Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

(0 votes)
२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम
काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा तीनतारे स्तरको 'द अमादब्लम होटल' तयार भएपछि पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको हो। होटल अमादब्लम आगामी सोमबार (माघ १८) बाट सञ्चालनमा आउने भएको यसका व्यवस्थापकहरूले जानकारी दिएका छन्।

nepalipatr-april
एउटा प्रेसिडेन्सियल सुइट, चार सुइट डिलक्ससहित ६२ वटा डिलक्स कोठा रहेको होटल अमादब्लममा निजी कम्पनी 'हाम्रो इन्भेस्टमेन्ट प्रालि' ले २५ करोड रुपैयाँ लगानी गरेको हो। गौशालास्थित होटल इन्द्रेणी हिमालय बन्द भएपछि हाम्रो इन्भेस्टमेन्टले सोही होटल खरिद गरेर सञ्चालनमा ल्याउन लागेको हो।

हाम्रो इन्भेस्टमेन्टको अध्यक्षमा पर्यटन व्यवसायी विजय श्रेष्ठ छन् भने होटलको अध्यक्षमा नारायण जोशी छन्। यो कम्पनीले पोखरा र चितनवमा पनि होटल सञ्चालन गरिरहको छ।

'पाहुनालाई आवश्यक सम्पूर्ण सेवा–सुविधासहित द अमादब्लम होटल माघ १८ बाट सञ्चालनमा ल्याउँदै छौं,' होटलका वरिष्ठ बजार तथा बिक्री प्रबन्धक कमल क्षेत्रीले बिहीबार नागरिकसँग भने, 'सुरुवातमा २० देखि २५ कोठामा पाहुना भरिने आशा छ र त्यसपछि विस्तारै होटलले गति लिँदै जाने छ।'

उनका अनुसार १० तला अग्लो होटलको सातौं, आठौं र नवौं तलामा ६२ कोठा रहेका छन्। पाँचौं र छैठौं तलामा ब्यांक्वेट हल छ जसमा एकै पटक १ हजार २ सयजना अटाउन सक्छन्। चौथो तलामा कफी सप, रेस्टुरेन्टलगायत छन्। होटलमा फिटनेस सेन्टर, स्पाजस्ता सुविधा पनि उपलब्ध छन्।

त्यसैगरी 'सेन्ट्रल एयर कन्डिसन सिस्टम' रहेको होटलको सुइटमा लिभिङ रुम र मास्टर बेडरुम छन्। 'प्रतिरात प्रतिकोठा चारदेखि दस हजार रुपैयाँसम्ममा बिक्री गर्छौं,' उनले भने, 'यसमा दस प्रतिशत सेवा शुल्क र तेह्र प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) जोडिएको छैन।'

हाम्रो इन्भेस्टमेन्टले खरिद गर्नुअघिको होटल इन्द्रेणी हिमालय गत वैशाखमा आएको विनाशकारी भूकम्पको प्रभावपछि पर्यटक कम हुँदै गएका कारण असार २३ बाट औपचारिक रूपमा बन्द भएको थियो। त्यसपछि हाम्रो इन्भेस्टमेन्टले इन्द्रेणी खरिद गरेको थियो।

'हाम्रो स्वामित्वमा आएपछि होटललाई पूरै 'रिनोभेट' गर्यौंो,' बजार प्रबन्धक क्षेत्रीले भने, 'कोठादेखि भान्छासम्म सबैलाई नयाँ स्वरूपमा परिवर्तन गरेका छौं। नयाँ होटल, नयाँ लगानीकर्ता र नयाँ व्यवस्थापन भएपछि कर्मचारी पनि सबै नयाँ नियुक्त गरेका छौं।' तत्कालका लागि ३५ जनाजति नयाँ कर्मचारी नियुक्त गरिएको छ। अन्य कर्मचारी 'आउट सोर्सिङ' गरिने उनले बताए।

आगामी फेबु्रअरी महिनाका लागि केही कोठा बुकिङ भएको उनले जानकारी दिए।। मार्चबाट कोठा भराइ दर (अकुपेन्सी) उल्लेख्य दरमा पुग्ने उनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक रहेका कारण पर्यटक आकर्षित गर्न थप सहज हुने उनले बताए। पशुपतिनाथ मन्दिर पनि सँगै भएका कारण भारतीय पर्यटक पनि सम्भावित पाहुनाको सूचीमा रहेको उनले उल्लेख गरे।

भूकम्प र नाकाबन्दीपछि पर्यटन उद्योगले विस्तारै गति लिन थालेपछि भविष्य हेरेर होटल सञ्चालनमा ल्याउन लागिएको उनले बताए। 'सन् २०१७ बाट होटल तीव्र गतिल अगाडि बढ्ने विश्वास छ,' क्षेत्रीले भने, 'हामी विस्तारै तीनतारेबाट चारतारे स्तरमा जाने छौं।'

प्रतिक्रिया

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।

कहाँबाट ल्याउने युवा ?

कहाँबाट ल्याउने युवा ?

युवाकै काँधमा छ देश । युवाले नै हो बनाउने । निर्माण–पुनर्निर्माण, नवनिर्माणको जिम्मेवारी लिनुपर्ने आम युवाले नै हो । किनकि, युवाशक्ति नै राष्ट्रको मेरुदण्ड हो। सिंगो देश निर्माणको दायित्व लिनुपर्ने...