Wednesday 27 Magh, 2072 |
Menu

अर्थ

istl

जोगवनी नाकाबाट १९३ ट्याङकर इन्धन भित्रियो

  • आइतबार २९ कार्तिक, २०७२
  • विनोद सुवेदी
  • DISQUS_COMMENTS
(0 votes)
जोगवनी नाकाबाट १९३ ट्याङकर इन्धन भित्रियो
विराटनगर-जोगवनी नाकाबाट ५ दिनमा १ सय ९३ ट्याङकर इन्धन भित्रिएको छ । बिहार विधानसभाको चुनाव देखि एक साता इन्धन आयात ठप्प रहेको जोगवनी नाकाबाट बुधबार देखि आइतबार दिउँसो सम्ममा १ सय ९३ ट्याङकर इन्धन नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।


nepalipatro-nagarik
पछिल्ला ५ दिनमा जोगवनी नाकाबाट १ सय २० ट्याङकर डिजेल,५० ट्याङकर पेट्रोल र २५ बुलेट ग्याँस भित्रिएको विराटनगर भन्सारका अधिकृत राजेन्द्र ढुङगानाले जानकारी दिए । उनका अनुसार जोगवनी नाकामा आन्दोलनकारीका तर्फबाट कुनै अबरोध नभएकाले इन्धन र औद्योगिक कच्चापदार्थका ट्रकहरू पनि धमाधम भित्रिरहेका छन् । आइतबार दिउँसो सम्ममा २७ ट्याङकर इन्धन भित्रिएको भन्सार कार्यालयले जनाएको छ । नेपालललाई अघोषित नाकाबन्दी गर्दै आएको भारतले जोगवनी नाका केहि खुकुलो पार्ने र केहि दिन कडाइ गर्दै आयात ठप्प पार्दै आएको छ । नेपालबाट भारततर्फ जाने खाली ट्रक र ट्याङकरहरूलाई भने भारतीय पक्षले अबरोध गरेको छैन ।

प्रतिक्रिया

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...