Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

नागरिक पत्रकारिता

अडियो

ललितपुरमा शिशुको शव भेटियो

सुबिन श्रेष्ठ,ललितपुर, वैशाख ३-ललितपुरको नटोलस्थित खुल्ला मैदानमा आज बिहान एक मृत शिशु फेला परेको छ । मैदानमा खेल्न पुगेका स्थानीय बालकहरुले मृत शिशु देखेका थिए।
विस्तृतमा

यो सरकार नालायक : मन्त्री महतो

मकवानपुर, वैशाख १-  नेपाल सदभावना पार्टीका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन्।
विस्तृतमा

संविधानसभाको म्याद थप्न तीन दलवीच गोप्य सम्झौताः थापा

रामशरण पुडासैनी, हेटौँडा, चैत २६ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको म्याद थप्न एकीकृत नेकपा माओवादी, नेपाली कङ्ग्रेस र नेकपा एमालेले गोप्य सम्झौता गरिसकेको दावी गरेका छन्। चैत २८ गते हुने आमसभालाई सम्बोधन गर्न गृहनगर आइपुगेका थापाले आफ्नै निवासमा बिहीबार पत्रकारसँग तीन दलले गोप्य सम्झौता गरिसकेको दावी गरेका हुन्।
विस्तृतमा

टिचिङको शैय्याबाट बिरामीको पत्र

टिचिङको शैय्याबाट बिरामीको पत्र आदरणीय जिउँदा देवता डाक्टरहरु,

टिचिङको शैय्याबाट तपाईँहरुप्रति बिन्तीपत्र पेस गर्दैछु।

बिरामी छु, ब्यथा अझै जटिल बन्दै गइरहेको छ। त्यसैले थप बिरामीहरु यस अस्पतालका शैयामा नआउन भन्नु चाहन्छु। पत्र लेख्नाको मितिसम्म यस अस्पतालमा शून्य छ। अस्पतालभित्रका दातृ निकाय र जनताको पसिनाबाट कृपावाद भएका सबै शैया खाली छन। मलाई यो देख्दा हाम्रो देशमा सबै नागरिकलाई तिमीहरुले कहिल्यै बिरामी नहुनेगरी स्वस्थ बनाइ सकेछौँ। त्यसैले यहाँ आज १५ दिनसम्म कुनै नयाँ बिरामी मैले देखिरहेको छैन। तपाईँहरुलाई दर्शन गर्न पाएको छैन। यो देशलाई बिरामी मुक्त घोषणा गर्ने मानवअधिकारवादी राजनीतिमा लागेको मैले तपाईँको अस्पतालको शैयामा सुन्दा मेरा डाक्टरहरुप्रति ठूलो गर्व लागेको छ।

विस्तृतमा

द्रुतमार्ग बनाउन एनआरएनसहितको कम्पनी

रामशरण पुडासैनी, हेटौँडा, फागुन १०- राजधानीबाट तराइ जोड्ने द्रुतमार्ग निजीक्षेत्रले बनाउने भएको छ। हेटौँडामा आइतबार भएको नेपाल उद्योग वाणिज्य महासङ्घको ११ ओँ कार्यकारिणी बैठकले द्रुतमार्ग निर्माणका लागि कम्पनी खोल्ने निर्णय गरेको हो।

विस्तृतमा

भारतीय हस्तक्षेपविरुद्ध बेलायतमा प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध बेलायतमा प्रदर्शन सुमन गैरे, चेरिङ्गक्रस (लन्डन) - प्रगतिशील नेपाली समाज बेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादविरुद्ध १५ फेब्रुअरीमा जन-प्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ।

विस्तृतमा

रोल्पा र प्युठानको सीमामा आगलागी

ज्ञानेन्द्र शर्मा/लिवाङ, रोल्पा पुस २४- रोल्पा जिल्लासँग सिमाना जोडिएको प्युठानको अति विकट स्याउलीवाङ गाविसमा शुक्रबार दिउँसो साढे १ बजेदेखि भीषण आगलागी भएको छ। आगलागीबाट सो गाविसका ५, ६ र ७ वडाका करिब २ सय घर जलेर नष्ट भएका छन्।

विस्तृतमा

मातृका नेतृत्वको मा‌ओवादीद्वारा उदयपुर बन्द

महेश्वर चामलिङ राई, उदयपुर, मंसिर १- मातृका नेतत्वको माओवादीको आह्वानमा भएको पहिलो दिनको बन्दले उदयपुरको जनजीवन प्रभावित भएको छ।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »
JPAGE_CURRENT_OF_TOTAL
onlineversion

नागरिक पत्रकारिता

Nagarik Offer