‘म डराएको छैन, प्रस्तावको सामना गर्छु’

‘म डराएको छैन, प्रस्तावको सामना गर्छु’

सोमबार, १८ बैशाख २०७४

संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीशबाट निलम्बित भएकी सुशीला कार्कीस“ग नागरिककी भाषा शर्माले गरेको कुराकानी:

'यो संसद्ले संशोधन गर्नै मिल्दैन'

'यो संसद्ले संशोधन गर्नै मिल्दैन'

आइतबार, १७ बैशाख २०७४

डा. विपिन अधिकारी कानुन र संविधानका ज्ञाता हुन् । खासगरी संवैधानिक कानुनबारे दख्खल राख्ने र त्यसैका आधारमा कुनै पनि विषयवस्तुमाथि खरो टिप्पणी गर्ने उनी यो संसद्ले संविधान संशोधन गर्ने हैसियत नै राख्दैन भन्छन् । अनि अहिले संशोधनका लागि संसद्मा प्रस्तुत विषयहरू आन्दोलनबाट प्राप्त नहुने धारणा पनि राख्छन् ।

गृह मन्त्रालय कहिल्यै सुत्दैन : गृहमन्त्री

गृह मन्त्रालय कहिल्यै सुत्दैन : गृहमन्त्री

बिहिबार, ०७ बैशाख २०७४

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, लोकतान्त्रिक फोरम नेपाल र राप्रपासहित ५ वटा पार्टीबीच बैशाख ३१ गते निर्वाचन गराउने विषयमा कुरा भयो। त्यस्तै असन्तुष्ट मधेसी मोर्चालगायतलाई कसरी निर्वाचनमा सहभागी गराउने भन्नेबारे छलफल भयो। छलफल सकारात्मक नै छ।

'चुनावमा नआउनेलाई घाटा हुनेवाला छ'

'चुनावमा नआउनेलाई घाटा हुनेवाला छ'

आइतबार, ०३ बैशाख २०७४

अघिल्ला दुई चुनावमा जसजसले भाग लिएनन् तिनीहरू निकै पछि परे। यो चुनावमा पनि जो जो भाग लिन्नन्, उनीहरूलाई धेरै घाटा पर्नेवाला छ।

'हाम्रो दावा उप होइन, प्रमुख पदमै हुनेछ'

'हाम्रो दावा उप होइन, प्रमुख पदमै हुनेछ'

बिहिबार, २४ चैत २०७३

अहिले महिला आन्दोलनले मात्रै होइन, देशले पनि काँचुली फेर्न लागेको छ।  पहिले महिलाले व्यक्तिगतस्तरबाट धेरै काम गरेका थिए। विस्तारै ती विषय संस्थागत हुँदै जाँदैछन्। योगमामा, दिव्यश्वेरी कोइराला, मंगलादेवी, सहाना र साधना प्रधानहरूको व्यक्तिगतरूपमा ठूलो योगदान रह्यो।

वैशाख ३१ को विकल्प छैन

वैशाख ३१ को विकल्प छैन

सोमबार, २१ चैत २०७३

केही दिनअघि रोल्पाबाट काठमाडौँ फर्कने क्रममा पारिवारिक भेटघाटका लागि दाङ आएकी थिइन् सभामुख ओनसरी घर्ती । त्यही क्रममा संविधान संशोधनको ताजा अवस्था र स्थानीय निर्वाचन सम्बन्धमा नागरिकर्मी देवेन्द्र बस्नेतले उनीसँग गरेका छोटो संवाद।

अध्यक्षका कारण पीडितले न्याय नपाउने खतरा छ

अध्यक्षका कारण पीडितले न्याय नपाउने खतरा छ

सोमबार, १४ चैत २०७३

सत्य निरुपण तथा मेलमिलाप आयोग पछिल्लो समय आन्तरिक विवादमा फसेको छ। सशस्त्र द्वन्द्वसँग सरोकार राख्ने ५८ हजारभन्दा बढी उजुरी संकलन गरेको आयोगका अध्यक्ष सूर्य गुरुङ पछिल्लो दुई महिनादेखि कार्यालय आएका छैनन्, जसका कारण आयोगको कार्यसम्पादन प्रभावित बनेको छ भने पीडितले न्याय पाउने सवालमा पनि अन्योल बढेको छ।

दुई नं. प्रदेशमा चुनाब नगरे विखण्डनको बिउ रोपिनेछः कोइराला

दुई नं. प्रदेशमा चुनाब नगरे विखण्डनको बिउ रोपिनेछः कोइराला

आइतबार, १३ चैत २०७३

१. कांग्रेस केन्द्रीय समितिले आज गठन गरेको केन्द्रीय कार्यसम्पादन समितिमा तपाइँको नाम परेनछ नि? सभापति, महामन्त्रीहरुलाई नचाहिएर मलाई नराखिएको होला। महाधिवेशनमा सबैभन्दा बढी पाएर म केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। केन्द्रीय कार्यसम्पादन समिति गठनले भोटको माने निरर्थक देखायो। बरिष्ठताको आधार के के हुन् र ती कति वैज्ञानिक छन् भनेर खोज्ने बेला भएको छ।

प्रम भ्रमणमा ठोस प्रगतिको कुरा देखिएन

प्रम भ्रमणमा ठोस प्रगतिको कुरा देखिएन

आइतबार, १३ चैत २०७३

भारत र चीनको घोषित नीति हेर्ने हो भने नेपालमा राजनीतिक स्थायित्व, विकास, समृद्धि हासिल गरोस्, आफ्नो आर्थिक विकासबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने रहेछ। औपचारिक नीति यस्तो भएको समयमा पनि त्यसबाट फाइदा लिन नसक्नुको प्रमुख कारण आन्तरिक हो।

'लगानीकर्ताको नेपालप्रतिको दृष्टिकोण फेरिएको छ'

'लगानीकर्ताको नेपालप्रतिको दृष्टिकोण फेरिएको छ'

आइतबार, ०६ चैत २०७३

विद्यार्थीकालदेखि राजनीतिमा संलग्न नवीन्द्रराज जोशी २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि काठमाडौंको उपमेयरमा निर्वाचित भए। आफ्नो राजनीतिको दौरानमा पहिलो पटक वर्तमान मन्त्रिपरिषद्मा स्थान बनाउन सफल जोशीले उद्योग जस्तो नेपालमा त्यति ग्लामरस नमानिने मन्त्रीका रूपमा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने उदाहरण देखाए।अ

'परीक्षामा अनियमितता गर्नेलाई १ लाख जरिवाना र ६ महिना कैद'

'परीक्षामा अनियमितता गर्नेलाई १ लाख जरिवाना र ६ महिना कैद'

बिहिबार, ०३ चैत २०७३

८२ वर्षदेखिको परम्परा तोड्दै संशोधित शिक्षा ऐनले आइन्दा कक्षा १२ को परीक्षालाई एसएलसी नामाकरण गरेपछि कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइइ ग्रेड १०) भनिने भएको छ। एसएलसीकै प्रक्रिया तथा शैलीमा बिहीबारदेखि मुलुकभर सञ्चालन हुने एसइइको सम्पूर्ण तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

'राजविराज घटनामा स्थानीय सुरक्षा प्रमुख दोषी छन्'

'राजविराज घटनामा स्थानीय सुरक्षा प्रमुख दोषी छन्'

आइतबार, २९ फागुन २०७३

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लाल शालिन र बौद्धिक नेताका रुपमा परिचित छन्। जनकपुरका पूर्व मेयर रहिसकेका उपाध्यक्ष लाल मधेसी मोर्चाका माग सम्बोधन गरेर मात्रै नयाँ संविधानलाई सर्वस्वीकार्य बनाउने सकिने बताउँछन्।

'लाठी लगाएर विचार बदल्छौँ भन्ने नठाने हुन्छ'

'लाठी लगाएर विचार बदल्छौँ भन्ने नठाने हुन्छ'

आइतबार, २९ फागुन २०७३

एमाले नेता योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्।

इच्छाशक्ति भए गर्न सकिने रहेछ

इच्छाशक्ति भए गर्न सकिने रहेछ

आइतबार, २२ फागुन २०७३

दुई सालअघि गएको भूकम्पपछि सर्वाधिक चर्चामा रहेको नाम हो– धुर्मुस/सुन्तली। भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि सरकारले पीडितलाई राहतको दोस्रो किस्ता पनि बुझाउन नसकिरहेको अवस्थामा धुर्मुस/सुन्तलीले भने आफ्नै पहलमा दुई दुईवटा एकीकृत नमुना बस्ती सर्वसाधारणलाई हस्तान्तरण गरिसकेका छन्।

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

शुक्रबार, २० फागुन २०७३

एसियाली पूर्वाधार लगानी बैंक २०१६ जनवरी १६ स्थापित बहुपक्षीय वित्तीय संस्था हो। नेपालसहित ५६ संस्थापक देशले  'एसियाभर पूर्वाधारको चर्को आवश्यकता सम्बोधन गर्न सबै देशलाई एकै स्थानमा ल्याउन' बैंक स्थापना गरेका हुन्।

नेतृत्वमा विकासको भिजन नै छैन

नेतृत्वमा विकासको भिजन नै छैन

सोमबार, १६ फागुन २०७३

रामेश्वर खनाल पूर्वअर्थसचिव हुन्। अर्थमन्त्रालयमा लामो समय रहेर नेपालको विकासका लागि आवश्यक सोच, दर्शन तथा स्रोत व्यवस्थापन हेरेका खनाल पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका अवैतनिक आर्थिक सल्लाहकार पनि रहे।

'प्रधानमन्त्री शक्तिकेन्द्रको बन्दी बन्नुभएको छ'

'प्रधानमन्त्री शक्तिकेन्द्रको बन्दी बन्नुभएको छ'

आइतबार, ०८ फागुन २०७३

आफ्ना कुरा स्पष्टसँग राख्न सक्ने नेताको छवि बनाएका छन् एमाले उपाध्यक्ष भीम रावलले। यतिखेर मुलुकको संविधानअनुरूप आगामी माघ ७ गतेसम्म स्थानीय, प्रान्तीय तथा संघीय संसद्को निर्वाचन गरिसक्नुपर्छ। तर, सरकार तथा वर्तमान समग्र राजनीतिक असहमितका कारण घोषित मितिमा निर्वाचन हुन कठिन छ।

पत्रकारले मन रुँदारुँदै पनि साँचो कुरा लेख्नुपर्छुः सञ्चारमन्त्री कार्की

पत्रकारले मन रुँदारुँदै पनि साँचो कुरा लेख्नुपर्छुः सञ्चारमन्त्री कार्की

बिहिबार, ०५ फागुन २०७३

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसद्भित्रका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेकाे बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले दलहरुबीच चाँडै सहमति कायम हुने र निर्वाचनको वातावरण बन्नेमा अाफू आशावादी रहेकाे बताए।

चुनाव स्थानीय तहकै हुने हो : मन्त्री पाण्डे

चुनाव स्थानीय तहकै हुने हो : मन्त्री पाण्डे

आइतबार, ०१ फागुन २०७३

दुई दशकभन्दा बढी विद्यालयको प्रधानाध्यापक रहेर राजनीतिमा होमिएका हितराज पाण्डे माओवादी सशस्त्र विद्रोहको सुरुवाती दिनदेखि नै सक्रिय रहे। माओवादीका कार्यालय सचिव बनेर जिम्मेवारी सम्हालेका पाण्डे संघीय मामिला तथा स्थानीय विकास मन्त्री बन्नुअघि संसदीय दलका प्रमुख सचेतक थिए।

भारतीयहरू नेपाल सार्वभौम भन्ने नै बिर्सन्छन्

भारतीयहरू नेपाल सार्वभौम भन्ने नै बिर्सन्छन्

बिहिबार, २७ माघ २०७३

मणिशंकर ऐयर चर्चित भारतीय राजनीतिज्ञ हुन्। भारतले नेपालमाथि लगाएको पाँच महिना लामो नाकाबन्दीको ऐयरले निरन्तर विरोध गरेका थिए। मनमोहन सिंह नेतृत्वको सरकारका मन्त्री ऐयर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक नीतिका आलोचक हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।