Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

कुमारी आमाद्वारा शिशुको हत्या

  • सोमबार ३० कार्तिक, २०७२
  • छविलाल तिवारी
  • DISQUS_COMMENTS
(1 Vote)
पर्वत–एक अविवाहित युवतीले शिशु जन्माएर हत्या गरेकी छिन्। अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाटी थिचेर हत्या गरेको आरोपमा नाग्लीवाङ–४ की १८ वर्षीया संगीता रेग्मी पक्राउ परेकी हुन्।
nepalipatro-nagarik
रेग्मीसँगै उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाईसमेत प्रहरीले पक्राउ गरेको छ। संगीता रेग्मीले मनोज बोहराको अबैध गर्भधारण गरी जन्मेको नवाजात शिशुलाई कातिक २१ गते हत्या गरेको भएपनि कातिक २४ गते मात्रै घटना सार्बजनिक भएको प्रहरीले जनाएको छ। रेग्मीले घर नजिकैको धारोमा छोरी जन्माएपछि तत्कालै मुख थुनेर हत्या गरेपछि नजिकैको बारीमा मोटोले पुरेकी थिइन्। शिशुको शव गिद्धले बाहिर निकालेपछि वेवारिसे अवस्थामा कातिक २४ गते भेटिएको प्रहरीले जनाएको छ।

रेग्मीले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्विकार गरेकी छिन्। बागलुङमा बसेर क्याम्पस अध्ययन गर्दै आएकी रेग्मी र बोहराको प्रेम सम्बन्ध रहेको युवतीले बताएकी छिन्। बोहोराले पनि रेग्मीसँग शारीरिक सम्बन्ध हुँदै आएको स्विकारेका छन्। संगीता गर्भवती भएपछि प्रेमी बोहरालाई पटक–पटक गर्भपतनका लागि आग्रह गर्दा समेत बेवास्ता गरेपछि यो घटना भएको रेग्मीले प्रहरी बयानमा बताएकी छिन्।

पेटमा बच्चा बढ्दै गएपछि संगीता धेरै समय क्याम्पस नगई डेरामा नै बसेको र दशैं तिहारको बिदामा घर गएको बेला बच्चा जन्माएकी हुन्। प्रहरीले संगीता र मनोजलाई केहीदिनअघि मात्रै उनीहरुकै घरबाट पक्राउ गरेको हो। प्रहरी नियन्त्रणमा रहेका दुबैजनालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।

सूचना प्रविधि कुम्भ मेला सुरु

सूचना प्रविधि कुम्भ मेला सुरु

काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स,...

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा...