Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

सोनीमा नेपाली कामदारको माग

smaller text tool iconmedium text tool iconlarger text tool icon
विज्ञान अधिकारी, काठमाडौं, फागुन २३ - मलेसियाको बहुराष्ट्रिय कम्पनी सोनी इलेक्ट्रोनिक्सले नेपालबाट एक सय महिला कामदार लिने भएको छ। फ्युजन इन्टरनेसनल र एसिएल म्यानपावरले यो माग ल्याएको हो।

विश्व आर्थिक मन्दीमा सुधार आएपछि मलेसियाको सोनीले दुई हजार महिला कामदार माग गरेको थियो। त्यसैमध्ये एक सय नेपालबाट लग्न खोजेको फ्युजनका प्रबन्ध निर्देशक कुमुद खनालले जानका दिए। कम्पनीमा भियतनामी र इन्डोनेसियाली महिलाले काम गरिरहेका छन्। ‘यसअन्तर्गत जाँदा कुनै शुल्क तिनुपर्दैन, पछि तलबमा कटाउन मिल्ने सुविधा छ,' उनले आइतबार नागरिकसँग भने, ‘वैदेशिक रोजगार विभागले यो माग स्वीकृत गरिसकेको छ।'

कम्पनीले यसअघि पनि सोनीमा महिला कामदार पठाएको थियो। मन्दीपछि माग आएको भने पहिलोपटक हो। मलेसियाको संस्थागत क्षेत्रमा पाँच हजार नेपाली महिला कार्यरत छन्। खनालका अनुसार महिला कामदारले मासिक ९ सय ४८ गिंट (२० हजार रुपैयाँ) तलब पाउँछन्।

आर्थिक सुधारतर्फ अघि बढिरहेको मलेसियामा पछिल्लो समय कामदारको माग बढिरहेको छ। मलेसियाले यही अप्रिल अन्तिम सातासम्म विभिन्न क्षेत्रमा एक लाख कामदार माग गरेको छ। यसमध्ये २० हजार गइसकेका छन्। अप्रिल अन्तिम साताभित्र ८० हजार कामदार पठाउन नसके कोटा सकिने खनालले बताए। यसअन्तर्गत औद्योगिक क्षेत्रमा बढी माग आएको छ। त्यसमध्ये इलेक्ट्रोनिक्स कम्पनी प्रमुख हुन्।

मलेसिया सरकारले बंगलादेशबाट कामदार लैजान बन्द गरेकाले नेपालीहरूको माग बढेको हो। वैदेशिक रोजगार विभागले दिने अन्तिम स्वीकृतिमा ६० प्रतिशत मलेसिया रहने गरेको छ। बंगलादेशीले मलेसिया गएर त्यहीँका नागरिकसँग बिहे ग बस्ने प्रवृति बढेपछि सन् २००८ देखि उनीहरूलाई लग्न बन्द गरिएको हो।
तर, माग आएअनुसार कामदार पठाउन नसकेको व्यवसायीहरू बताउँछन्। यसका लागि प्रशासनिक झन्झट सजिलो बनाउनुपर्ने र आपसमा सहकार्य हुनुपर्ने उनीहरूको धारणा छ। ‘अहिलेको बेरोजगा समस्या हटाएर मलेसियामा बढी कामदार पठाउन सबैको सहकार्य जरु छ,' उनले भने, ‘यसबाट मात्र यो अवसर सदुपयोग गर्न सकिन्छ।' मलेसिया मात्र कामदार पठाउने कम्पनी झन्डै ४० छन्।

सन् २००८ मा विश्व आर्थिक मन्दीको शिकार भएपछि मलेसियाको रोजगार बजार प्रभावित भएको थियो। अघिल्लो वर्ष नेपालले २५ हजार कामदारको मात्र कोटा पायो। गत वर्ष ३५ हजार ७० जना नेपाली काम गर्न मलेसिया गएका थिए। त्यसअघि यो संख्या ५० हजार ५ सय ५४ थियो।

मन्दीको प्रभाव कम हुन थालेपछि मलेसियामा फेरि उत्पादनमूलक उद्योगहरूले उत्पादन बढाउन थालेका छन्। यसले रोजगार बजार फस्टाएको छ। अहिले आएको एक लाख नेपाली कामदारको माग त्यसैको प्रभाव हो।

मलेसियामा नेपालीका लागि चार फाइदा छन् - नेपालको जस्तै हावापानी, स्वतन्त्रता, नेपाललाई सद्भाव राख्ने मुलुक र अदक्षले पनि सजिलै काम पाउने। यहाँ विश्वभरका बहुराष्ट्रिय कम्पनीले उद्योग खोलेका छन्। मन्दीका बेला यी उद्योगले उत्पादन कटौती गरेका थिए। मलेसिया सरकारले समेत उत्पादनमूलक क्षेत्रमा विदेशी कामदार नलिने घोषणा गरेको थियो।


बंगलादेशी कामदारका लागि दबाब
आर्थिक सुधारसँगै कामदारको माग उच्च भएपछि मलेसियामा बंगलादेशी कामदारको प्रवेश खुला गर्नुपर्ने दबाब बढ्न थालेको छ। कामदार पठाउन इजाजत पाइरहेका नेपाल, भियतनाम र इन्डोनेसियाले मागअनुरुप पठाउन नसकेपछि बंगलादेशीलाई पनि अनुमति दिनुपर्ने त्यहाँका व्यवसायीले बताएका हुन्।
मलेसियामा नोभेम्बरमा निर्वाचन हुँदैछ। निर्वाचनको समय व्यवसायीका तर्फबाट यो दबाब अझ बढ्नसक्ने अनुमान गरिएको छ। बंगलादेशी कामदार खुला भए नेपालीलाई प्रतिस्पर्धा गर्न गाह्रो हुने यहाँका व्यवसायी बताउँछन्। बंगलादेशी कामदार तुलनात्मक सस्ता मानिन्छन्। ‘बंगलादेशबाट कामदार लिन सुरु भए हामी फेरि संकटमा पर्छौं,' खनालले भने, ‘त्यसैले कामदार पठाउन सबैले प्रयास गर्नुपर्छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer