Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

अर्थ

मकै किसान अनसनमा

उपेन्द्र लामिछाने- वीरगन्ज, फागुन २८ - मकैको घोगामा दाना नलागेपछि क्षतिपूर्तिको माग राख्दै बाराका मकै किसानले शुक्रबारबाट रिले अनसनमा बसेका छन्। कृषक हकहित संघर्ष समिति बाराको अगुवाईमा अध्यक्ष रसुलमिया अन्सारी नेतृत्वको समूहले कलैया भरतचोकमा टेन्ट गाडी अनसन सुरु गरेका हो।
विस्तृतमा

रिचार्ज कार्डमा उपभोक्ता ठगिए

खिलानाथ ढकाल, इलाम, फागुन २८- नेपाल टेलिकमले भर्खरै बजारमा ल्याएको प्रिपेड मोबाइलको रिचार्ज कार्डमा उपभोक्ता ठगिएका छन्। बिक्रेताले पूरानै रिचार्ज कार्डमा झैं रकम लिँदा उपभोक्ता ठगिएका हुन्। पूर्वका प्रायः ठाउँमा रिचार्ज कार्डमा ठगिएको उपभोक्ताले बताएका छन्।
विस्तृतमा

आजदेखि आधा दिन अँध्यारो

आजदेखि आधा दिन अँध्यारो दैनिक १२ घण्टा लोडसेडिङ-
काठमाडौँ, फागुन २८ (नागरिक)- आजदेखि आधा दिन अँध्यारोमा बिताउन ग्राहकहरु बाध्य हुने भएका छन्। नेपाल विद्युत प्राधिकरणले आजैदेखि लागू हुने गरी दैनिक १२ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। यसअघि ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो।
विस्तृतमा

मर्मत गरेको दुई सातामै जहाज बिग्रियो

सुशील भट्टराई, काठमाडौं, फागुन २७- नेपाल वायुसेवा निगमको एउटा जहाज इजरायलबाट मर्मत गरेर ल्याएको दुई साता नबित्दै फेरि बिग्रिएको छ।
विस्तृतमा

पेन्सनमा आयकर कट्टीको विरोध

विराटनगर, फागुन २७ (नागरिक)- नेपाल ब्याङ्कका सेवानिवृत्त कर्मचारीले पाउँदै आएको पेन्सनमा एक प्रतिशत आयकर काटिएकोमा उनीहरु आक्रोशित छन्।
विस्तृतमा

चिनियाँ र भारतीय अर्बपति बढे

चिनियाँ र भारतीय अर्बपति बढे बिल गेट्सलाई पछि पार्दै मेक्सिकोका स्लिम सबभन्दा धनी-
काठमाडौँ, फागुन २७ (नागरिक)- फोर्ब्स म्यागेजिनले बुधबार सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचिमा एसियाली धनाढ्यहरुको संख्या बढेको छ। चीनका धनाढ्यहरुको संख्या पोहोरको तुलनामा दोब्बरभन्दा बढेर ६४ पुगेको छ भने भारतीयको संख्या ४९ पुगेको छ।
विस्तृतमा

सेनाले माग्यो १ खर्ब १८ अर्ब रुपैयाँ

नारायण सापकोटा, काठमाडौं, फागुन २७- नेपाली सेनाले १० वर्षे योजना प्रस्तुत गर्दै सरकारसँग थप १ खर्ब १८ अर्ब रुपैयाँ मागेको छ। वार्षिक बजेटबाहेक पूर्वाधार विकास, हातहतियार खरिदलगायतका लागि सेनाले यो रकम मागेको हो।
विस्तृतमा

रोडाढुंगा भारत निकासी फेरि सुरु हुने

माधव ढुङ्गेल, काठमाडौं, फागुन २७- दुई महिनादेखि रोकिएको रोडाढुंगाको भारत निकासी पुनः सुचारू हुने भएको छ। संसद्को प्राकृतिक स्रोत र साधन समितिद्वारा गठित उपसमितिले जथाभावी उत्खनन्लाई नियमित गरी रोडाढुंगा उद्योग (क्रसर) सञ्चालन गर्न सिफारिससहितको प्रतिवेदन तयार पारेपछि दुई महिनादेखि रोकिएको निकासी पुनः सुरु हुने भएको हो। प्रतिवेदनअनुसार अब चुरे क्षेत्रमा स्क्याभेटर भने प्रयोग गर्न पाइने छैन।
विस्तृतमा

फिस्टेल एयर अधिकारी उद्दार तालिममा

काठमाडौं, फागुन २६ (नागरिक)- हेलिकोप्टर सेवा कम्पनी फिसटेल एयरको एक टोलीले स्वाट्जरल्यान्डका एयर जर्माटको सहयोगमा हिमाली उद्दार सम्बन्धी दुई साता लामो तालिम लिइरहेको छ।
विस्तृतमा

नेप्से झन् घट्यो

काठमाडौं, फागुन २६ (नागरिक)- सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्ने क्रम जारी छ।
विस्तृतमा

सितारामले यूएचटी दूध ल्याउने

विज्ञान अधिकारी, काठमाडौं, फागुन २६ - सिताराम गोकुल्स मिल्सले युएचटी मिल्क(अल्ट्रा हाइ ट्रिरटमेन्ट मिल्क) बजारमा ल्याउने भएको छ। युएचटी मिल्क तीन महिनासम्म नविग्रने अत्याधुनिक प्रविधिबाट उत्पादित दूध हो।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  Next 
  •  End 
  • »
JPAGE_CURRENT_OF_TOTAL

अर्थ

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली