25 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सङ्गीत साधना प्रतिष्ठान नेपालकै उदाहरणीयः मन्त्री सुब्बा

(0 votes)
सङ्गीत साधना प्रतिष्ठान नेपालकै उदाहरणीयः मन्त्री सुब्बा
इटहरी–भूमिसुधार मन्त्री रामकुमार सुब्बा इटहरीका पूराना कलाकारको सूचीमा पर्छन्। जीवनभर राजनीतिमा सक्रिय उनले युवा पुस्तालाई सधैभरी समाजको विकासका लागि कला र संस्कृतिलाई नछाडन सन्देश दिदैं आएका छन्।
nepalipatr-april
उनले मन्त्री भएपछि पहिलोपटक सात करोडको लागतमा इटहरीमा निर्माण थालिएको सङ्गीत साधना प्रतिष्ठानको सोमबार स्थलगत अवलोकन गर्ने क्रममा युवा पिढीलाई भने, 'हाम्रो कला–संस्कृतिलाई जोगाउन हाम्रो पुरानो पुस्ताले देखाएको बाटो अब तिमीहरुले अनुसरण गर्नुपर्छ।'

तीनवटा ब्लकमा निर्माण गरिने प्रतिष्ठानले निर्माण थालिएको पहिलो शिक्षालय ब्लकको सोमबार मन्त्री सुब्बाले अवलोकन गरेपछि युवा पुस्ताले सही बाटो अंगालेमा निर्माणधीन संगीत साधना प्रतिष्ठान नेपालकै नमूना हुने बताए। 'नेपाली कला संस्कृतिको लोप भइरहेको समयमा इटहरीका युवा पुस्ता सक्रिय भएर लागेर संगीत प्रतिष्ठान निर्माण नेपालकै निमित उदाहरणीय र अनुकरणीय हुनेछ,' उनले भने ।

दस कट्ठा क्षेत्रफलमा सङ्गीतको अध्ययन–अध्यापन, अनुसन्धान र अन्वेषणको काम गर्ने उद्देश्य राखेर निर्माण थालिएको शिक्षालय भवन निर्माणका लागि कुल दुई करोड ७५ लाख रुपैयाँ लाग्नेछ। भवन निर्माणका लागि सरकारी स्तरबाट सक्दो सहयोग गर्ने पनि मन्त्री सुब्बाले वचन दिए। अहिले निर्माणधीन शिक्षालय उपमहानगरपालिकाले प्रदान गरेको ४० लाख र जनस्तरबाट संकलन भएको बाँकी रकमले काम भइरहेको प्रतिष्ठानका महासचिब राजु केसीले जानकारी दिए ।

इटहरी वडा नं. २ मा निर्माणधीन प्रतिष्ठानको दोस्रो ब्लकमा सस्कृति– सम्पदा सग्राहलय हुनेछ। तेस्रो ब्लकमा झन्डै चार जना अटने क्षमताको सुविधासम्पन्न सङ्गीत गृह हुनेछ ।

भवन निर्माणको थालनीसँगै पूर्वमै पहिलोपटक सङ्गीतको विश्वविद्यालयस्तरीय औपचारिक शिक्षा अभियान थाल्नीको सूरुवात हुनेछ। अहिले स्नातक तहमा मात्र संगीतको पढाई हुने गरेपनि नयाँ पाठ्यक्रम डिजाईन गरी प्लस टु देखि नै पढाई सुरु गर्न दबाबका कार्यक्रमम पनि थालिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान निर्माणका लागि 'सङ्गीत प्रतिष्ठान निर्माण एक इट्टा अभियान' पनि चलिरहेको छ । यही अभियानका क्रममा तीस लाख भन्दा बढी रकम संकलन भइसकेको अध्यक्ष मणीराम गुरुङ्ले बताए । सहयोग गर्नेको सङ्ख्या बढ्दो छ ।

भवन बाहेक प्रतिष्ठानको अहिलेसम्म ५० लाखको काम पूरा भएको छ। पूर्वधार निर्माण र कम्पान्ड घेराबेरा गर्ने काम पुरा भएको हो ।

प्रतिक्रिया

खाडीको घरेलु काममा महिला जान पाउने

खाडीको घरेलु काममा महिला जान पाउने

काठमाडौं- खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीबार श्रम तथा रोजगार मन्त्रालयले...

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...