1 Falgun, 2072 |
Menu

अर्थ

istl

मुलुकलाई पराधिन हुनबाट बचाउनु पर्छः सिटौला

  • बिहीबार २३ पुष, २०७२
  • दिलीप पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
बागलुङ–भारतको नाकाबन्दीपछि मुलुकभित्र राष्ट्रिय स्वाधिनताको बहस चलिरहँदा नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले मुलुकलाई पराधिन हुनबाट बचाउनु पर्ने बताएका छन्।
nepalipatro-nagarik
नेपाली कांग्रेस, बागलुङले बिहीबार बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिटौलाले राजनीतिक दल जिम्मेवार नहुने हो भने मुलुकको अस्तित्व संकटमा पर्ने बताए। 'संविधान जारी भएपछि पनि मुलुकमा संकट देखिएको छ,' सिटौलाले भने, 'मुलुकको अस्तित्व बचाउने जिम्मा दलहरुको काँधमा छ ।'

मुलुकमा देखिएको ध्रुविकरण रोक्नको लागि दलहरुबीच एकता आवश्यक भएको उनले बताए। 'संविधानको कार्यान्वयन पहिलो प्राथमिकता हुनुपर्छ,' उनले भने, 'अब आगामी दुई वर्ष भित्र सबै निर्वाचन गरेर मुलुकलाई नयाँ गति दिनुपर्छ।' महामन्त्री सिटौलाले कांग्रेस सत्तामा नभए पनि मुलुकको राजनीतिक बागडोरलाई सही दिसामा लग्नुपर्ने दायित्व रहेको उनले बताए। महाधिवेशनको पूर्व सध्यनमा आएका सिटौलाले आगामी निर्वाचत जित्ने गरी संगठन बिस्तार गर्न निर्देशन दिए। 'कांग्रेसले के गर्छ भनेर सत्तापक्षले हेरिरहेको छ,' उनले भने ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।