Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 19th

हङकङका नेपालीलाई चिनियाँ समर्थन

smaller text tool iconmedium text tool iconlarger text tool icon
पूर्ण बस्नेत, हङकङ, पुस १४- हङकङ विधान परिषद् लगायत राज्यको नीतिनिर्माण तहमा अल्पसंख्यक समुदायको प्रतिनिधित्वका लागि नेपालीले उठाएका मागमा चिनियाँले समेत समर्थन जनाएका छन्। विधान परिषद्, जिल्ला परिषद् तथा निर्वाचन आयोगमा अल्पसंख्यक समुदायको प्रतिनिधित्वको व्यवस्था गर्न माग गर्दै मंगलबार हङकङका नेपालीहरूले कार्यकारी प्रमुख डोनाल्ड चाङलाई ज्ञापनपत्र बुझाएका छन्।

 आफ्नो मागमा समर्थन जुटाउन आइतबार नेपालीहरूले आयोजना गरेको शोभायात्रामा युनलङ जिल्ला परिषद्का सदस्य जोनी म्याक सहित चिनियाँ सर्वसाधारण सहभागी भएका थिए।

भाषा, साहित्य र सँस्कृतिको विकास गरी हङकङमा नेपाली समाज निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाली सप्ताह २००९' अन्तर्गत सोमबार चिनियाँ सरकारका प्रतिनिधिलाई पनि ज्ञापनपत्र बुझाइएको छ। चीनका अन्य प्रान्तमा जस्तै आधारभूत कानुन अर्न्तगत हङकङका अल्पसंख्यकलाई अधिकार सम्पन्न बनाउन उक्त पत्रमा माग गरिएको छ। त्यस्तै नेपाली बालबालिकाले मातृ भाषामा पढ्न पाउनु पर्ने माग गर्दै बुधबार संयुक्त राष्ट्रसंघलाई ज्ञापनपत्र दिने कार्यक्रम छ।

हङकङ नेपाली कला मन्दिरको आयोजना र हङकङ नेपाली फाउण्डेशनले संयोजन गरेको कार्यक्रममा स्कूलमा पढाउने नेपाली शिक्षक र विद्यार्थीहरू बढी सक्रिय छन्। कला मन्दिर सम्बद्ध शिक्षक देवराज राईका अनुसार पाँच वर्षदेखि नियमित रुपमा नेपाली सप्ताह आयोजना गरिएको छ र यसमा नेपालीहरूसँगै चिनियाँहरूको सहभागीता पनि बढिरहेको छ।

साताव्यापी कार्यक्रमको सबभन्दा रोचक पक्ष विभिन्न झाँकी सहितको शोभायात्रा र त्यसपछि देखाइएको साँस्कृतिक कार्यक्रम बन्यो। हङकङमा बस्ने नेपाली, खासगरी विद्यार्थी केन्द्रित कार्यक्रममा प्राकऐतिहासिक कालदेखि वर्तमान संक्रमणकालीन नेपालको साँस्कृतिक र राजनीतिक चरित्र चित्रण गरिएको थियो। विद्यार्थीहरूले नाटक, गीत, नृत्यका माध्यमबाट बुद्धको जन्मदेखि राजतन्त्रको पतनसम्मका घटनाक्रम केलाएका थिए।

पुस १० गते शुरु भएको नेपाली सप्ताह हङकङका स्कूलमा पढिरहेका नेपाली विद्यार्थीहरूबीच नेपाली भाषा, कला र संगीत सम्बन्धी प्रतियोगिता आयोजना गरी बिहीबार सकिँदै छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

प्रवास

onlineversion

ब्लग

सुरेन्द्र पौडेल झुल्किँदो घाम केही कठोर भैसकेको छ। हाम्रो गन्तव्य - सुन्दरीजलबाट हिंडेर चिसापानी...

- सुरेन्द्र पौडेल