काठमाडौं, माघ २ (नागरिक)– अमेरिकाको बोस्टन सहरमा हत्या गरिएका नेपाली सुरेन्द्र डङ्गोलको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले डङ्गोलको हत्या गरेको आरोपमा ६३ वर्षीय एडवार्ड कोर्लिसलाई पक्राउ गरेको बोस्टन हेराल्डले जनाएको छ। कोर्लिसविरुद्ध मङ्गलबार वेष्ट रोक्सबेरी जिल्ला अदातलमा मुद्दा दायर हुने भएको छ।
पुस ११ मा बोस्टनको जमैका प्लेनस्थित टेडेस्ची फुड सपका क्लर्क रहेका ३९ वर्षे सुरेन्द्र डङ्गोलको हत्या भएको थियो।
अन्त्येष्टिमा सहभागी हुन बोस्टन पुगेकी डङ्गोलकी श्रीमती कल्पनाले प्रहरीले हत्यारा पक्राउ गर्न सकेमा खुशी व्यक्त गरेकी पनि हेराल्डले जनाएको छ। उनले श्रीमानको घटनामा न्याय पाउने आशा बढेको पनि बताएकी छिन्।
हत्याको अभियोग लागेका एडवार्ड यसअघि पनि सन् १९९७१ मा एक क्लर्कलाई हत्या गरेको अभियोगमा जेल सजाय भोगेर केही समयअघि मात्र छुटेका व्यक्ति हुन।

बुकमार्क
यसलाई ई-मेल गर्नुस्
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook