अमेरिकामा रहेका पत्रकारहरुको अधिवेशन एटलान्टिक सिटीमा हुने

smaller text tool iconmedium text tool iconlarger text tool icon
वासिंङटन डीसी, माघ १३ (नागरिक)- उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो दोस्रो अधिवेशन आउँदो अप्रिल महिनाको २४ तारिख न्युजर्सी राज्यको एटलान्टिक सिटीमा गर्ने निर्णय गरेको छ।

संगठनका पदाधिकारी तथा सदस्यहरुको मंगलबार वासिंङटन डीसीमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

नेजाले उत्तर अमेरिकाभर रहेका नेपाली पत्रकारहरुलाई आ-आफ्नो सदस्यता नवीकरण गर्न र सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेको छ।

बैठकले संघको स्मारिका प्रयास प्रकाशन गर्ने र त्यसका लागि संघका सदस्यहरुलाई आ-आफ्ना लेख रचना पठाउन पनि अनुरोध गरेको छ। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

प्रवास