Monday 25 Magh, 2072 |
Menu

अर्थ

istl

फिफाद्वारा गणेश थापा भ्रष्ट्राचारी ठहर, १० वर्ष प्रतिबन्ध र २१ लाख जरिवानाको निर्णय

(0 votes)
फिफाद्वारा गणेश थापा भ्रष्ट्राचारी ठहर, १० वर्ष प्रतिबन्ध र २१ लाख जरिवानाको निर्णय
काठमाडौं— अखिल नेपाल फुटलब संघ (एन्फा) का विवादास्पद अध्यक्ष गणेश थापा भ्रस्ट्रचारमा संलग्न भएको पुष्टि गर्दै विश्व फुटबलको सर्वोच्च संस्था फिाफाले दश वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
nepalipatro-nagarik

सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समिति र एसियल फुटबल कन्फेडेरेसन (एएफसी) को चुनाबमा थापाले पारिवारिक लाभ पुग्ने गरी घुस लिइ भ्रस्ट्राचार गरेकाे आचार संहितासम्बन्धी कमिटीले ठहर गरेको हो।

फिफाको विधानविरुद्ध घुस लिएको पुष्टि भएसँगै थापालाई २० हजार स्विस फ्र्याङ्क (करिब २१ लाख रूपैयाँ) जरिवाना गर्ने निर्णय पनि भएको छ।

फिफाको अनुशासन समिति प्रमुख कर्नेल बब्र्लीद्वारा गठित छानवीन समितिले थापामाथि कारवाही निर्णय गरेको हो।

थापाले भ्रस्ट्राचार गरी अकुत सम्पत्ति कमाएको विषय चर्चामा आइरहेकै बेला गत भदौ १३ गते राप्रपा नेपालले उनलाई संसद सदस्यमा नियुक्ति गरेको थियो। गणेश राप्रपा नेपालका अध्यक्ष कमल थापाका आफ्नै भाई हुन्।

यसअघि संसदको सार्वजनिक लेखा समितिले गणेश थापाले ५८ कराेड रूपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएकाे थियो। संसदीय समितिले एन्फा अध्यक्ष थापाले अनियमितता गरेकाे ठहर गरे पनि लोकमान सिंह कार्की प्रमुख आयुक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अनुसन्धान राेक्ने निर्णय गरेकाे थियो।

थापाविरूद्ध अख्तियारले अनुसन्धान नगर्नुमा थापा—कार्कीबीचको व्यक्तिगत पारिवारिक सम्बन्धलाई कतिपयले कारण ठान्ने गरेका छन्। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा कमल थापा गृहमन्त्री थिए भने कार्की सोही सरकारका मुख्य सचिव थिए।

प्रतिक्रिया

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।