Sunday 19 Baishak, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

भद्रपुरमा घटेन राजस्व सङ्कलन

(0 votes)
भद्रपुर– मालपोत कार्यालय भद्रपुर झापाले चालु आवको तीन महिनामा रु ४ करोड ४७ लाख ६९ हजार ८ सय ७५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।


nepalipatr-april
रजिस्ट्रेशनबाट रु ३ करोड ४९ लाख ७८ हजार ३ सय ५२, रोक्का दस्तुरबाट रु ९ लाख ३२ हजार ५ सय, कर्जा लिखतबाट रु ८४ लाख ३३ हजार ५ सय, दर्ता खारेजबाट रु १ लाख ८३ हजार ४ सय ६७, नामसारीबाट रु १ लाख २२ हजार ६ सय ५६, रातो पुर्जा बिक्रीबाट रु ९७ हजार ८ सय, स्रेस्ता नक्कलबाट रु १४ हजार ६ सय र डोर दस्तुरबाट रु ७ हजार सङ्कलन भएको हो ।

कार्यालयका लेखापाल मीनराज पोखरेलका अनुसार गएको आवमा सो अवधिमा कुल रु ३ करोड ४९ लाख ७८ हजार ७ सय ४३ राजस्व सङ्कलन भएको थियो । यस वर्ष राजिस्ट्रेशन दस्तुरबाट मात्रै रु ३ करोड ४९ लाख ७८ हजार ३ सय ५२ राजस्व सङ्कलन भएको छ। रासस

प्रतिक्रिया