काठमाडौं, साउन १० (नागरिक)- नेपाली युवालाई युरोपेली मुलुक पोल्यान्डमा काम गर्न जाने बाटो खुलेको छ। वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई पोल्यान्ड कामदार पठाउन स्वीकृति दिएको छ। विभागले तीन कम्पनीलाई चार सय कामदार पठाउन स्वीकृति दिएको हो।
उनले भिसालगायत शुल्क स्पस्ट भएपछि स्वीकृति दिएको बताए। उनका अनुसार यसमा २ सय ५० जना महिला र १ सय ५० जना पुरुष कामदार छन्। श्रम तथा यातायात मन्त्रालयले झन्डै दुई महिनाअघि पोल्यान्ड कामदार पठाउन खुल्ला गरेको थियो। विभागका अनुसार व्यक्तिगत रुपमा गतवर्ष १ सय २१ नेपाली पोल्यान्ड गएका थिए। विभागले स्वीकृति दिएपछि संस्थागत रुपमा कामदार जान पाउने भएका हुन्।
पोल्यान्ड कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक हो। सन् २००४ को मे महिनामा यसले युरोपेली संघ (इयु)को सदस्यता पाएको हो। त्यहाँको प्रतिव्यक्ति आय १३ हजार ७ सय ९९ अमेरिकी डलर छ। त्यहाँ हालसम्म थाइल्यान्ड र युक्रेनका कामदार गइरहेका छन्।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



