टेलिकमले मोबाइलको रु. १०० र रु. २०० को रिचार्ज कार्ड प्रचलनमा ल्याएको थियो। उपभोक्तालाई सजिलो हुनेगरी टेलिकमले दुबै कार्डमा मूल्य घटाएको छ। तर, उपभोक्ता रु. १०० को कार्डलाई रु. १०५ र रु. २०० को कार्डलाई रु. २०५ तिरिरहेका छन्। पूराना कार्डमा अतिरिक्त कर समावेश गरिएको थियो।
टेलिकमले यसबारेमा उपभोक्तालाई सूचना जारी गरेर वास्तविक मूल्यभन्दा बढी नलिन आग्रह गर्दासमेत बिक्रेताले त्यसको उल्लङ्घन गरिरहेका छन्। 'नदिने भए जहाँ दिन्छ त्यही किन्नु भनेपछि धरै पाइँदैन', रिचार्ज कार्डमा ठगिएको बताउँदै कानुन व्यवसायी सुधीर बोहराले भने, 'हामी कानुनको वकालत गर्दै हिँड्ने मान्छे नै ठगिएपछि सर्वसाधारणको के हालत होला?'
प्रशासनले नियमित बजार अनुगमन नगर्दा रिचार्ज कार्डमा उपभोक्ता ठगिएको टेलिकम स्रोतले बताएको छ। टेलिकमले ठग्ने बिक्रेताउपर प्रशासनमा उजुरी गर्नसमेत आग्रह गरेको छ। 'कसैले ठगी गरेको छ भने प्रशासनमा तुरुन्त उजुरी गरेहुन्छ,' टेलिकम इलामले बतायो।
बिक्रेताहरु रिचार्ज कार्ड खरिदमा माथिदेखि नै अनियमितता भएकोले अतिरिक्त कर लिनुपरेको बताउँछन्। टेलिकमले कम मूल्यको रिचार्ज कार्ड खरिद गर्दा थोरै मात्र उपलब्ध गराउने गरेकाले मूल्य बढी लिनुपरेको ब्रदर्श कम्युनिकेशनका कविन्द्र श्रेष्ठ बताउँछन्।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





