Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

रिक्साचालकलाई मालिक बनाइने

smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपालगन्ज, फागुन २३- बाँकेका सबै रिक्सा चालकलाई रिक्साको मालिक बनाउने योजनाअन्तर्गत यहाँ 'लघुवित्त कर्जा रिक्सा योजना' सञ्चालन गरिएको छ।

सरकारको 'युवा स्वरोजगार कार्यक्रम' अन्तर्गत अर्थ मन्त्रालय र किस्ट ब्याङ्कबीच भएको सम्झौता अनुरुप भाडामा रिक्सा चलाउने यस जिल्लाका रिक्सा चालकलाई १० हजारदेखि २० हजार रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ।

सो ब्याङ्कका कम्पनी सचिव बालकुमार पाण्डेका अनुसार अर्थ मन्त्रालयले रिक्सामा लगानी गर्न सो ब्याङ्कलाई वार्षिक सात प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।

रिक्सा खरिदका लागि रिक्सा चालकलाई ब्याङ्कले १२ प्रतिशत ब्याजदरमा लगानी गर्ने र नियमित ऋण किस्ता बुझाउने रिक्सा चालकलाई रिक्सा खरिद गर्न दिइएको कर्जाको ६० प्रतिशत ब्याज युवा स्वरोजगार कार्यक्रमले उपलव्ध गराउने सम्झौतामा उल्लेख भएको  सचिव पाण्डेले बताए।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer