वाम एकता : हाँस्ने कि रुने ?

आइतबार, २२ असोज २०७४

देशलाई राजनीतिक स्थिरता दिन अत्यावश्यक देखिए पनि यो मिलन नेताहरूले विगतमा गरेका भ्रस्टाचार, अनियमितता र अपराध कर्मबाट बच्न सकिने आशका साथ चालिएको अर्को लोकतान्त्रिक कदम हो ।

विश्व शेर्पा सम्मेलन : अर्थ र सार्थकता

आइतबार, २२ असोज २०७४

विश्वभर छरिएर रहेका शेर्पा समुदायको सामूहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ चलिरहेको अवस्थामा हामी छौँ । असोज २२ देखि २४ सम्म राजधानीको होटल ¥याडिसनमा उद्घाटन भई शेर्पा गुम्बामा सम्मेलन हुनेछ । शेर्पा समुदायको अवस्था ‘थातथलो, बसोबास, निरन्तर विकास र परिस्थिति’ अनुसार फरक छन् ।

‘वाम’ एकताको आधार

आइतबार, २२ असोज २०७४

वाम एकता अनि लोकतान्त्रिक गठबन्धनसँगै नेपाली राजनीतिमा अब तीन धार देखिएका छन् । पहिलो वामपन्थी धारको नेतृत्व एमाले–माओवादीले गर्नेछन् । दोस्रो, लोकतान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ भने तेस्रो वैकल्पिक राजनीतिक धारको नेतृत्व विवेकशील साझा पार्टीले गर्नेछ ।

राजनीतिक नेतृत्वबाट गल्ती नहोस्

शुक्रबार, २० असोज २०७४

प्रधानमन्त्री मात्र होइन, जोकोही पक्षले निर्वाचन सार्ने कसरत गरेको अवस्थामा त्यस्तो प्रयास आत्मघाती हुनेछ । त्यसैले पनि यस किसिमको गम्भीर गल्तीतर्फ राजनीतिक दल र तिनको नेतृत्व लाग्नै हुँदैन ।

वाम एकताको विभ्रम

शुक्रबार, २० असोज २०७४

दुई दुई पूर्वप्रघानमन्त्रीलाई साक्षी राखेर तीन पूर्वप्रधानमन्त्रीले गरेको चुनावी तालमेलको घोषणा यदि नयाँ दिल्लीका लागि भनिएजत्तिकै अप्रत्याशित थियो भने त्यस्तो बन्दोबस्तका मूल रणनीतिकार एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली साँच्चिकै सार्वजनिक बधाईका पात्र छन् ।

अनिष्टको सङ्केत !

शुक्रबार, २० असोज २०७४

नेपाली कङ्ग्रेस अहिलेसम्म टिकेको उसको पौरखले हुँदै होइन । वामपन्थीहरूको फुट र पुर्खे कङ्ग्रेसले धर्म नछाडिदिएका कारण मात्र उसको आकार अलि ठूलो देखिँदै आएको थियो । अब भने ऊ वास्तविक आकारमा आउनेवाला छ ।

वाम ए-कता ?

शुक्रबार, २० असोज २०७४

भविष्यमा साझा वाम पार्टी बनाउने योजना कार्यान्वयनको पाटो त्यति धेरै आशावादी छैन । कारण कम्युनिस्टहरू खासमा जुट्नभन्दा बढी फुट्न अभ्यस्त छन् भन्ने कुरा इतिहासले देखाएको छ ।

जोखिम संवेदनशील भूउपयोग : चुनौती र अवसर

शुक्रबार, २० असोज २०७४

नेपालको दिगो विकास, खाद्य सुरक्षा, सुरक्षित बस्ती र दीर्घकालीन हितका निमित्त जोखिम संवेदनशील भूउपयोग योजनाको निर्माण र कार्यान्वयनको कुनै विकल्प नै छैन ।

अमेरिकामा गोलीकाण्ड मच्चाउने स्टेफन निकट महिलासँग प्रहरीको बयान

बिहिबार, १९ असोज २०७४

अमेरिकाको लस भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफन प्याड निकट महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् । उनले घटनाबारे आफूलाई प्रारम्भिक अनुमान नभएको बताएकी छन् । स्थायीरूपमा फिलिपिन्स बस्दै आएकी उनलाई सोधपुछका लागि अमेरिका बोल्याइएको हो ।

बदला लिन पक्राउ

बिहिबार, १९ असोज २०७४

आवरणमा देवनारायण यादव र उनका छोरा अजयलाई अपहरणको मुद्दा लगाए पनि पक्राउ गर्नुको अन्तर्निहित तथ्य सीमा बचाऔं आन्दोलनमा लागेर भारतीय पक्षसँग प्रतिकार गरेबापतको बदला नै हो ।

वाम एकता अभियान र भावी दिशा

बिहिबार, १९ असोज २०७४

यथार्थमा नक्कली सक्कली जस्तो होस्, टिकाउ वा चाइनिज सामान जस्तै छिट्टै बिग्रने नै किन नहोस् एउटा ऐक्यबध्द कम्युनिस्ट पार्टी उभारमा आउनु धेरै हिसाबले फलदायी हुनेछ ।

ज्येष्ठ नागरिकको संस्थागत अधिकार

बिहिबार, १९ असोज २०७४

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर अर्थात हिन्दुहरूको महान् चाड दशमीको भोलिपल्ट नेपालमा पनि मनाइयो । यस वर्षको नारा ‘ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौँ’ भन्ने थियो ।

संस्कृत आदिकवि वाल्मीकिको सम्झना

बिहिबार, १९ असोज २०७४

वाल्मीकि ऋषिको जन्मजयन्ती २०७४ असोज १९ गते परेको छ । हिमवत्खण्ड नेपालमा महान् ऋषिमुनि, वेद, पुराण, उपनिषद्हरू, नीतिशास्त्रहरूका निर्माता र रामायण लेख्ने वाल्मीकि जस्ता महान् व्यक्तित्वहरूको जन्मस्थल तथा कर्मस्थल हिमवत्खण्ड नेपाल भएकाले यो हामी नेपालीका लागि गौरवको कुरा हो ।

गठबन्धनको सन्देश

बुधबार, १८ असोज २०७४

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगत्तै एउटै कम्युनिस्ट पार्टी बनाउने जुन सहमति भएको छ, त्यसले आगामी निर्वाचनमार्फत मुलुकमा राजनीतिक स्थायित्व दिने सन्देश दिएको छ । भलै, जनताले गठबन्धनको यो सन्देशलाई अनुमोदन गर्लान्/नगर्लान् बेग्लै कुरा हो ।

माओवादीलार्इ एमाले छाता

बुधबार, १८ असोज २०७४

पुष्पकमल दाहालमा तीन सय साठी डिग्रीको परिवर्तन किन आयो भन्ने शंका एकातिर छ । उनी हारेका जुवाडे हुन् जे पनि दाउ लगाउन सक्छन् भन्ने अनुमान अर्कोतिर छ । चुनावी तालमेलदेखि पार्टी एकीकरणसम्मको खाका उनको संकटमोचनको उपाय हो भन्ने तर्क पनि गर्न सकिएला।

राज्य पुनर्संरचना र कर्मचारी व्यवस्थापन

बुधबार, १८ असोज २०७४

जनता आफैँले बनाएको संविधानले साविकको एकात्मक र केन्द्रीकृत राज्य प्रणालीलाई संघीय प्रणालीमा रूपान्तरण गरी राज्यका तहबीच अधिकार, जिम्मेवारी र साधनस्रोत विभाजन गरेको छ । राज्य पुनर्संरचनाको अर्थ राजनीतिक संरचनाहरूको मात्र रूपान्तरण होइन, शक्ति विनियोजनको रूपान्तरण, आर्थिक निर्णय प्रक्रिया, योजना प्रणाली र सेवा व्यवस्थापनको पनि रूपान्तरण हो । शक्ति, साधन, स्रोत, निर्णय प्रक्रिया जस्ता कुरा प्रभावकारी नागरिक सेवाका पूर्वाधार हुन् । नागरिक जहिले पनि दैनन्दिनी समस्याको तत्काल समाधान चाहन्छन् र सुनिश्चित भविष्यको अपेक्षा गर्छन् । राज्यइच्छा कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्रको पुनर्संरचना नगरी राज्यलाई सर्वसाधारणको नजिक पु¥याउन नै सकिँदैन ।

परिवर्तन भइरहेको छ

बुधबार, १८ असोज २०७४

मुलुकमा परिवर्तन भइरहेको छ । पञ्चायत निरंकुश थियो, त्यसलाई ढाल्न विपरीतमुखी कांग्रेस र वामपन्थी दलहरूमा एकता भयो । त्यो एकतामाथि नेताहरूलाई विश्वास भएन, न त जनतामाथि नै पूर्ण विश्वास । भारतलाई गुहारे । भारतीय नेता चन्द्रशेखर यहाँ आएर क्रान्तिकारी भाषण नै ठोक्नुप¥यो । त्यतिले पनि पुगेन । उनले बोलेको भाषणको क्यासेट बनाएर गाउँगाउँसम्म पु¥याइयो । पञ्चायतको निरंकुशतादेखि जनताले पनि मुक्ति चाहेका थिए, साथ दिए । परिवर्तन भयो । नेताहरूले राजधानीको टुँडीखेलमा मात्र भुकेनन् । जिल्ला जिल्लामा पुगेर नेपालमा अब आर्थिक क्रान्ति भएर विकासको खोलो नै बग्ने घोषणा गरे । जनताले पत्याए । नेताहरू मिलेर संविधान बनाए, जनताले स्वीकारे ।

खै त पीडितमा पीडा साटिएको अनुभूति ?

बुधबार, १८ असोज २०७४

स्वीकार्यता, पीडितको पीडा साट्ने, पीडामा मलम लागेको अनुभूति र सन्तुष्टि प्रदान गर्ने पीडितकेन्द्रित कार्यप्रणाली एवं भविष्यमा त्यस प्रकारका ज्यादती नदोहोरिने सुनिश्चितताले मात्र आयोगको औचित्य पुष्टि हुनेछ।

नर्कको बाटो स्वर्गको यात्रा

बुधबार, ११ असोज २०७४

वर्षात्को भयानक झरी र भताभुङ्ग बाटोघाटोबीच कर्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगञ्ज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरु भयो ।

कांग्रेस–एमाले एकताको आवश्यकता

बुधबार, ११ असोज २०७४

माओवादी जनयुद्ध माओवादी स्वयंका कारणले भन्दा कांग्रेस, एमाले र दरबारको द्वन्द्व र एकले अर्कालाई सिध्याउने खेलका कारण विस्तार भएको थियो भन्ने भुल्नु हुँदैन ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।