चुनाव हारेको झोकमा तोडफोड

smaller text tool iconmedium text tool iconlarger text tool icon
अमर खड्का, इटहरी, फागुन १६- चुनाव हारेको झोकमा एकीकृत माओवादी र कङ्ग्रेस समर्थित मजदुरले आइतबार सुनसरीको अमाहीबेलाहास्थित इस्टर्न सुगर मिल तोडफोड गरेका छन्। यी दुई सङ्गठनका मजदुरले ट्रेड युनियनको कार्यालय र मिल तोडफोड गरेका हुन्। मजदुरले व्यवस्थापन पक्षले एमाले समर्थित मजदुरलाई सहयोग गरेको भन्दै तोडफोड गरेको व्यवस्थपन पक्षले जनाएको छ। तोडफोडबाट कार्यालयको झ्याल–ढोकामा क्षति पुगेको छ। ती मजदुरले व्यवस्थापन पक्षविरुद्ध नाराबाजीसमेत गरेका थिए।

नेपाली कङ्ग्रेस समर्थित नेपाल कारखाना श्रमिक सङ्घ सुनसरीका अध्यक्ष ज्ञानचन्द्र चौधरीले नियमविपरीत मिलका सिनियर कर्मचारीले समेत मतदान गरेकाले आक्रोशमा आएका मजदुरले तोडफोड गरेको जानकारी दिए।

ट्रेड युनियन मजदुरको चुनावमा एमाले निकट स्वतन्त्र ट्रेड युनियन महासङ्घ १ सय ८८ मत ल्याएर विजयी भएको छ। चुनावमा कङ्ग्रेस समर्थित नेपाल कारखाना श्रमिक सङ्घले १ सय ३० र माओवादी समर्थित अखिल क्रान्तिकारी मजदुर सङ्घले ४९ मत ल्याएको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ