संघका अध्यक्ष प्रशान्त पोखरेलले भारतको एउटा ठूलो कम्पनीले तयारी पोशाक माग गरेको जानका दिए। 'भारतको एउटा ठूलो कम्पनीले पोशाक मागेको छ,' उनले भने, 'यो कम्पनीले मागेको अनुसार दिन सकेमा तीन वटा कम्पनी वर्षभरि चलिरहन्छ।' उनले अहिलेको अवस्थामा माग लिएर पछि पुयाउन नसके झन उद्योग समाप्त हुने बताए।
'बन्द, हड्ताल र श्रम समस्याको बारेमा प्रतिवद्धता आएपछि क्रेताले माग अनुसार पोशाक लिन सक्छौ,' पोखरेलले भने, 'यो नभएसम्म माग लिनपनि सकिदैन।' संघका अनुसार क्रेताले १ सय २० दिनमा तयारी पोसाक अमेरिका पठाउने शर्त राख्छन्। तर, नेपालमा हुने बन्द हडताल र श्रम समस्याका कारण समयमा सामान पठाउन सकिदैन। यहाँ कपडा बनाउन ४० दिन, ट्रान्जिट बस्न मात्र ३० दिन लाग्छ। मुलुकमा एक/ दुई दिन हड्ताल भए मात्र पनि समयमा तयारी पोसाक निकासी गर्न सकिदैन। क्रेताले मुलुक भित्र आन्दोलन र हड्ताल भए हवाई जहाजबाट सामान पठाउने शर्त राखेका हुन्छन्। हवाईजहाजबाट सामान पठाउँदा व्यवसायीले उल्टो घाटा व्योर्होनु पर्छ।
पानीजहाजबाट पठाउँदा एउटा हाफपाइन्टको ४० सेन्ट तिर्नुपर्छ भने त्यही सामान हवाईजहाजबाट पठाउँदा एक अमेरिकी डलर पर्छ। भौगोलिक बनावटले समेत नेपाल प्रतिस्पर्धी बन्न सकेको छैन। बंगलादेशबाट अमेरिकामा तयारीरी पोसाक ९० दिनमा पठाउन सकिन्छ। बंगलादेश समुन्द्रसँग जोडिएकोले छिटो सामान पठाउन सकिएको हो।
मुलुकको राजनीतिक अवस्थाले अमेरिकाका वालमार्ट, ग्याप,जेसेपेनी, चिल्ड्रेन प्यालेस, किड्स इन्टरनेशनल लगायतका ठूला क्रेता गुमाइसकेको छ। समयमा तयारी पोसाक पठाउन नसकेपछि तीन बर्ष अघि वालमार्टले नेपालबाट तयारी पोसाक लिन छाडेको थियो। नेपालबाट तयारी पोसाक लिने कम्पनी जेसीपेनी आन्तरिक कारणले समस्यामा परेपछि लिन छोडेको थियो। अमेकाकै अर्को कम्पनी चिल्ड्रेन प्यालेस र किड्स इन्टरनेशनलले नेपालबाट सामान लिन छाडेका छन्। यी सबै उद्योगले बार्षिक सरदर १ करोड अमेरिकी डलर बराबरको तयारी पोसाक किन्थे। यी कम्पनीको विश्वभरनै सञ्जाल थिए। तयारी पोशाकमा केही सुधारको संकेत समेत देखिएको छ।' जनवमा तयारी पोशाकको निकासी पुन सुरु भएको छ। जनवमा ८ लाख ८९ हजार ८ सय ४४ अमेरिकी डलर बराबरको तयारी पोशाक अमेरिका निकासी भएको छ। यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ७ लाख ६ हजार ९ सय ६४ डलर बराबरको पोशाक त्यसतर्फ निकासी भएको थियो।
'दुई महिनादेखि नगएको तयारी पोशाक एकैचोटी गएकोले वृद्धि देखिएको हो,' पाण्डेले भने, 'यो सुधारको संकेत होइन।' उनले अनुसार अमेरिकामा अहिले धेरै निकासीको अपेक्षा गर्न नसकिने बताए। अमेरिकामा कुनै समय १६ करोड अमेरिकी डलर बराबरको तयारी पोसाक निकासी हुन्थ्यो।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



