Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

भिडियोमा अम्बर संगीत

(0 votes)
भिडियोमा अम्बर संगीत
काठमाडौं– समालोचक विक्रम सुब्बाले संगीतकार अम्बर गुरुङलाई पलायनवादी रचनाकर्मीको संज्ञा दिँदै भने, 'उहाँले आफू जे हुनुहुन्न, त्यो भएर गीत रच्नुभएको छ ।' शिल्पी थिएटरमा बिहीबार भएको अन्तत्र्रिmया कार्यक्रममा सुब्बाले गायिका झुमा लिम्बुको एल्बम 'अम्बर संगीत'को 'पहरामा फूल फुल्यो' गीतको सन्दर्भमा थपे, 'उहाँ पुरुष र पाको उमेरको हुनुहुन्छ, तर यसमा कलिली युवती भएर गीत रच्नुभएको छ ।'
nepalipatro-nagarik
सुब्बालाई जवाफ फर्काउँदै संगीतकार गुरुङले भने, 'सिर्जना गर्नका लागि उमेर, लिंग वा कुनै पनि परिवेशले छेक्दैन, सर्जक स्वतन्त्र हुन्छ र हुनुपर्छ ।' गुरुङले नेपाली लोकगीतलाई भारतीय शास्त्रीय संगीतसँग फ्युजन गर्दै नेपाली संगीतमा बेग्लै पहिचान बनाएको सुब्बाको टिप्पणी छ ।

गायिका झुमाले दुई वर्षअघि निकालेको एल्बम 'अम्बर संगीत'को 'पहरामा फूल फुल्यो' गीतको भिडियो बिहीबार कार्यक्रममा देखाइयो।

अमन अधिकारीद्वारा निर्देशित भिडियोमा अनुप बराल, निर्मला लिम्बु र किरण चाम्लिङले अभिनय गरेका छन् । एल्बमका गीतमध्ये सबैभन्दा सरल भएकाले यसैको भिडियो तयार पारिएको झुमाले बताइन् । अर्को भिडियोको निर्माण हुने नहुने कुनै एकिन नभएको उनले बताइन् ।

गीतको शब्द, संगीत, स्वर र भिडियोको भावबीच उत्कृष्ट तालमेल देखिएको सञ्चारकर्मी तथा फिल्म निर्देशक नारायण पुरीले बताए । अम्बर गुरुङको गीतमा अभिनय गर्न पाएकोमा आफूलाई गर्व लागेको अनुभव रंगकर्मी अनुप बरालले बताए । गीतलाई शुक्रबार युट्युबमा पनि सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।

सूचना प्रविधि कुम्भ मेला सुरु

सूचना प्रविधि कुम्भ मेला सुरु

काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स,...

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा...