखेर विश्वको ध्यान बर्लिनले तानेको छ। बर्लिन पूर्ण रुपमा शोकमा डुबेको छ। विश्वले बर्लिनलाई शोक सन्देश पठाइरहेका छन्। बर्लिनमा सोमबार राति भएको लरी आक्रमणको जिम्मा इस्लामिक संगठन आइएसआइएसले लिएको छ। सोमबार रातिभएको आक्रमणमा १२ जनाको ज्यान गयो भने ४८ जना घाइते भए। मंगलबार बेलुका बर्लिनमा चान्सलर एंगेला मार्केल सहितका जर्मनीका उच्च नेता शोक सभामा सहभागी भए।

महिलालाई हेर्ने दृष्टि

बुधबार, २९ मङि्सर २०७३

श्रीमान्–श्रीमतीको समझदारी, सद्भाव र सम्मानपूर्वक जीवन बाँच्ने परिकल्पना हिंसाबाट तहसनहस भएका छन् । परिवारभित्र एकले अर्कालाई आदर सम्मान गर्न नसक्दा हिंसाले ठूलो रूप धारण गरिरहेको छ ।

नैना

सोमबार, २७ मङि्सर २०७३

'तिम्रो नाम के भन्यौ रे, मैले बिर्सेछु।' 'मैले मेरो नाम भनेकै छैन। कस्तो बाठो मान्छे?' वास्तवमा रुपले  नाम सोधेकै थिएन। उनले पनि भनेकी थिइनन्। कसैको नाम सोध्ने यो रुपको शैली थियो। 'मेरो नाम सुनयना। तर नैना भन। सबैले नैना भन्छन्।'

एनआरएनएको दायित्व, चुनौती र आगामी नेतृत्व

सोमबार, २० मङि्सर २०७३

आजको युगमा सूचना, संचार, बिज्ञान र प्रबिधिमा आएको चमत्कारिक विकासका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुने नयाँ समुदायसँग घुलमिल भै बस्ने नयाँ चलन स्थापित हुँदै गएको छ। विश्वका जुन कुनै समुदाय वा मानिससंग मिलेर बस्ने सामान्य जस्तै हुँदै गएको छ।

जब आलिया भट्टले 'हेलो नेपाल' भनेर बोलाइन्

शनिबार, ११ मङि्सर २०७३

दोस्रो पटक होटलको पार्किङमा भेटिएकी अभिनेत्री भट्टले सुरक्षाकर्मीहरुबाट घेरिएकी थिइन्। नाइट लाइफको लागि चर्चित रहेको जुहुमा फेरि अभिनेत्री भट्टसँग भेटिन्छ भनेर सोचेको थिइनँ। ‘डियर जिन्दगी’को प्रमोसनल कार्यक्रम सिध्याएर बाहिरिने क्रममा फेरि तेस्रो पटक उनीसँग भेट भयो। यसपटक भने उनले नै ‘हेलो नेपाल’ भनेर सम्बोधन गर्दा मन चंगा भयो।

‘कन्ट्रोभर्सी त सम्पत्ति हो’

शनिबार, ११ मङि्सर २०७३

१८ भन्दा बढी पुस्तककी ६८ वर्षीया यी लेखिका समाजिक सञ्जालमा अति व्यस्त देखिन्छिन्। उनी आफ्नो लेखनीले मात्र नभएर ‘सोसल मिडिया’मा दिएका अभिव्यक्तिले पनि उत्तिकै विवादमा परिरहन्छिन्। तर, उनी सामाजिक सञ्जालप्रति सकारात्मक छिन्। ‘सामाजिक सञ्जाल आम मानिसको अभिव्यक्ति स्वतन्त्रताको थलो हो,’ डेको मूल्यांकन छ।

अमेरिकी राष्ट्रपति चुनाव र लोकतान्त्रिक अभ्यास

मङ्गलबार, २३ कार्तिक २०७३

नेपाली समय अनुसार आगामी मंगलबार राति विश्व शक्तिसम्पन्न राष्ट्र अमेरिकाको राष्ट्रपति चुन्ने चुनाव हुँदै छ, जुन चुनावबाट अमेरिकी जनताले ५८ औं राष्ट्रपति छान्ने छन्। यस चुनावी प्रक्रियामा ३५ हजारभन्दा बढी नेपाली अमेरिकन पनि सहभागी हुनेछन्। अमेरिकामा रहेका नेपालीले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन्।

इन्टरनेट ब्युटी #तरकारीवाली पछ्‌याउँदै

शुक्रबार, १९ कार्तिक २०७३

केही दिनदेखि एउटी युवतीको तस्विर भारतीय र नेपाली सञ्चार माध्याममा छापिएको खबर फेसबुक, ट्विटरदेखि सामाजिक सञ्जालमा छपक्कै थिए। नाम ठेगाना उल्लेख नगराई ती युवतीको फोटो जताततै भाईरल बनेपछि युवती कहाँकी को हुन् भन्नेमा सबैको चासो हुन थाल्यो। गोरखाको भुम्लिचोक र पृथ्वीराजमार्गको चरौदी बजार जोड्ने झोलुङ्गे पुलमा तरकारी बिक्री गर्न आएकी युवतीको तस्विर भाईरल बनेको र उक्त तस्विर फोटो पत्रकार रुपचन्द्र महर्जनले खिचेको थाहा लाग्यो तर तस्विरकी युवतीको नाम ठेगाना भने खुलेन।

विमानस्थलदेखि होटलसम्म

शुक्रबार, १९ कार्तिक २०७३

विमानस्थलमा महामहिमको भव्य स्वागत भयो। त्यो तय नै थियो। त्यसपछि सलामी। अनि विमानस्थलदेखि होटलसम्म सवारी। अगाडि पछाडि सुरक्षाको गाडी। दायाँ बायाँ कारगेट गाडी । बडा आरामको सवारी थियो । सवारीको सबैभन्दा पछिल्तिर सञ्चारकर्मीहरूको गाडी थियो । उताबाट आएका पत्रकार मित्रहरूका साथ म पनि थिएँ ।

बाको क्यासेटमा पानको पात...

बिहिबार, २७ असोज २०७३

योसमेत तीन साल भइसकेछ दसैँमा टीका नलगाएको । पूर्खा दाङ जिल्लाबाट बसाईँ सरी आएकाले दङ्गाली भन्दाभन्दै दङ्गाल थर लेख्दै आएका छौं हामी । एउटै बाजेको सन्तान हामी बढ्दै जाँदा अहिले डेढ सय परिवारमा बाँडिएका छौं । ठूलो परिवार भएकाले सुतक पर्दा होस् या जूठो, चाडबाड बिथोलिइहाल्छ । यो साल ठूली आमा र ठूलोबाको जूठो बारिरहका छौँ । खानपिन चले पनि टीकाटाला चलेन । दसैँको रौनक मान्यजनबाट टीका, जमरा र आर्शिवाद लिनुमा छ । त्यसबाट बञ्जित हुँदा दसैँ खल्लो हुने नै भयो ।

माधव अंकल, इमेल पाउनु भो ? रिप्लाइ प्लिज !

मङ्गलबार, ११ असोज २०७३

‘फेसबुक म्यासेन्जरमा मैले इमेल एड्रेस पठाउँछु, मेरो इमेलमा फोटो पठाउनुस् है।’ जाँदाजाँदै उहाँले दोहोर्याएर आफ्ना फोटोहरु पठाउन आग्रह गर्नुभयो। अंकल, मैले खिचेका तपाईँका तस्बिर हेर्दा यतिबेला मेरा आँखा रसाइरहेका छन्। म हजुरको जवाफ कुरिरहेको छु, तपाईँ कहाँ हुनुहुन्छ अंकल? एउटा प्रश्न सोधुँ? –फोटो पाएँ भनेर इमेलमा कहिले रिप्लाइ गर्नुहुन्छ? –रिप्लाइ प्लिज !

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।