मधेसमा सबैलाई जनाउ घन्टी

बुधबार, ११ असोज २०७४

स्थानीय निर्वाचनका अघिल्ला चरणका मतपरिणाममा पहिलो हुँदै आएको नेकपा (एमाले)ले मधेसमा आफ्नो अग्रता कायम गर्न सकेन । तर मधेसका मतदाताले चुनावी मैदानमा ओर्लिएका सबै दललाई पाठ पढाएका छन् । एमाले मात्र अपवाद भएको छैन ।

बाछाको मिचाइ

बुधबार, ११ असोज २०७४

नेपालको संविधानअनुसार स्वास्थ्यको अधिकारलाई ‘मौलिक अधिकार’ मा राखिएको छ र त्यस अधिकारको चरमारूपमा पालना नहुँदा सरकार मौन छ । नेपालका डाक्टरले उपचार गर्दा बिरामी मरे, त्यसको क्षतिपूर्ति डाक्टरले तिर्नुपर्ने जस्तो अविवेकहीन, तर्करहित र संसारमा कहीँ नभएको कानुन नेपालमा ल्याएर प्रगतिशील हुन खोजेको कदमविरुद्ध डाक्टरले आवाज उठाएर सेवा बन्द गरे ।

अपभ्रंश हुँदै दसैँ

बुधबार, ११ असोज २०७४

हिन्दु धर्मावलम्वीको सबैभन्दा महान् चाड दसैँ हो भन्नेमा दुई मत छैन । लोक कथाअनुसार त्रेत्रायुमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाईँ गरी रावणलाई समाप्त गरी हरण भएकी श्रीमती फेरि आफूले ल्याउन सफल भएकाले अर्थात विजय प्राप्त गरेकाले अयोध्याबासीले यो विजयलाई उल्लासका साथ मनाएका थिए

बौद्धिक बेइमान र देशको नियति

बुधबार, ११ असोज २०७४

कनकमणिलाई खराब पात्रका रूपमा चित्रित गर्दै जसरी उनको संलग्नता नै नभएको सामाजिक आन्दोलनलाई बदनाम गर्ने चेष्टा डा. सुभाष जस्ताले गरेका छन्, त्यसबारे छलफल जरुरी छ । उनको यो नियोजित लेख हो ।

विवादित चिकित्सा विधेयक

बुधबार, ११ असोज २०७४

नयाँ नेपालको समस्या नीतिगत भ्रष्टाचारमा देखिन थालेको छ । विशेष गरी संसद्बाट कानुन बनाउने बेलामै खेल्न पाएको खण्डमा आफ्नो निहित उद्देश्य पूरा गर्न सजिलो हुने भएपछि सुरु प्रक्रियामै चलखेल हुन थालेको छ । शिक्षा र स्वास्थ्यजस्ता आमसरोकारका विषयलाई समेत लाभहानिका हिसाबले व्यवहार गर्ने प्रवृत्ति देखिएको छ ।

उड्डयनको अपारदर्शी खेल

मङ्गलबार, १० असोज २०७४

गौतम पदमा रहनु र नरहनु ठूलो विषय नहुन सक्छ, तर यो प्रकरणबाट मुलुकले यति धेरै ठूलो नोक्सानु व्यहोर्नुप¥यो भने त्यसको जिम्मेवारी अहिलेका मन्त्री देव र उनको दलका नेता गच्छदारले लिनुपर्ने हुन्छ ।

राजनीतिक वास्तविकता र भविष्य-२

मङ्गलबार, १० असोज २०७४

सरकारमा स्थायित्व ल्याउनका लागि कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनुपर्ने व्यवस्था ल्याउनुपर्छ । आम जनताको दैनिक जीवनमा अभिन्न अंग भइसकेका स्थानीय निकाय÷सरकारलाई सशक्त बनाइनु पनि त्यतिकै आवश्यक छ । बीचको प्रान्तीय सरकारको कुनै आवश्यकता र औचित्य देखिँदैन ।  .

सुरक्षित गर्भपतन : अबको बाटो

मङ्गलबार, १० असोज २०७४

२०५९ असोज १० गते भएको मुलुकी ऐनको ११ औँ संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यही दिनको सम्झनामा र विश्वमा मनाइने सुरक्षित गर्भपतन दिवसको सन्दर्भ पारेर नेपालमा पनि गत तीन वर्षदेखि हरेक असोज १० गते परिवार स्वास्थ्य महाशाखाले सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसकोे आयोजना गर्दै आइरहेको छ ।

विजयादशमीको महत्व

मङ्गलबार, १० असोज २०७४

विजया दशमी अथवा बडादसैँ पर्व समस्त हिन्दूहरू तथा नेपालीहरूको अत्यन्तै विशिष्ट पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म पन्ध्र दिनसम्म मनाइने यस पर्वभित्र हाम्रा विविध सामाजिक, धार्मिक र सांस्कृतिक पक्ष समाहित छन् ।

अशोभनीय हडताल

सोमबार, ०९ असोज २०७४

स्वास्थ्यजस्तो जीवनमरणसँग सम्बन्धित सेवा ठप्प भएको छ । चिकित्सकहरूले स्वास्थ्य सेवा नै ठप्प पारेर जेजसरी आन्दोलनमा उत्रिएका छन्, त्यो अत्यन्त अशोभनीय कदम हो ।

राजनीतिक वास्तविकता र भविष्य

सोमबार, ०९ असोज २०७४

२००७ सालदेखि आजसम्म चलेका शासन व्यवस्थाका आधारमा भन्न कुनै संकौच मान्नुपर्दैन कि मुलुकमा अनेकथरीका राजनीतिक व्यवस्था आए र गए । २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा भएका धेरै विदेशी हस्तक्षेप र चलखेलले गर्दा नेपाल एउटा स्वतन्त्र मुलुकका रूपमा रहन्न कि भन्ने ठूलो डर र शङ्का नेपाली जनतामा परेको छ ।

भ्रष्टाचार दिवस र सन्देश

सोमबार, ०९ असोज २०७४

शायदै कममात्र दिन होला नेपालमा कुनै दिवस नपरेको । कुनै दिन त धेरै दिवस जुधेकासमेत हुन्छन् । पक्कै पनि त्यस्ता दिवसले कुनै न कुनै सकारात्मक सन्देश दिने वा महत्वपूर्ण उद्देश्य लिएका हुन्छन् । तर नेपालमा कुनै संकेतका रूपमा वा नाममात्रको दिवस मनाउने त्यसमा पनि उपस्थित ऐक्यबद्धता अति नै न्यून देख्न सकिन्छ ।

किन कृष्णप्रसाद भट्टराई ?

सोमबार, ०९ असोज २०७४

सक्रिय पत्रकारितासमेत गरेका कृष्णप्रसाद भट्टराईका नाममा कुनै संस्था खोल्नु कुन अपराध हो ? मदन भण्डारीका नाममा खुलेका कलेज वा प्रतिष्ठान एमालेका बिर्ता हुन् र ? कृष्णप्रसादका नाममा आमसञ्चार प्रतिष्ठान खुल्दा कम्युनिस्टहरू पत्रकारिताको सीप र ज्ञान आर्जन गर्नबाट वञ्चित हुने हुन् ? यी अनर्गल प्रचार र हल्ला अब बन्द हुनुपर्छ ।

महिलामाथि हमलै हमला

सोमबार, ०९ असोज २०७४

दरबारमार्गमा भएको कार्यक्रमको रिपोर्टिङ सकेर रातको साढे नौ बजेतिर कोठामा फर्कंर्दै थिएँ । नक्साल हुँदै जाँदा बढी अँधेरो हुने हुँदा केशरमहल हुँदै लैनचौरतिर जाँदै थिए । रातको समय ट्याक्सीबाहेक अरू नपाइने समस्या छँदै थियो । उत्तरढोका हुँदै म आफ्नो गुँडमा पुग्नु थियो ।

दसैँको आधुनिक शुभकामना

सोमबार, ०९ असोज २०७४

नेपालमा देवीका मन्दिर र शक्तिपीठहरू थुप्रै छन् । यी सवै देवीमध्ये भवानी–दुर्गाको विषेश स्थान छ । दुर्गा राजा–महाराजले रुचाउने खास देवी हुन् । राम र रावण दुवै उनको उपासना गर्थे । उनलाई सिंंहमाथि सवारी गरेको, हातमा थुप्रै अस्त्र–शस्त्र धारण गरेको र महिषासुरसँग लड्दै गरेको देखाइन्छ । दसैँ यिनै दुर्गा भवानीका लागि समर्पित छ ।

हिंसा धर्म हो भने पाप के हो ?

सोमबार, ०९ असोज २०७४

दुर्गामाताको शक्ति कुनै बाहिरी शक्तिसँग मात्र तुलना गर्दा अन्याय हुन जान्छ । प्रत्येक व्यक्तिभित्र रहेको आत्मिक, चारित्रिक र मानसिक शक्तिलाई यहाँ उल्लेख गर्न खोजिएको हुनुपर्छ ।

न्याय खोज्ने अभियान

आइतबार, ०८ असोज २०७४

न्यायका लागि एक नागरिकले अनशन बस्नुपर्ने अवस्था नै आउन नपर्ने हो । कथंकदाचित् कहिलेकाहीं न्याय प्रक्रियामा ढिलाइ हुँदा अनशन बसे पनि त्यस्ता घटनाप्रति राज्य संवेदनशील हुनुपर्ने हो । तर, नन्दप्रसाद अधिकारीको सवालमा राज्य यति असंवेदनशील र गैरजिम्मेवार देखियो कि जसको बयान गरिसाध्य छैन । अधिकारी परिवारलाई न्याय दिलाउने सवालमा राज्य अक्षम देखिएको छ । अझ भन्नुपर्दा राज्य संयन्त्रमा बस्नेहरूप्रति नै न्याय दिलाउन अनिच्छा हुनु राष्ट्रिय लज्जाको विषय हो ।

उज्यालोबाट अँध्यारोतिर

आइतबार, ०८ असोज २०७४

‘उसो भए तपाईंहरू अचेल डब्लु–एच–ए–टी ह्वाट, ह्वाट माने ‘के’ भनेर पढाउन थाल्नुभयो ?’ समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले हालै उनको स्कुलका अंग्रेजी पढाउने शिक्षकहरूसँग सोधे ।

सुनेको मधेस, देखेको मधेस

आइतबार, ०८ असोज २०७४

‘हामी कुन धारणा लिएर मधेस आएका थियौँ, मधेसमा यस्तो हुन्छ, उस्तो हुन्छ, कति झगडा पर्ने हो, के हुने हो ? हामीलाई के नजरले हेर्लान् ? तर, मधेस र मधेसीहरू यति अनुशासित, यति सौम्य देख्यौँ कि हाम्रो धारणा बदलिएको छ ।’ काडमाडौँबाट खटिएका ती प्रहरीले यसो भनेथे ।

पाल्पा-पर्यटन

आइतबार, ०८ असोज २०७४

आजभन्दा ४० वर्ष अगाडि नै पाल्पाको विकासका लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई अगाडि बढाउनुपर्छ भनेर त्यस बेलाका अग्रज स्वर्गीय भुयुमान लिगल, गणेशमान महर्जनलगायतले भन्ने गर्थे । अहिलेको अवस्थामा हेर्दा, शिक्षाको क्षेत्रमा तत्कालिन समयदेखि नै पहाडी जिल्लामा सबैभन्दा बढी साक्षरता भएको जिल्लामा पथ्र्या ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।