Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
May 17th

आजदेखि थप एक घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

E-mail Print
(1 vote, average 3.00 out of 5)
काठमाडौँ, फागुन ११ (नागरिक)- नेपाल विद्युत प्राधिकरणले आज बिहीबारदेखि लागू हुने गरी सरदर दैनिक  एक घण्टाले लोडसेडिङ घटाई नयाँ तालिका लागू गरेको छ। कुलेखानी जलासयमा पानीको सञ्चिति बढेको र चुहावट नियन्त्रण प्रभावकारी भएको भन्दै लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ।
 यसअघि प्राधिकरणले फागुन १ गते लोडसेडिङ तालिका सार्वजनिक गरेको थियो। नयाँ तालिका अनुसार साताको ७५ घण्टा लोडसेडिङ हुनेछ।

नयाँ तालिका लागू भए पनि सर्वसाधारणले लोडसेडिङ घटेको खासै अनुभव भने गर्न पाउने छैनन्। अधिकांश एकाबिहानैको समयमा लोडसेडिङ घटाइएको छ। साँझ र रातिको पिक आवरमा लोडसेडिङको समय यथावत छ। 

अहिले बिजुलीको माग दैनिक एक करोड ४० लाख युनिट छ। यसमध्ये प्राधिकरणका विद्युतगृह, देशभित्रकै निजी विद्युतगृह र भारतबाट ९५ लाख युनिट आपूर्ति भइरहेको छ। बाँकी बिजुली पुर्‍याउन नसकिएको हुँदा लोडसेडिङ भएको ‍‍प्राधिकरण बताउँछ। 

गत वर्षायाममा पानी परेकोले कुलेखानीको ईन्द्र सरोवरमा प्रशस्त पानी जम्मा भएको थियो। त्यही पानी प्रयोग गरेर कुलेखानीबाट मात्र १५ लाख युनिट बिजुली उत्पादन भइरहेको छ। भारतबाट दैनिक २७ लाख युनिट आयात भइरहेको छ।

नयाँ तालिका-
प्रतिक्रियाहरू (1)Add Comment
0
thapa gumnam
February 23, 2012
124.41.235.59
भोट: +0
...

loadsheeding ko calender naaune din khaile hola ni

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ