Wednesday 22 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सहज बन्दै वीरगन्ज

(0 votes)
सहज बन्दै वीरगन्ज
वीरगन्ज–मधेस आन्दोलनको मुख्य केन्द्र बनेको वीरगन्जको जनजीवन आन्दोलन खुकुलो भएपछि सहज बन्दै गएको छ। आन्दोलनरत मधेसी दलले आन्दोलनलाई केही खुकुलो बनाएपछि वीरगन्ज र आसपासका आन्दोलन प्रभावित क्षेत्रमा जनजीवन अहिले सहज भएको हो।
nepalipatr-april
नारा जुलुससँगै हुलहुजज्जतमा बदलिने बन्दका कार्यक्रम केही दिनयता देखिएको छैन्। आन्दोलन खुकुलो भएपछि सर्वसाधारणले राहत महसुश भएको प्रतिक्रिया दिएका छन्। साउन ३१ देखि लागातार बन्दको समय जोड्दा साढे पाँच महिना नाघेको छ। बजार बन्द, हडताल र नाकाजामका कारण यस क्षेत्रको जनजीवन आक्रान्त थियो।

नाकबन्दीले सृजित अभावमा बाँचिरहेका सर्वसधारणलाई बन्दले दोहोरो मार परेको अवस्थामा आन्दोलन खुकुलो हुनुले राहत दिएको व्यावसायी धर्मनाथ साहले प्रतिक्रिया दिए। बन्द हड्ताले उब्जाएका विभिन्न किसिमका समस्याले ग्रसित भए पनि उद्योगधन्दा र व्यापारिक प्रतिष्ठानहरु संचालन हुन पाएपछि जनजीवन समान्य बन्दै गएको आभाष भएको यातायात व्यवसायि प्रमोद सिंहले बताए। शैक्षिक संस्थाहरु खुलेका छन्। यातायात चल्न थालेको छ। बजारमा पसलहरु खुल्न थालेपछि किनमेल गर्नेको चहल पहल देखिएको छ। 'स्थिति सहज भएको हो,' व्यवसायी साहले भने, 'हो पुरानो रौनक फर्किन बाँकी छ, समय लाग्ला, तर त्यसको लागि बन्द हड्तालको झमेला खतम हुनुपर्छ।'

वीरगन्जबाट २० किलोमिटर टाँढा सिमरा पुगेर मात्र बस चढ्न पाउने र त्यहाँसम्म पुग्न अनेक समस्या खेप्नु पर्ने अवस्था अब छैन्। वीरगन्जको घण्टाघरबाटै दिउँसोको यातायात र रात्रिबस उपलब्ध छन्। सडकमा मालवाहक गाडी पनि दौडिएका देखिन्छन्। स्थानीयलाई समस्या लामो समयदेखि परेपछि आन्दोलन खुकुलो बनाउन बाध्य भएको मोर्चाका नेताहरुको भनाइ छ। 'स्थानीय समस्यालाई हामीले नबुझे कसले बुझ्ने जनताले आन्दोलनलाई साँथ दिएकै हुन, सरकारले वास्ता नगरेपछि हामीले मानिसहरुको दैनिक जीवनमा सहज हुने गरी अगाडी बढेका छौं,' मोर्चा पर्साका संयुक्त जनपरिचालन समितिका संयोजक प्रदीप यादवले भने, 'आन्दोलन सकिएको भने होइन्।'

प्रतिक्रिया

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।