Wednesday 19 Jestha, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

समर्थन जुटाउन ओली निवासमा वार्ता

(0 votes)
भक्तपुर—नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भावी सरकार बनाउन शुक्रबार ओली निवास बालकोटमा विभिन्न दलका नेताहरूबीच छलफल भएको छ।
nepali-patro-may
बिहानदेखि नै भएको छलफलपछि प्रतिक्रिया दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनालले विभिन्न दलका नेताहरूसँग भएको छलफल सकारात्मक भएको बताए।

'आज बिहानदेखि नै विभिन्न साना दश राजनीतिक दल र मध्याह्न एकीकृत नेकपा (माओवादी) र राप्रपा नेपालबीच भएको छलफलमा उनीहरु अध्यक्ष ओलीलाई समर्थन गर्न सकारात्मक भएका छन्, एमालेलाई १५ दलले समर्थन गर्ने जनाएका छन्', उनले भने।

छलफलमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले १६ बुँदे सहमतिअनुसार नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा सर्मथन गर्ने निर्णय पार्टीले गरेको बताए।

सहमतिको प्रयास जारी रहेकाले नेपाली काँगे्रससँग पनि सहमतिको लागि वार्ता गरिने श्रेष्ठले बताए। एमाओवादीले सहमति कै आधारमा सरकार गठनका लागि आजै काँग्रेससँग छलफल गर्ने भएको छ।

छलफलमा एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, माले, जनमोर्चा नेपाललगायतका दलको सहभागिता रहेको थियो। छलफलमा एमालेका तर्फबाट अध्यक्ष ओली, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, विद्यादेवी भण्डारी, अग्नि खरेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेललगायत सहभागी थिए।

प्रतिक्रिया