सर्वसाधारणले एक वर्षे मुद्दतिमा सबैभन्दा बढी ब्याज सिटिजन्स् बैंकबाट पाउँछन्। बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार ११ प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ। यस्तै सिद्धार्थले साढे १०, बैंक अफ एसिया नेपालले १० दशमलव २५ र डिसिबिएल बैंकले १० प्रतिशतसम्म मुद्दति निक्षेपमा ब्याज उपलब्ध गराउने सूचना प्रकाशित गरेका छन्। बैंकहरुसँग नगद अभाव भएकाले संस्थागत निक्षेपकर्ताले भने योभन्दा बढी ब्याज पाइरहेको अवस्था छ।
संस्थागत निक्षेपकर्ताबाट बचत संकलन गर्न बैंकहरुले प्रकाशित गर्ने ब्याजदरको सूचनामा चलाखीपूर्ण रुपमा 'आपसी सम्झौता' भन्ने शब्द पनि थप गरिएको हुन्छ। 'आपसी सम्झौता' भन्ने शब्द राख्दा बैंकहरुले तोकेभन्दा बढी ब्याज ठूला निक्षेपकर्तालाई उपलब्ध गराउन सक्छन्। ठूला बचतकर्ता पनि अहिले बढी ब्याजका लागि बैंकहरुसँग मोलतोल गर्न थालेको एक बैंकका प्रमुख कार्यकारीले बताए।
ठूला निक्षेपकर्ता मानिएको नागरिक लगानी कोष, कर्मचा सञ्चय कोष, बिमा संस्थान, नेपाल स्टक एक्सचेन्ज, सेना तथा प्रह र विभिन्न गुठीलाई बैंकहरुले उच्च ब्याज दिएर आफू कहाँ तान्ने प्रयास गरेको एक बैंकरले जानकारी दिए। यस्ता संस्थाबाट कम्तिमा ५० करोड रुपैयाँ निक्षेप संकलन हुने भएकाले बढी व्याज तिर्न बैंकहरु कार्यकारी भएका हुन्। 'पछिल्लो समयमा साढे १३ प्रतिशत व्याज तिर्ने गरी अधिकांस वाणिज्य बैंकले पैसा लगेका छन्,' कर्मचारी सञ्चय कोषका प्रशासक रमेशकुमार भट्टराईले नागरिकसँग भने। उनले सरका र केही निजी क्षेत्रका बाहेक सबै वाणिज्य बैंक र वित्त कम्पनीले कोषबाट पैसा लाने गरेका जानका दिए।
नागरिक लगानी कोषमा पनि बैंक तथा फाइनान्स कम्पनीहरु धाउन थालेका छन्। अहिले ११ प्रतिशतसम्म व्याज लिएर बैंकहरुलाई पैसा उपलब्ध गराइरहेको संस्थाका अध्यक्ष चन्द्रमणी अधिकाले जानका दिए। उनले केही कम्पनी १२ प्रतिशतसम्म ब्याज दिन्छौं भनेर आएको बताए। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि साढे १२ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय कम्पनीमा रकम राखेको छ। '२६ करोड रुपैयाँ राखेका छौं,' नेप्सेका महाप्रवन्धक शंकरमान सिंहले भने।
बैंकहरुका अनुसार ठूला बचतकर्ताबाट एक पटक कम्तीमा पाँच करोड रुपैयाँ निक्षेप आउने भएकाले पनि उनीहरुलाई बढी ब्याज दिनु परेको हो। साना निक्षेपकर्ताबाट अहिलेको नगद अभाव कम हुने ग बचत नआउने भएकाले ठूलालाई बढी ब्याज तिरेर भएपनि निक्षेप खाता खोल्नुपर्ने वाध्यता भएको उनीहरुले जनाएका छन्।
बजारमा तरलता अभाव हुँदा निक्षेप आकर्षित गर्न बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धाको होड चलेको छ। साना बचतकर्ताबाट अहिलेको नगद अभाव कम नहुने भएकाले बैंकहरुले ठूला बचतकर्तालाई लक्षित गर्दै ब्याजमा बढाबढ गरेका हुन्। 'प्रतिस्पर्धाले ब्याजदरमा बढाबढ भइरहेको छ,' डिसिबिएल बैंकका प्रमुख कार्यका अधिकृत सुधीर खत्रीले भने, 'तोकिएभन्दा बढी ब्याज अफर गर्ने पुराना बैंक धेरै छन्।'
उनका अनुसार, ठूला बैंकको निक्षेपमा ब्याज खर्च धेरै छैन। यसले गर्दा उनीहरुले एक/दुई अर्ब महँगो ब्याज तिरेर बचत संकलन गर्दा पनि खासै फरक पर्दैन। 'बैंकहरुबीच ब्याजदरमा बढाबढ हुँदा ठूला बचतकर्तालाई फाइदा पुगेको छ,' खत्रीले भने, 'यसले नयाँ बैंकलाई अप्ठ्यारोमा पारेको छ।' अहिले तोकेभन्दा बढी ब्याज पाउने निक्षेप नवीकरण गर्ने बचतकर्ता भएको उनले बताए। निक्षेप नवीकरण गर्ने समयमा ब्याजदरमा बैंकबीच प्रतिस्पर्धा भएकाले तीनै बचतकर्ता अहिले तोकेभन्दा बढी ब्याज दिने बैंकमा जानथालेको खत्रीले जानकारी दिए।
बैंकरका अनुसार तरलता समस्या नभएको बेलामा पनि ठूला बचतकर्ताले तोकिएभन्दा बढी ब्याज पाउँदै आएका थिए। अहिले अभावले गर्दा बचतकर्ताले बैंकसँग 'बार्गेनिङ' गर्न पाएका छन्। उनीहरुले ठूलो रकम जम्मा गर्ने भएकाले वढी ब्याज पाउँदै आएका हुन्।
बजारमा तरलता अभाव भएपछि गत सातासम्म केन्द्रिय बैंकले सरका ऋणपत्रको धितो (रिपो) मा साढे २३ अर्ब रुपैयाँ बैंकहरुलाई कर्जा उपलब्ध गराइसकेको छ। यसले पनि नगद अभाव कम नभएपछि यसको व्यवस्थापन गर्न बैंकहरुले निक्षेपको ब्याजदर बढाएका हुन्। तरलता अभाव गत असोजदेखि बैंकहरुले झेल्दै आएका छन्।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



