फिनल्याण्डमा छरिएर रहेका नेपालीबीच नव वर्ष २०६७ को सुभकामना आदान प्रदान सम्पन्न भएको छ। बिगतमा यहाँ रहेका सस्थाहरुले यस्ता कार्यक्रमहरुलाई अलग अलग ढंगले आयोजना गर्ने परिपाटीलाइ तोड्दै यसपटकको कार्यक्रम भने सयुक्तरुपमा आयोजना गरिएको थियो।
यो शुभकामना साँझ कार्यक्रम एनआरएन फिनल्याण्डका सचिव सुदीप भुषण अर्यालले संचालन गर्नु भएको थियो। कार्यक्रममा फिनिश नेपाल समाजका देवी दत्त शर्मा, फिनल्याण्ड नेपाल मैत्री संघका मात्ती पेंतिल्ला र एनआरएन फिनल्याण्डको तर्फबाट सबिर मोहम्मदले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा पन्चे बाजाको प्रस्तुतिले सबै उपस्थित नेपालीहरुलाई गाउँ घरको बिहेको झझल्को प्रदान गर्न सफल भयो भने फिनिश सहभागीलाई पनि जुरुक जुरुक बनायो। शुभकामना साँझका अन्य आकर्षणहरुमा मिस नेपाल प्रतियोगिता, कमेडी, गीत तथा नृत्यहरु रहेका थिए। नेपाली र फिनिश गरी तीन सयको कार्यक्रममा उपस्थिति थियो। – श्रवण खनाल

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook