चुनावपछिका चुनौती

आइतबार, ०७ जेठ २०७४

चुनावको मुखमा आएर ठूला पार्टीहरूले स्थानीय तहको निर्वाचनका लागि राष्ट्रियस्तरका योजना र कार्यक्रम उठाए र त्यसलाई पार्टीको घोषणापत्रमा समावेश गरे । त्यस्ता योजना र कार्यक्रम अस्वाभाविक मात्र नभएर हास्यास्पदसमेत देखिए । माओवादी केन्द्रले त १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका बुँदा आफ्नो घोषणापत्रमा उल्लेख ग¥यो । त्यसलाई जनस्तरले हावादारी गफभन्दा माथिको दर्जा दिएन । नेपाली काङ्ग्रेस र एमाले पनि यस्ता महत्वाकाङ्क्षी र हास्यास्पद योजना घोषणापत्रमा समावेश गर्न पछि परेका छैनन् । जनताको आँखामा छारो हाल्न बनाइएका यस्ता कागजी योजनाहरू तत्कालका लागि केटाकेटीलाई लोभ्याउने ललीपप भन्दा माथिल्लो स्तरका होइनन् । तर चुनावपछिका दिनमा त्यस्ता कागजी योजना कार्यान्वयन हुन नपाउँदा त्यो पार्टीहरूका निम्ति कम चुनौतीका विषय बन्ने छैनन् । त्यसको पूर्वाभास वर्तमान निर्वाचनले दिइरहेको छ ।

चेपुवामा बजेट

आइतबार, ०७ जेठ २०७४

सत्ता राजनीतिको अस्थिर र विसंगत चरित्रले आर्थिक समृद्धिको बाटो पहिल्याउने प्रमुख औजार अर्थात् बजेट निर्माणको विषयलाई छायामा पारिएको छ ।

शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिका

आइतबार, ०७ जेठ २०७४

कुनै पनि लोकतान्त्रिक  मुलुकमा जनतालाई पूर्णरूपमा स्वतन्त्र सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंगको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना भएको छ । यसरी नै राज्यशक्तिको पृथकीकरण गरिएको हो । शक्ति पृथकीकरणलाई लोकतन्त्रको आत्मा भनिन्छ । लोकतन्त्रमा शक्ति पृथकीकरण रहेन भने त्यहाँ निरंकुशतन्त्रले प्रश्रय पाउँछ । त्यसैले लोकतान्त्रिक मुलुकमा करिब तीन सय वर्षदेखि शक्ति पृथकीकरण अपनाइँदै आएको पाइन्छ । जसअन्तर्गत राज्यका तीनवटै अंगबीच अधिकार, कर्तव्य र भूमिका अलगअलग तोकिएको हुन्छ ।

साइबर सुरक्षा

शुक्रबार, ०५ जेठ २०७४

संसारको सुरक्षा चासो कति भिन्न भएछ भन्ने बुझ्न यति बेला संसारभरि एक किसिमको कम्प्युटर भाइरस (र्यान्सम वेयर) ले मच्चाएको आतंक पर्याप्त छ । कुनै बेला देशको सुरक्षा भनेर भौतिक विषय, राज्यको सीमा, नागरिक जीउधनको रक्षाजस्ता विषयलाई मुख्यरुपमा लिइन्थ्यो । तर, आज हामी सबैको जीवनको अभिन्न अंग बनेका कम्प्युटर र तिनमा राखिएका फाइलको सुरक्षा अपरिहार्य बन्न पुगेको छ ।

कबिला राजनीतिको चरित्र

शुक्रबार, ०५ जेठ २०७४

जम्बूद्विपको महाभारत खण्डमा संविधानवादका पोथी कण्ठस्थ गरेर प्रकाण्ड पंडित भएका महामनाहरूको कुनै कमी छैन । जापानदेखि अमेरिका एवं पूर्वी युरोपदेखि दक्षिण अफ्रिकासम्मका दृष्टान्तबारे त्यस्ता विद्वानहरूले धाराप्रवाह प्रवचन दिन सक्छन् । याज्ञवल्क ऋषिदेखि सर आइभर जेन्निङ्सलाई सहजै उद्धृत गर्न सक्छन् । विभिन्न विचाराधारा अनुसार एउटै ग्रन्थलाई विपरीतार्थक किसिमले व्याख्या पनि गर्न सक्छन् । तर, पांडित्यको समस्या नै के हो भने धेरैजसो पण्डितले कुनै पनि पाठ्यको मूल मर्म समात्न सक्दैनन् ।

मार्शल दाइ सम्झँदा

शुक्रबार, ०५ जेठ २०७४

कतिपय युवा पिँढीले मार्शल दाइको लोकतन्त्रप्रतिको निष्ठा एवं योगदान थाहा नपाएका हुन सक्छन् । नेपाली राजनीति, विशेष गरेर काठमाडौंको कांग्रेसी वृत्तमा लौहपुरुष सर्वमान्य नेता गणेशमान सिंहपछि उनको नाम आउने गथ्र्याे । युवा वर्ग र काठमाडौंबासीका लागि मार्शलजुलुम गर्वसाथ लिइने एक नाम थियोे ।

कछुवा

शुक्रबार, ०५ जेठ २०७४

घटना हिजो बिहानैको हो । अझ बिहान सबेरै भन्दा पनि हुन्छ होला । म त ओछ्यानमै थिएँ । कसैले ढोका ढक्ढक्याएको आवाजले म ब्युँझिएँ । हुन त गेटमा घन्टी पनि थियो तर घन्टीको सट्टा ढोकामै ढक्ढक्याएकाले म जुरुक्क उठेँ । बत्ती आइरहेकै थियो । फलतः घन्टी बजाउन कुनै समस्या थिएन तर पनि आगन्तुक घन्टीको सट्टा ढोकैमा बल गरिरहेका छन् । को होलान् यी ?

दलहरूका आगामी कार्यभार

शुक्रबार, ०५ जेठ २०७४

स्थानीय तहको पहिलो चरण निर्वाचनमा सबैभन्दा ठूलो दल कुन हुने ? दोस्रो को ? पहिलो र दोस्रोबीच कतिको अन्तर रहने ? उत्तर यसै साता आउला । पछिल्लो अढाई दशकको राजनीतिक अभ्यास र अनुभवले नेपाली कांग्रेस र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा देखिन्छ । यस आधारमा पहिलो र दोस्रो दलमा यी दुई नै दरिने निश्चित छ । सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको दल तेस्रो वरियतामा आउने देखिन्छ । मूल माओवादीबाट चोइटिएर नयाँ दलको आवरणमा उदाएका र निर्वाचन बहिष्कारको राजनीति अख्तियार गरिरहेका दलका कारण माओवादी निकै कमजोर हुने अनुमान थिए । त्यो मिथ्या सावित हुँदैछ । माओवादीबाट विभाजन भएर सहरी जीवनमा ठूलो हल्लिखल्लीसहित उदाएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको ओज पनि यस निर्वाचनले सतहमा ल्याएको छ । त्यस्तै संघीय समाजवादी फोरमको आवरणमा रहेका अशोक राई र उपेन्द्र यादवहरूको गठजोडको आधार कमजोर रहेको आकलन यसै निर्वाचनमा गरिँदैंछ ।

रेसममार्गको दौड

बिहिबार, ०४ जेठ २०७४

साढे तीन दशक लामो बिआरआई परियोजनाबाट नेपालले उचित योजना छनोट गरेर देशलाई समृद्ध बनाउन सक्छ

चुनाव परिणामको संकेत

बिहिबार, ०४ जेठ २०७४

कमल थापाको त्यतिबेलाको राप्रपा नेपालले समानुपातिकतर्फ ल्याएको २५ सभासदको स्थान एउटा दुर्घटना थियो र त्यस दुर्घटनाको दंशबाट नेपाली जनतालाई जतिसक्यो चाँडो मुक्त गराउनु देशका हितमा हुनेछ भन्ने सन्देश पनि यस चुनावले दिएको छ ।

स्वार्थको दलीय सम्बन्ध

बुधबार, ०३ जेठ २०७४

स्थानीय तह निर्वाचनका क्रममा केन्द्रीय स्तरमा राजनीतिक दलबीच तालमेल भए पनि त्यसलाई मतदाताले मन नपराएको देखिन्छ । तालमेलका कारण कुनै पार्टी विशेषको उम्मेदवार नै नभएको अवस्थामा समेत मतदाताले ‘आफ्नै पार्टी’ सम्बद्ध मतचिह्नमा मतदान गर्नुले पनि उनीहरूको तालमेलप्रतिको अरुचि बुझ्न सकिन्छ । प्रारम्भिक मतगणना तथ्यांकलाई आधार मान्दा तालमेलअनुरुप मतदाताले मतदान नगरेकाले नतिजा दलीय अपेक्षाविपरीत आउने सम्भावना पनि उत्तिकै छ ।

प्रचण्डको भोट रुखमा

बुधबार, ०३ जेठ २०७४

इतिहासको पाठबाट सिकेर मात्र हुँदैन, वर्तमानमा त्यस इतिहासलाई बचाउन सक्ने सामथ्र्य पनि हुनु आवश्यक छ । वर्तमानमा इतिहासको सम्मान हुन सकेन भने र वर्तमानले भविष्यलाई निर्देशित गर्न सकेन भने जनताका मनमा वर्तमानले आसन जमाउन सकेन भने इतिहासको अर्थवत्ता अन्त्य हुन्छ ।

सेना अभिभावकको कर्तव्य

बुधबार, ०३ जेठ २०७४

अहिलेका प्रधानमन्त्री, रक्षामन्त्री र रक्षासचिव सेनासँग घुलमिल भएर सोधपुछ गर्दै गर्दैनन् । बरु सेनालाई उसले मागेको पैसा र अन्य चिज तुरुन्त दिएर १२ हात परै राख्छन् । यो मायाले होइन, सेनादेखि डराएर हो ।

अवतरणको प्रारम्भ

बुधबार, ०३ जेठ २०७४

सारा राष्ट्र निर्वाचन सम्पन्न गर्दै नयाँ चरणमा प्रवेश गर्न उत्साहित भइरहेको अवस्थामा संविधान संशोधनको अड्को थापेर बाटो छेक्नु उपयुक्त हुँदैन । यो कुरा सबैभन्दा बढी राजपाले बुझ्नुपर्छ ।

पहिले टाउकाको मोल, अहिले गठजोड

बुधबार, ०३ जेठ २०७४

राजनीति फोहोरी खेल भन्ने गरिन्छ तर यही समाज, अर्थ र संस्कृतिको शिरविन्दु बन्छ । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने गरिन्छ । वस्तुतः त्यो भनाइ व्यवहारले पुष्टि गरेको छ । पुष्पलाल भन्ने गर्नुहुन्थ्यो– मुख्य शत्रु विरुद्ध गौण शत्रुसँग कार्यगत एकता गर्नुपर्छ । वस्तुगत र आत्मगत अवस्थाको आकलन गरी भौतिक परिस्थितिको अध्ययन गरेर सामाजिक परिवर्तनका लागि आवश्यकताअनुसार कुनै बखतको शत्रु शक्ति कालान्तरमा मित्र शक्ति बन्ने गर्छ । देशको राष्ट्रिय राजनीतिमा यस्तो हुँदै आएको छ । तर देश र जनताको स्वार्थका लागि नभएर व्यक्तिगत पदीय स्वार्थका लागि गठजोड गरिन्छ भने त्यो अप्राकृतिक गठबन्धन राष्ट्रका लागि प्रत्युत्पादक बन्छ ।

गणनाको कछुवागति

मङ्गलबार, ०२ जेठ २०७४

निर्वाचन परिणाम स्वीकार गर्दै अघि बढ्ने र गणनामा धेरै अलमल नगर्ने व्यवहार दलहरूको हुनु आवश्यक छ । कछुवा गतिमा मत परिणाम आउने अहिलेको पद्धति सुधारमा सरकार, आयोग र दलहरूले सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।

जनताको जित

मङ्गलबार, ०२ जेठ २०७४

दुई दशकपछि भएर होला, स्थानीय निकायको पहिलो चरणको निर्वाचन ‘राष्ट्रिय उत्सव’ जस्तो वातावरणमा सम्पन्न भयो । निर्वाचनमा ७३ प्रतिशत मत खस्यो, यसमा महिला र युवा सहभागिता अवश्य उल्लेख्य हुनुपर्छ । उम्मेदवारहरूको भविष्य अब निर्वाचन आयोगको मतपेटिकाभित्र जनादेशका रूपमा सुरक्षित छ । र, यसको परिणाम सुन्न अब सबैको ध्यान मत परिणामप्रति जानेछ यो साताभर । प्रारम्भिक मत परिणामअनुसार कांग्रेस, एमाले र माओवादीबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिँदैछ ।

मिति पुगेको लोकरिझ्याइँ

मङ्गलबार, ०२ जेठ २०७४

गएको वर्ष बेलायतले युरोपेली संघ छाड्ने मत जाहेर ग¥यो र संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा चुनिए । यस्तो बेला भयमा आधारित राष्ट्रवाद (जेनोफोबिक नेसनलिज्म)को उदय भएको देखियो र यसलाई रोक्न लगभग असम्भव हुने हो कि भन्ने समेत ठानियो । यद्यपि फ्रान्सेली राष्ट्रपतिमा इम्मानुएल म्याक्रोँको चयनले फ्रान्स ‘जेनोफोबिक नेसनलिज्म’को सिलसिलालाई रोक्ने सबैभन्दा ठूलो शक्तिका रुपमा देखियो । यी राष्ट्रपति सामाजिक रुपमा उदार, आप्रवासीमुखी र युरोपका पक्षपातिका रुपमा उदाए । उसो भए केहीले दाबी गरिरहेजस्तो पश्चिमा मुलुकमा दक्षिणपन्थी लोकरिझ्याइ खुइलिने क्रम सुरु भएको हो त ?

न्यायालयमा लगाम

मङ्गलबार, ०२ जेठ २०७४

अहिले मात्रै होइन, आठ वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी (हाल माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पहिलो सरकारले नै न्यायपालिकालाई काबुमा राख्ने दृष्टिकोण स्पष्ट गरिसकेको थियो ।

पुँजीगत खर्च वृद्धि कसरी ?

मङ्गलबार, ०२ जेठ २०७४

कुनै असामान्य आर्थिक वर्षमा मुलुकको उत्पादन घटेर पछिल्लो आर्थिक वर्षमा सामान्य अवस्थामा मात्रै फर्कने हो भने पनि अर्थतन्त्रको उत्पादन वृद्धिदर उचो हुन्छ । यही प्रक्रियालाई अर्थशास्त्रका हिमायतीहरू ‘टेक्निकल रिबाउन्ड इफेक्ट’को संज्ञा दिन्छन् । यसको स्थायित्वको लागि पुँजीगत खर्च वृद्धि गर्नुको विकल्प छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।