Wednesday 27 Magh, 2072 |
Menu

अर्थ

istl

जिल्ला टुक्राउन खोजेको भन्दै विराटनगरमा विरोध

  • बुधबार २ मंसिर, २०७२
  • विनोद सुवेदी
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर–झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर १ बाट टुक्राउन खोजेको भन्दै विराटनगरमा बिरोध सुरु भएको छ। बृहत नागरिक समाज विराटनगरले आज विराटनगरको महेन्द्र चोकबाट जिल्ला टुक्राउन खोजेको भन्दै विरोध र्याली निकाल्ने तयारी गरेको छ।
nepalipatro-nagarik

नागरिक समाजको अगुवाइमा बुद्धिजिवी,शिक्षक, विद्यार्थी, र विभिन्न राजनितीक दलका कार्यकर्ताहरू विरोध सभामा सहभागि हुन महेन्द्र चोकमा भेला भएका छन्। महेन्द्र चोकबाट सुरु भएको र्याली नगरका विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर टुङ्गिने छ ।

र्याली पछि जिल्ला नटुक्राउन मागसहितको ज्ञापनपत्र मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउन लागिएको नागरिक समाजले जनाएको छ। झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर २ मा राख्न माग गर्दै मधेसी मोर्चा तीन महिनादेखि आन्दोलनमा छ । सरकार र मोर्चाबीच बुधबार हुने वार्तमा झापा,मोरङ र सुनसरीको केही क्षेत्रलाई प्रदेश नम्बर २ मा राख्ने आँकलन गिरिएको छ ।

प्रतिक्रिया

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...