Friday 29 Magh, 2072 |
Menu

अर्थ

istl

नाकाबन्दी गर्नु अपराध: उपप्रम थापा

(0 votes)
हेटौँडा-पप्रधानमन्त्री कमल थापाले मुलुकको राजनीतिक दलको नेतृत्व नागरिक समाज र सरकारले भारतीय सरकारविरुद्ध कुनै कार्य नगरेकाले सीमामा नाकाबन्दी गर्न अपराध गरेको बताएका छन्।


nepalipatro-nagarik
उपप्रधानमन्त्री थापालाई मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा उनको सम्मानमा आयोजित स्वागत एवम् अभिनन्दन समारोहलाई सम्बोधन गर्दै विनाकारण नेपाली जनतामा भारत सरकारले प्रतिशोध राख्दै सीमामा नाकाबन्दी गर्नु कूटनीतिक हस्तक्षेप भएके बताए ।

लामो समयदेखि भारतमा मात्रै एकतर्फी पारवहन सन्धि गर्नाले अहिले नेपालीमा धोका भोग्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले अब सरकारले विभिन्न राष्ट्रमा पारवहन सुविधाको सन्धि गरेर समस्त नेपालीलाई अब छिट्टै नाकाबन्दीबाट मुक्त पार्न सरकारले नयाँ कदम चाल्न लागेको बताए।

उनले तराई केन्द्रित दलहरुले आफ्नो दलगत स्वार्थ त्यागेर पूरा गर्न सकिने मागलाई राजनीतिक सहमतिका माध्यमबाट कुरा गर्न सरकार तत्पर रहेके बताए। यसैगरी उपप्रधानमन्त्री थापाले राप्रपा नेपालको सैद्धान्तिक पक्ष र आदर्शलाई कुनै आँच नपु¥याई राष्ट्रमा प्रजातान्त्रिक र राष्ट्रियतालाई बलियो तुल्याउन पार्टी सरकारमा प्रवेश गरेको बताए।

उनले आज राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सङ्गठनलाई दरिलो बनाउन कार्यकर्ता घरदैलो अभियानमा संलग्न हुनुपर्ने बताए । उपप्रधानमन्त्री थापाले मकवानपुर उद्योग वाणिज्य सङ्घका संस्थापक पूर्वअध्यक्ष रामकृष्ण गोर्खाली र नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कुशकुमार जोशीलाई दोसल्ला ओढाइ अभिनन्दन गरे। रासस

प्रतिक्रिया

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...