Sunday 5 Ashwin, 2071 |
Menu

प्रवास

softworica

सिड्नीमा नेपाल फेस्टिभलको तयारी पूरा

सिड्नी— प्रत्येक दुई वर्षमा सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल यो वर्ष आउने सेप्टेम्वर ६ शनिवार सुरु हुँदैछ। गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दुतावास क्यानवेरा, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका…
विस्तृतमा पढ्नुस्

छोरालाई कलेज भर्ना गर्न कांग्रेस नेता देउवा बेलायत जाने

लण्डन-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका छोरा जयवीर सिहं देउवाले बाँकी अध्ययन बेलायतबाट पूरा गर्ने भएका छन्।
विस्तृतमा पढ्नुस्

प्रधानमन्त्रीलाई ५ मिटरको ब्यानर

काठमाडौं— गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतको अगुवाईमा ५ हजार व्यक्तिको हस्ताक्षर भएको ५ मिटर लामो ब्यानर सहित प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाइएको छ। कुवेत तथा खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा महिलाहरुलाई सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म पठाउन नहुने माग…
विस्तृतमा पढ्नुस्

भर्जिनियाबाट बाढिपीडितलाई अढाइ लाख सहयोग

वाशिंटन डिसी— अमेरिकाको भर्जिनियास्थित दुईवटा नेपाली संस्थाले नेपालका बाढिपीडितलाई छुट्टाछुट्टै गरी अढाइ लाख रुपैयाँ राहत सहयोग पठाएका छन्। सामाजिक संस्था अमेरिका–नेपाल सहयोगी समाज (अनेसस) र नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति भर्जिनिया च्याप्टरले उक्त रकम सहयोग गरेका हुन्।
विस्तृतमा पढ्नुस्

विश्व उल्टो साइकल यात्री लण्डनमा

लण्डन-विश्वमा शान्ति, भाइचारा र नेपाली पहिचानका निम्ति पर्यटन प्रबर्द्धन गर्दै विश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्री बिरेश दाहाल, बरुण अधिकारी र बजिन्द्र महराको टोली शनिबार लण्डन आइपुगेको छ।
विस्तृतमा पढ्नुस्

एनआरएन कोरियाद्वारा बाढीपीडितलाई १८ लाख संकलन

दक्षिण कोरिया– एनआरएन कोरियाले नेपाल सुनकोसी बाढीपीडितको राहतका लागि १८ लाख रुपैयाँ संकलन गरेको छ। सिओलमा आइतबार पत्रकार सम्मेलन गरी उसले १ करोड ३७ लाख कोरियन वन संकलन भएको जनाएको हो।
विस्तृतमा पढ्नुस्

अमेरिकी क्यानमा खनाल

क्यालिफोर्निया– कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)–युएसएमा आगामी दुई वर्षको नेतृत्वको जिम्मेवारी प्रदीप खनालले पाएका छन्। दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वको १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो। क्यान युएसए अमेरिकामा सूचना प्रविधिमा कार्यरत नेपालीहरूको संस्था हो।
विस्तृतमा पढ्नुस्

खाडीमा अलपत्र परेकालाई सघाउन एनआरएनद्वारा सम्झौता

काठमाडौं— देशमा कार्यरत नेपाली महिला श्रमिकको उद्दार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) र गैरसरकारी संस्था 'पौरखी'बीच सम्झौता भएको छ।
विस्तृतमा पढ्नुस्

नेपालीको मृत्युपछि मलेसियाली कम्पनीमा मजदूरले आगो लगाए, ४२ पक्राउ

काठमाडौं— कम्पनीमा आगो लगाएको अभियोगमा मलेसियाली प्रहरीले इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा कार्यरत ४२ जना कामदारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नेपाली समेत परेको सूचना पाएपछि अहिले क्वालालम्पुरस्थित नेपाली दूताबासका अधिकारी घटनास्थल पुगेका छन्।
विस्तृतमा पढ्नुस्

एनआरएन भवन निर्माण गर्न अमेरिकाबाट पौने ४ करोड संकलन (अपडेट)

न्यूयोर्क—गैरआवासीय नेपाली संघको काठमाडौंमा कार्यालय भवन बनाउन अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीले पौने ४ करोड रुपैयाँ संकलन गरेका छन्। एनआरएन अमेरिकाको अग्रसरतामा बिभिन्न सातवटा शहरमा भएका अर्थ संकलन कार्यक्रममा गैरआवासीय नेपालीहरुले सो सहयोग रकमको घोषणा गरेका हुन्।
विस्तृतमा पढ्नुस्

युयुएनटिएफको अष्ट्रेलियन च्याप्टर गठन

ओहायो –अष्ट्रेलियाको मेलवोर्नमा हालै भएको नेपाली तेक्वान्दोसँग सम्बन्धित पदाधिकारीहरूको भेलाले आलोक रानाको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) को अष्ट्रेलियन च्याप्टर गठन गरेको छ।
विस्तृतमा पढ्नुस्

२१ ट्राभल एजेन्सीलाई कतारको सम्मान

काठमाडौं-कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले आफ्नो व्यापारमा सहयोग पुर्या्उने नेपालस्थित २१ वटा ट्राभल एजेन्सीलाई सम्मान गरेको छ।
विस्तृतमा पढ्नुस्

टेक्सासबाट पहिरो पीडितलाइ एकलाख

टेक्सास- सुनकोशीमा गएको पहिरो पीडितहरूको सहयोगार्थ नेपाली जन सम्पर्क समिति वेष्ट टेक्सास च्याप्टरले एक लाख बीस हजार रुपियाँ संकलन गरेको छ ।
विस्तृतमा पढ्नुस्

सानी–आमाको हत्या गरी नेपाली युवक फरार

हङकङ-हङकङ चुनवानमा एक नेपाली युवकले सानी–आमाको घाँटी रेटेर हत्या गरेका छन्। हङकङ आइडीमा सन्देश लावती नाम रहेका २१ वर्षीय लिङदेन थरका ती युवकले सानी–आमा नैनकला साम्सोहाङ लिम्बूको सोमबार बिहान सबेरै चक्कु प्रहार गरी हत्या गरेका हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed