Thursday 23 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

(0 votes)
परासी-इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन्।
nepalipatr-april
भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा राखी पम्पबाटै चर्को मूल्यमा पेट्रोल र डिजेलको बिक्री वितरण गरी कालोबजारी गर्दै आएका हुन्। विशेष गरी नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थको कालोबजारी गरेका छन् । पम्पबाट सोझै पेट्रोल वा डिजेलको खुलेआम कालोबजारी हुँदासमेत प्रहरी प्रशासन मौन छ ।

देशभरि नै पेट्रोलियम पदार्थको हाहाकारसँगै जिल्लाको दक्षिणी क्षेत्रको गोपीगन्ज, सेमरीलगायतका अधिकांश दक्षिण क्षेत्रका पेट्रोल पम्पले चरम मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका हुन्। अझ यस्तो पेट्रोल वा डिजेलको कालोबजारी गर्ने कार्यमा पेट्रोलियम पदार्थ बोक्ने निजी ट्याङ्करसमेत प्रयोग गरिएको छ। यसरी पेट्रोलपम्पले प्रतिलिटर पेट्रोल रु ३०० र डिजेल रु २०० मा कालोबजारीमार्फत बाहिर जिल्लामा पठाउने गरेका छन् ।

पेट्रोल वा डिजेललाई खुलेआम पम्पबाटै प्रहरीको अगाडि पेट्रोलियम पदार्थको कालोबजारी गरी पेट्रोलियम पदार्थलाई महँगो मूल्यमा काठमाडौँ, चितवन, पोखरा, बुटवललगायतका क्षेत्रमा पठाउने गरेका हुन्।

यसबारे पश्चिमाञ्चल डिलर एसोसिएसनका अध्यक्ष प्रेमनारायण पङ्गेनीले जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश पेट्रोल पम्पले खुलेआम पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी गरेको स्वीकार गरेका छन्। उनले भने-"प्रहरी प्रशासन यसबारे मौन बसेपछि केही पेट्रोल पम्पले कालोबजारी गर्दै आएका छन् ।" अहिले दैनिक करिब १० हजार लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याएर नवलपरासी हुँदै जिल्लाभित्र र बाहिर पठाउने काम हुँदै आए पनि प्रहरी प्रशासन पूर्ण रुपमा मुकदर्शक बनेको छ । रासस

प्रतिक्रिया

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...