Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

निलगिरि विकास बैंकको शेयर आउँदै

smaller text tool iconmedium text tool iconlarger text tool icon
पोखरा, फागुन २५ (नागरिक)- म्याग्दीको बेनीमा सञ्चालित निलगिरि विकास बैंकको सर्वसाधारणका लागि शेयर खुल्ने भएको छ। बैंकको १ लाख ५० हजार कित्ता शेयर आगामी शुक्रबारदेखि बिक्री खुला हुँदैछ।

धवलागिरी अञ्चलको पहिलो विकास बैंक निलगिरिको शेयर बिक्रीपछि चुक्तापूँजी बढेर ५ करोड रुपैयाँ पुग्नेछ। यसअघि बैंकको चुक्तापूँजी ३ करोड ५० लाख रुपैयाँ रहेको छ। शेयर आवेदनको अन्तिम दिन चैत ४ गतेसम्म तोकिएको छ।

सर्वसाधारणले प्रतिशेयर १ सय रुपैयाँ मुल्यका दरले कम्तिमा ५० र बढिमा ५ हजार कित्ता सम्म शेयर खरिद गर्न सक्नेछन। शेयर आवेदन दिँदा बैंक खाता अनिवार्य भएपछि बैंकले शुन्य मौज्दातमा खाता खोल्न सकिने गरि सुविधा दिएको छ।

२०६४ असोजदेखि सञ्चालनमा आएको बैंकले हालसम्म २० करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि १९ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यका अधिकृत गुरुप्रसाद ज्ञवालीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। बैंकले आर्थिक वर्ष २०६५/०६६ मा ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer