संविधानमै निर्वाचन मिति

आइतबार, ०९ माघ २०७३

लोकतन्त्रको धमनीका रूपमा लिइने आवधिक निर्वाचन समयमा हुन नसक्दा राजनीति अस्थिर बन्न पुग्छ। अस्थिरताले स्वच्छ राजनीति गर्न चाहनेलाई निरुत्साहित बनाउँछ भने गलत तत्व मौलाउने मैदान तयार हुन्छ। आवधिक निर्वाचनले ताजा जनादेश प्राप्त गर्न सघाउने हुनाले राजनीतिप्रति जनताका गुनासा पनि न्यून हुन्छन्।

शीतलनिवासमा 'राजा' भेटियो

आइतबार, ०९ माघ २०७३

पूर्वराजासँग जोडिँदा राष्ट्रपति परिवारको 'खान्दानी इज्जत' त बढेको होला तर गणतान्त्रिक पद्धतिका हिसाबले फाइदा गरेको छैन। व्यक्तिका रूपमा पनि अहिलेको पद्धतिका उनी विरोधी हुन् र बेलाबेलामा असन्तुष्टि प्रकट गर्दै आएका छन्।

बुस दिदी बहिनीको चिठ्ठी

आइतबार, ०९ माघ २०७३

जे कुरा तिमीले देखेकी छ्यौ, जोसँग तिम्रो भेट भएको छ, जे कुराको ज्ञान तिमीले पाएकी छ्यौ, ती सबैको सहयोगले सकारात्मक परिवर्तनको प्रयास गर्नू। हामीलाई कुनै शंका छैन, त्यो गर्न तिमीहरू सक्षम पनि छौ।

कमजोर खर्च क्षमता

शुक्रबार, ०७ माघ २०७३

आर्थिक वर्षको आधा समयसम्ममा ११.३० प्रतिशतमात्र खर्च गरेको सरकारले बुधबार विकास खर्च वर्षान्तसम्ममा ८० प्रतिशत पुर्‍याउन समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना जारी गरेको छ।

अस्ताउँदो साम्राज्यमा ट्रम्पको उदय

शुक्रबार, ०७ माघ २०७३

रोविन्सनको विचारमा बीसौँ र एक्काइसौँ शताब्दीको फासीवादबीच आधारभूत भिन्नता छ। हालको ट्रम्पिज्म बहुराष्ट्रिय पुँजीवादको नयाँ हैकम (इमर्जिङ डिक्टेटरसिप अफ ट्रान्सनेसनल क्यापिटल क्लास) खडा गर्नका लागि भएको हो निषेधका लागि होइन।

शंखधरको सुन

शुक्रबार, ०७ माघ २०७३

बजारमा चाहिने जति सुन नपाएर व्यापारीहरू हैरान छन्। बिहेको सिजन छ। तर बजारमा सुन छैन। उता प्रहरीहरू चाहिँ चाहिने भन्दा बढ्ता सुन भेटिएर हैरान छन्। अस्ति भर्खर मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ किलो सुन भेटिएको थियो।

तपोवनमा ओशो समाधि

शुक्रबार, ०७ माघ २०७३

ओशोले आफू बस्ने पुना आश्रमको च्वाङ्गत्सु हलमा आफ्नै रेखदेखमैै आफ्नै समाधि मन्दिर निर्माण गर्न लगाएका थिए। जसमा लेख्न भनेका थिए– ओशो नेभर बर्न नेभर डाइ वन्ली भिजिटेड दिस प्लानेट अर्थ।

संकटमा नागरिक दायित्व

शुक्रबार, ०७ माघ २०७३

निर्वाचनबिना आफ्नो आयु लम्ब्याउने कुनै पनि कार्य वा षड्यन्त्र नागरिकलाई मान्य छैन। निर्वाचन नगरी संसद्ले आफ्नो आयु बढाउन पाउँदैन। हामी नागरिक असंवैधानिक कार्यलाई साथ दिन सक्दैनौँ।

सुशासन र राजनेता

बिहिबार, ०६ माघ २०७३

ओली सरकार हटाएर कांग्रेस र माओवादीको मिलन गराउन निर्णायक भूमिका खेलेको भारत अहिले आएर प्रदेशको सीमा संशोधनमा लागिरहेको छ।

वैदेशिक सहायता, आन्तरिक बचत र आर्थिक वृद्धि

बिहिबार, ०६ माघ २०७३

पछिल्लो समय एसिया तथा अफ्रिकाका कैयौँ अल्पविकसित मुलुकमा आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यद्वारा वैदेशिक सहायता उपलब्ध हुँदै आएको छ। तर यस्तो सहायताको ठूलो रकम प्रशासनिक र उपभोग्य वस्तुको उपयोगमा नै खर्च भइरहेको छ।

दुर्दिनको दुःखद सपनामा भट्टराई

बिहिबार, ०६ माघ २०७३

पश्चातापले स्खलित भट्टराईजी राजीनामा स्वीकृत गराएपछि भारत सरकारले लगाएको नेपाली जनताविरुद्धको नाकाबन्दीलाई समर्थन गरेर दशगजा (नो म्यान्स ल्यान्ड) मा धर्ना दिइरहेका मधेसी मोर्चाको कार्यक्रममा भाग लिन नेपाल–भारत सिमानामा पुग्नुभयो। तर त्यहाँ धर्नाकारीले नबुझेर भन्नुपर्छ, डा. साहेबलाई घोर अपमान गर्दै लखेटिदिए। त्यसपछि आफ्नो डा. को उपाधि र पूर्वप्रधानमन्त्रीको प्रतिष्ठाका साथै सिने कलाकारहरूलाई दुरुपयोग गर्दै 'नयाँ शक्ति' पार्टी खोल्नुभयो। त्यो नयाँ पनि थिएन र शक्ति पनि थिएन।

सुरक्षाकर्मी सम्मेलन

बुधबार, ०५ माघ २०७३

कानुन कार्यान्वयन गर्ने निकायका वरिष्ठ अधिकृतहरूको एसिया सम्मेलन बुधबारबाट काठमाडौँमा आयोजना हुँदैछ। बुधबारदेखि आयोजना हुन लागेको तीन दिने इन्टरपोल अर्थात् अन्तर्राष्ट्रिय प्रहरी संगठनको नेपाल बैठकले नेपाललाई फेरि एक पटक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत मिल्ने देखिन्छ।

लोकतन्त्रको धमनी

बुधबार, ०५ माघ २०७३

लोकतन्त्रको धमनी भनेको आवधिक रूपमा नेतृत्वको चयन नै हो। नागरिकप्रति जिम्मेदार र राष्ट्रप्रति पूर्णउत्तरदायी नेतृत्वको परीक्षण निरन्तर हुनु आवश्यक छ। आधुनिक राजनीति विज्ञानको मर्म भनेको व्यवहारवाद हो र यसको मूल्यांकन गर्ने आधार निर्वाचनबाहेक अरु केही पनि हुँदैन।

चीनको चमत्कार

बुधबार, ०५ माघ २०७३

दुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’ यो भविष्यवाणीलाई चीनको चमत्कारिक विकासले झक्झक्याइरहेको छ। चीन भौगोलिक रूपमा संसारकै ठूलो देश हो।

राजनीतिक कसीमा ओली

बुधबार, ०५ माघ २०७३

केपी शर्मा ओली नेपालका २८७ दिने ३८ औं प्रधानमन्त्री बने। यस पदका लागि उनी नयाँ अनुहार थिए। राष्ट्रको प्रमुख कार्यकारी पद उनले सम्हालेका बेला देश एक अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको थियो। नसोचेको नाकाबन्दी मुलुकले खेप्नु परेको थियो।

पुनर्निर्माणका चुनौती

बुधबार, ०५ माघ २०७३

भूकम्प गएको एक वर्ष आठ महिना बितिसक्दा पनि पुनर्निर्माणको कार्यले अपेक्षित गति लिन सकेको छैन। आफ्नो घर पूर्ण रुपले क्षति भई टहरा र टेन्टमा बसिरहेका करिब छ लाख घरपरिवारले आसै–आसमा दुई वर्षा र दुई हिउँद कष्टपूर्ण रुपमा बिताइसकेका छन्।

मन माझामाझ

मङ्गलबार, ०४ माघ २०७३

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा बेलाबखत प्रकट हुने कटाक्षका कारण तराई–मधेस नेकपा एमालेप्रति उतिसारो सहिष्णु छैन। शब्दचयनमा सिपालु ओली बेलाबेलामा अभिव्यक्तिकै कारण विवादमा परिरहन्छन्। तराई–मधेसका नेता पनि ओली र एमालेको आलोचना त्यतिकै जमेर गर्छन्।

जलविद्युत्को भविष्य

मङ्गलबार, ०४ माघ २०७३

अहिलको राष्ट्रिय ऊर्जा खपतको न्यून हिस्सामात्र विद्युत्ले समेटेको वास्तविकता मध्यनजर राख्दा देशको आन्तरिक ऊर्जा माग धान्न स्वदेशी लगानीमा आधारित जलविद्युत् आयोजनाको स्थापना अविलम्ब अत्यावश्यक देखियो।

भोलि के होला?

मङ्गलबार, ०४ माघ २०७३

ब्ल्याक स्वान इभेन्टबारे खुलासा गर्ने तालेब भन्छन्, ‘विचार आउँछन्, जान्छन्। कथा नै टिकाउ हुन्छन्। नोटबन्दीको कथा रोमान्चक छ, तर यसलाई योभन्दा ठूलो कुनै कथाले मात्रै विस्थापित गर्न सक्छ।

मजाकका न्यायाधीश

मङ्गलबार, ०४ माघ २०७३

पंक्तिकारले यसअघिका लेखमा प्रक्षेपण गरेका सबै शंका पूरा भएको पृष्ठभूमिमा न्यायाधीश नियुक्तिसम्बन्धी अर्काे आलेख अनिवार्य बन्न गएको छ। सत्ताको बलमा न्यायपरिषद्कै सदस्यलाई समेत छलेर नाटकीय शैलीमा गरिएको यस पटकको न्यायाधीश नियुक्ति र त्यसमा परेका अनुहारले न्यायालयप्रति जनताको विश्वासमा अर्काे संकट थपिदिएको छ।