1 Falgun, 2072 |
Menu

अर्थ

istl

उपमहानगरमै छैन प्रहरीको स्थायी भवन

(0 votes)
काठमाडौं–इटहरीस्थित इलाका प्रहरी कार्यालयको स्थायी भवन निर्माणका लागि सरकारको नाममा रहेको जुट अनुसन्धान केन्द्रस्थित जग्गा माग गरिएको छ ।
nepalipatro-nagarik
उद्योग वाणिज्य संघ इटहरीको संयोजकत्वमा सर्वदलीय सदस्यता रहने गरी इप्रका जग्गा प्राप्ति समिति नै गठन गरी सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई भेटी जग्गाका लागि पहल गरिदिन आग्रह गरिएको समिति सदस्य मदन चुडालले बताए । समितिले उपप्रधान तथा भौतिक निर्माण मन्त्री विजयकुमार गच्छादार, भूमिसुधार मन्त्री रामकुमार सुव्वालाई भेट गरी सरकारी पहल थालिदिन आग्रह गरेको थियो।

मन्त्रिपरिषदबाट निर्णय गराएरै इटहरी उपमहानगरपालिकाको शान्ति सुरक्षाको स्थायी व्यवस्थाको माग गर्दै समितिले गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग भेट गरेको थियो । चुडालका अनुसार सो जग्गा उपलव्ध भए इटहरीको प्रहरी कार्यालयको स्थायी रुपमा सञ्चालन हुँदा सरकारलाई पनि सहज हुने ज्ञापन बुझाइएको थियो।

समितिले उच्चस्तरीय राजनीतिक संयन्त्र तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरी जग्गाका लागि पहल गरिदिन भनेका थिए । समिति सदस्यहरुसँग भेटमा दाहालले सुरक्षाका लागि प्रहरी कार्यालयको स्थायीत्व महत्वपूर्ण हुने भन्दै सरकारसँग पहल गर्ने बताएका थिए । जुट अनुसन्धान केन्द्रमै रहेको जग्गा सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय गरी खेलकुदलाई दिएको थियो। सरकारको नाममा केन्द्रको कम्तिमा ४० विगा जग्गाह खाली रहेको छ। राजमार्ग नजिक रहेको इप्रका इटहरीको हालको कार्यालयमा काम गर्न मुस्किल छ भने हिरासतमा राख्ने स्थान पनि सुरक्षित छैन। प्रहरीहरुका लागि क्वार्टर नहुँदा इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा समस्यामा बस्नुपरेपछि इटहरीमा समिति गठन भई केन्द्रमा पहल गरिएको समिति संयोजक रोहित प्रसाईले बताए ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।