Monday 20 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

तीन लाख लिटर बढी इन्धन वितरण

(0 votes)
काठमाडौँ-नेपाल आयल निगमले आज तीन लाख ३६ हजार लिटर पेट्रोलियम पदार्थ काठमाडौँ उपत्यकासहित नौवटा जिल्लामा वितरण गरेको छ। विभिन्न नाकाबाट भित्रिएका इन्धनलाई समानुपातिक प्रणालीका आधारमा वितरण गर्ने योजनाअनुसार सो परिमाणको इन्धन वितरण गरिएको हो।
nepalipatr-april
आज वितरण गरिएको इन्धनमध्ये दुई लाख ९१ हजार लिटर डिजेल र ४५ हजार लिटर पेट्रोल रहेको छ । सो परिमाणमा होटल तथा कूटनीतिक नियोगलाई वितरण गरिएको इन्धन भने समावेश गरिएको छैन।पछिल्लो दिनमा वीरगन्ज नाकाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आउने क्रम बढेको छ । कुल आयातको ७० प्रतिशतभन्दा बढी इन्धन सोही नाका भएर आउने गरेको थियो। अन्य नाकाबाट जति परिमाणका इन्धन आए पनि त्यसले मुलुकको कूल मागलाई सम्बोधन गर्न सक्दैन ।

सामान्य अवस्थामा निगमको थानकोट डिपोले पाँच लाख ५० हजार लिटर डिजेल र तीन लाख ५० हजार लिटर पेट्रोल दैनिक बिक्री गर्दै आएको थियो । तर पछिल्लो अवस्थामा इन्धन आयात नै कम भएपछि सो डिपोबाट आधा परिमाण पनि बिक्री गर्न नसकिएको निगमका थानकोट डिपो प्रमुख रविन शर्माले राससलाई जानकारी दिए।

सो डिपोले चीनबाट अनुदानमा ल्याइएको पेट्रोलसमेत गरी गत कात्तिक महिनामा दैनिक औसत दुई लाख २९ हजार लिटर डिजेल र ७० लिटर पेट्रोल बिक्री गरेको थियो। गत कात्तिकमा ७२ लाख ७२० लिटर डिजेल, ६८ लाख ५८ हजार पेट्रोल बिक्री गरेको डिपो प्रमुख शर्माले बताए।

उहाँका अनुसार चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोलमध्ये यही मङ्सिर ४ गतेसम्म ल्याइसक्ने निगमको तयारी छ । हालसम्म सात लाख लिटर पेट्रोल ल्याइसकिएको र बाँकी रहेको छ लाख लिटर आयात गर्न बाँकी छ । रासस

प्रतिक्रिया

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...