25 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सबैले गरौँ आत्मसमीक्षा

  • बिहीबार ३ मंसिर, २०७२
  • ढाकाराम सापकोटा
  • Be the first to comment!
(0 votes)
भारतले लगाएको नाकाबन्दीले देशको अर्थतन्त्र क्षत्विक्षत् पारेको छ । जसको प्रभाव दशकांंैसम्म पर्नेमा कुनै द्विविधा रहेन । छिमेकी मुलुकको व्यवहारबाट जुनखालको नियति भोग्न नेपाली जनता बाध्य भए त्यो कुनै अनौठो व्यवहार थिएन । विगतमा पनि त्यसखालका नियति भोगेकै हो । तर ती सब कुरा बिर्सेर शासकहरू सत्तामा रमाए । राज्यका कलकारखाना बिक्री गरेर आएको कमिसनले बङ्गला ठड्याए । उद्योग कलकारखाना खोल्नेहरू कतिपय सडकमा पुगे, राजनीतिक दल र तिनका नेताहरू देशभन्दा माथि भए । राष्ट्रियता र स्वाभिमान कुन चराको नाम हो तिनलाई पत्तो हुन छाड्यो । शासकको सिको अरुले पनि गर्न थाले । काम गरेर खानभन्दा दलाल बन्दा सजिलो भयो । भोलिका लागि होइन, आजै मोज गर्नुपर्छ भन्ने मनोविज्ञानले काम गर्न थाल्यो ।
nepalipatr-april
सायद संसारमा नेपालका नेतामात्र त्यस्ता थिए जसले गल्ती गरे पनि कहिल्यै गल्ती गरेको भनेर स्वीकार्न सकेनन् । त्यसो हुनुमा जनताले नेतालाई बढी विश्वास गर्नु र गलतलाई गलत भन्न नसक्नु नै हो । हालै राज्यका तर्फबाट नागरिकका नाममा भएको सम्बोधन सम्भवतः नेपालको इतिहासमा पहिलो पटक हुनुपर्छ शासकको चिन्तनका कारण राज्यले भोग्नुपरेको समस्याबारे स्पष्ट धारणा आएको छ । आज केही नेताका आँखा खुलेको हो कि भन्ने सङ्केत देखिन थालेको छ । अब आशा गरौँ, आँखा खुलेको हो भने व्यवहार पनि त्यसै किसिमको हुनेछ । शासनसत्ता धेरै बदलिए । वर्ष वर्ष दिनमा शासक फेरिए । जनतालाई खासै प्रभाव परेन । देशको वर्तमान जटिल परिस्थितिमा पनि केही राजनीतिक दल र तिनका नेता त्यसैमा रमाएका छन् भने केहीले विगतदेखि गल्ती गर्दै आएकोमा प्रायश्चित गर्दैछन् । त्यसरी प्रायश्चित गर्नेमा वर्तमान सरकारको नेतृत्व गरेका केपी ओली अग्रस्थानमा छन् । नेताहरू विगतका गल्तीले आज देशले यो दुर्गति भोग्नुप¥यो भन्दै आत्मसमीक्षा गर्छन् भने त्यस्ता नेतालाई साथ दिँदै नागरिक स्वयम्ले पनि आत्मसमीक्षा गर्न आवश्यक छ ।

आफैँ उत्पादन गर्न नसक्ने इन्धन, ग्यास नपाउँदा चिन्तित हुनु स्वाभाविक भए पनि गोलभेडा आलु, प्याज धनियाँ, लसुन नआउँदा मरेतुल्य हुनु विडम्बनापूर्ण हो । गाई नपाल्ने, गोबर नफाल्ने, घाँस नकाट्ने तर गाईको शुद्ध दूधचाहिँ खानुपर्ने भएपछि स्वाभिमान खोजेर पाइन्छ ? संसारमा कुनै पनि देश त्यहाँका जनताले परिश्रम नगरिकन विकसित भएको इतिहास छैन । स्वाभिमानका लागि मेहनत अनिवार्य वस्तु हो तर पाखुरावाला सन्तानलाई साउदी अरवमा भेडा चराउन पठाउने, आफ्नो जमिन बाँझै राख्ने, बाख्रापाठा, गाई भैसी पाल्न छाड्ने, विदेशी भूमिमा पसिना बगाउँदै कमाएको दुई चार पैसा बचाउनुभन्दा त्यसैले प्याज, लसुन, धनिया, गोलभेडा किनेर खाँदा सुख अनुभूति गर्न थालियो । धोका यहीँनेर भयो । राष्ट्र स्वाभिमान हुन पहिला त्यो देशका नागरिक स्वाभिमानी हुनुपर्छ । जतिबेला आफ्नो जमिन बाँझो राख्दै भारतबाट आएका तरकारी, अन्नपात किनेर खाँदा सुखी भएको अनुभूति गरियो त्यो सुख होइन, त्यहाँभित्र पराधीनता छ । भारतले लगाएको नाकाबन्दी र त्यसले पु¥याएको प्रभाव यही पराधीनताको परिणाम हो ।

प्रत्येक नेपालीले आत्मसमीक्षा गरौँ त हामीले देशका लागि के ग¥यौमात्र होइन, स्वयम् पराधीन बनिरहँदा किन खुसी भयौँ । र, अहिले चित्कार गर्दैछौँ ? यो चित्कार स्वाभिमानका लागि कि पुनः परनिर्भरताका लागि ? सोचांैँ, दलाल बनेर, भ्रष्टाचार गरेर, तस्करी गरेर पैसा कमाउन सकिएला तर स्वाभिमानी बन्न सकिँदैन भन्ने प्रष्ट भएको छ । यदि स्वाभिमानी बन्ने र चित्कारबाट मुक्त हुन चाहने हो भने प्रत्येक व्यक्ति जो जुन धरातलमा छ, त्यहीँबाट शारीरिक वा मानसिक जे गर्न सकिन्छ कम्तीमा आठ घण्टा काम गर्ने प्रण गरौँ । परिश्रमीमात्र स्वाभिमानी बन्न सक्छ । एक पटक सबैले आत्मसमीक्षा पक्कै गरौँ ।

उपप्राध्यापक, रत्नराज्य क्याम्पस

प्रतिक्रिया

खाडीको घरेलु काममा महिला जान पाउने

खाडीको घरेलु काममा महिला जान पाउने

काठमाडौं- खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीबार श्रम तथा रोजगार मन्त्रालयले...

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...