Nagarik News - Nagarik News - अर्थ http://nagariknews.com Tue, 16 Sep 2014 10:24:26 +0545 en-gb मुस्ताङको स्याउ नपाक्दै बिक्री http://nagariknews.com/economy/agriculture/story/24853.html http://nagariknews.com/economy/agriculture/story/24853.html मुस्ताङ, मार्फा गाउँका किसानको बगानमा स्याउ। फाइल तस्बिरः नागरिक

बाग्लुङ-मुस्ताङको स्याउ किसानले नपाक्दै बिक्री गरेका छन्। कृषि प्राविधिकले असोजको पहिलो साताबाट टिप्न सुझाए पनि किसानले पहिल्यै टिपेर बेचेका हुन्। काँचैमा बेच्दा स्वाद कमजोर हुने भए पनि किसानले पहिल्यै बेचेको जिल्ला कृषि विकास कार्यालय, मुस्ताङले जनाएको छ। ‘असोजको पहिलो साताबाट टिपेर बेच्न सल्लाह दिएका थियौं,' वरिष्ठ कृषि विकास अधिकृत रेवती पौडेलले भने, ‘पैसा पाउने भएपछि किसानले आत्तिएर छिटो टिपे।'

]]>
no-spam@nagariknews.com (दिलीप पौडेल) कृषि Tue, 16 Sep 2014 10:20:02 +0545
श्रीको नवौं हेलिकोप्टर जनवरीमा आउने http://nagariknews.com/economy/tourism/story/24852.html http://nagariknews.com/economy/tourism/story/24852.html श्रीको नवौं हेलिकोप्टर जनवरीमा आउने
काठमाडौं-हेलिकोप्टर संख्याका आधारमा मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आगामी जनवरी (पुस दोस्रो सातादेखि माघ दोस्रो साता) भित्र नयाँ हेलिकोप्टर ल्याउने भएको छ।
]]>
no-spam@nagariknews.com (नागरिक) पर्यटन/नागरिक उड्डयन Tue, 16 Sep 2014 10:19:05 +0545
प्रगति विवरण बुझाउँदैनन् मन्त्रालय http://nagariknews.com/economy/main-story/story/24851.html http://nagariknews.com/economy/main-story/story/24851.html प्रगति विवरण बुझाउँदैनन् मन्त्रालय
काठमाडौं-राष्ट्रिय योजना आयोगले विकाससँग सम्बन्धित मन्त्रालयले निरन्तर प्रगति विवरण बुझाउन नगरेको आरोप लगाएको छ।
]]>
no-spam@nagariknews.com (नागरिक) मुख्य समाचार Tue, 16 Sep 2014 10:17:49 +0545
निगमले मलेसियाको भाडा बढायो http://nagariknews.com/economy/tourism/story/24850.html http://nagariknews.com/economy/tourism/story/24850.html काठमाडौं-नेपाल वायुसेवा निगमले मलेसिया–काठमाडौंको हवाई भाडाफेरि बढाएको छ। पन्ध्र दिनअघि७० प्रतिशत भाडा वृद्धि गरेर घटाएको निगमले सोमबारदेखि पुनः भाडा बढाएको हो।]]> no-spam@nagariknews.com (नागरिक) पर्यटन/नागरिक उड्डयन Tue, 16 Sep 2014 10:16:04 +0545 विदेशी खादाप्रति लघुउद्यमी चिन्तित http://nagariknews.com/economy/agriculture/story/24848.html http://nagariknews.com/economy/agriculture/story/24848.html पर्वत-स्थानीय स्तरमा उत्पादित खादाको ठाउँ आयातित सामानले लिन थालेपछि लघुउद्यमी चिन्तित छन्। उनीहरुले स्वागतबाहेक अन्य काममा प्रयोग गर्नै नमिल्ने खादाको बढ्दो प्रयोगप्रति चिन्ता जनाएका हुन्। खादाभन्दा स्थानीय लघुउद्यमीले उत्पादन गरेका सामानबाट स्वागत गर्ने परिपाटी बसाल्नसमेत सरोकारवाला निकायसँग उनीहरुले आग्रह गरेका छन्।]]> no-spam@nagariknews.com (छविलाल तिवारी) कृषि Tue, 16 Sep 2014 10:11:44 +0545 माथिल्लो कर्णाली आयोजनामा थप अध्ययन आवश्यकः एमाले http://nagariknews.com/economy/hydropower/story/24818.html http://nagariknews.com/economy/hydropower/story/24818.html

काठमाडौं— ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणका लागि भारतीय कम्पनी जिएमआरसँग आयोजना विकास सम्झौता (पीडीए) गर्न अन्यौल भइरहेको बेला सत्ता साझेदार एमालेले त्यसका लागि अझ अध्ययन जरुरी भएको निष्कर्ष निकालेको छ।

सोमबार पार्टीको आधिकारिक धारणा बनाउँदै एमालेले पिडिए गर्दा 'विदेशी लगानी पनि आकर्षित हुने र देशलाई नोक्सान पनि नपर्ने' बाटो रोज्नुपर्ने जनाएको हो।

'ठूलो आयोजनामा विदेशी लगानी बारे नजिर बस्ने हुँदा माथिल्लो कर्णाली आयोजना निर्माण सम्झौता गर्दा विदेशी लगानी पनि आकर्षित हुने र देशलाई पनि नोक्सानी नहुने विषयमा विस्तृत अध्ययन आवश्यक छ', एमाले उपाध्यक्ष भीम रावलले नागरिकन्युजसँग भने।

एमालेले प्रत्येक जलविद्यत गृहलाई एक मेगावाट बराबर ५० लाख रुपैयाँ अनुदान दिने व्यवस्था, तल्लो तटीय क्षेत्रमा आयोजनाको असर मूल्याङ्कन तथा आयोजनाको क्षति हुँदा सरकारले कति हदसम्म क्षतिपूर्ति दिने विषयमा स्पष्ट हुनुपर्ने जनाएको छ।

एमाले सचिव प्रदीप ज्ञवालीले माथिल्लो कर्णाली बारे पार्टीले सर्वसम्मत निर्णय लिएको जानकारी दिए। 'हामीले यो सर्वसम्मत निर्णय गरेका छौं', उनले भने, 'अध्यक्ष कमरेडले प्रधानमन्त्री समक्ष यही कुरा राख्नुहुनेछ। '

आयोजना निर्माणका लागि ग्लोबल टेण्डरमार्फत ०६४ माघमा भारतको जीएमआर इनर्जी लिमिटेड र सरकारबीच सर्वेक्षण सम्झौता भएको थियो। सरकार र कम्पनीबीच भएको प्रारम्भिक सम्झौतामा ३० वर्षपछि निःशुल्क र चालू अवस्थामा आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। दैलेख, सुर्खेत र अछामको सिमानामा यो आयोजनाबाट नेपालले २७ प्रतिशत शेयर र १२ प्रतिशत बिजुली निःशुल्क पाउनेछ।

भारतीय प्रधामन्त्रीको हालैको नेपाल भ्रमणका बेला उक्त सम्झौता टुङ्ग्याउन तोकिएको समय सीमा यसैसाता सकिँदैछ। मोदी भ्रमणका बेला ४५ दिनभित्र सो सम्झौता टुङ्ग्याउने सहमति भएको थियो।

विद्युत् उत्पादक कम्पनीलाई सरकारले दिन भनेको कर छुटको विषय एवं सम्झौता उल्लंघन भए घरेलु वा अन्तर्राष्ट्रिय कुन कानुन आकर्षित हुन्छ भन्ने विषयमा पनि नेपाली र भारतीय पक्षबीच मतभेद रहँदै आएको छ।

]]>
no-spam@nagariknews.com (मणि दाहाल) जल/उर्जा Mon, 15 Sep 2014 19:46:45 +0545
भोटेकोसी जलविद्युत कात्तिक पहिलो साताबाट सञ्चालन तयारी http://nagariknews.com/economy/story/24811.html http://nagariknews.com/economy/story/24811.html
सिन्धुपाल्चोक– कान्ले पहिरो र त्यसले सुनकोसी थुन्दा बनेको तालले ‘ट्रान्समिसन टावर' बगाउँदा रोकिएको भोटेकोसी जलविद्युत आयोजनाको उत्पादन पाँच साताभित्र थाल्ने तयारी साथ काम भइरहेको छ। निजी क्षेत्रको ४५ मेगावाट क्षमताको भोटेकोसीको उत्पादन ४४ दिनदेखि ठप्प छ।
]]>
no-spam@nagariknews.com (ध्रुव दंगाल) अर्थ Mon, 15 Sep 2014 16:38:05 +0545
गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन http://nagariknews.com/economy/story/24800.html http://nagariknews.com/economy/story/24800.html गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन
काठमाडौं-व्यवस्थापन र मजदुरबीच झन्डै तीन महिना लामो विवादपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालनमा आएको छ। मजदुरले राखेका मागमध्ये तीनवटा पूरा गर्न व्यवस्थापन सहमत भएपछि रिसोर्ट खुलेको हो।


]]>
no-spam@nagariknews.com (सुशील भट्टराई) अर्थ Mon, 15 Sep 2014 10:13:07 +0545
संसदीय समिति भिएलएनको छानबिन गर्दै http://nagariknews.com/economy/story/24799.html http://nagariknews.com/economy/story/24799.html काठमाडौं-मलेसिया भिएलएन नेपाल प्रालिले मलेसियन भिसा प्रोसेसिङ शुल्कको नाममा रकम लिइरहेको विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अनुसन्धान गर्ने भएको छ।


]]>
no-spam@nagariknews.com (प्रकटकुमार शिशिर) अर्थ Mon, 15 Sep 2014 10:08:18 +0545
१४ वर्षीयाको पसल रोजाइमा http://nagariknews.com/economy/story/24798.html http://nagariknews.com/economy/story/24798.html रौतहट-जिल्ला सदरमुकाम गौरलाई चन्द्रपुरसित जोड्ने सहायक राजमार्गको पिप्राभगवानपुरको छाप्रे मिठाइ पसल ग्राहकको रोजाइमा परेको छ।]]> no-spam@nagariknews.com (मदन ठाकुर) अर्थ Mon, 15 Sep 2014 10:03:02 +0545