Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

औषधि बोकेका तीन सय गाडी नाकामा रोकिए, मुटु औषधिको चरम अभाव

(0 votes)
वीरगन्ज—मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौंको संख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन्।
nepalipatr-april
औषधिको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव समेत हुन थालेको छ। भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थ लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् ।

औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, स्लाइन तथा हृदयाघात हु"दा प्रयोग हुने औषधि तथा अक्सिजनको अभाव भएको व्यवसायी बताउ"छन् ।

'नेपालका लागि आयात गरिएका ३०० भन्दा बढी औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका ट्रक सीमावर्ती भारतीय सहर रक्सौलमा थन्किएका छन्, नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेवालले भने, 'औषधिजस्तो अत्यावश्यक जीवन रक्षक वस्तु लामो समयसम्म सीमा क्षेत्रमा रोकिँदा असमान तापक्रमका कारण गुणस्तरमा समस्या आउन सक्ने हुँदा यसतर्फ सबै पक्ष अत्यन्त संवेदनशील हुनुपर्छ।'

मानवीय जीवनका लागि अतिआवश्यक पर्ने औषधि बोकेको ट्रक नेपाल भित्रिन नसक्नु ज्यादै दुःखद अवस्था हो भन्दै उपाध्यक्ष खण्डेवालले तीन महिनादेखि रक्सौलमै थन्किएका औषधि बिग्रने सम्भावना उच्च रहेकाले आयात गरिएका केही ट्रकको औषधि रक्सौलमै गोदाम भाडामा लिएर राख्नुपर्ने बाध्यता रहेको बताए।

भारत र तेस्रो मुलुकबाट आयातीत अधिकांश औषधि वीरगन्ज भन्सार नाका हुँदै नेपाल भित्र्याउने गरिन्छ। 'आयातीत सामान बन्दका कारण लामो समयसम्म सीमापारि नै थन्किएकाले औषधि उद्योगका लागि चाहिने आवश्यक कच्चा पदार्थ र इन्धनको अभावले उद्योग कलकारखानासमेत सञ्चालन हुन सकेको छैन', खण्डेवालले भने 'औषधिजन्य कच्चा पदार्थ सीमावर्ती भारतीय नाकामा रोकिँदा वीरगन्ज पथलैया औद्योगिक करिडोरका अधिकांश औषधि उद्योगको उत्पादनसमेत ठप्प भएको छ, औषधि उत्पादन ठप्प हुँदा उद्योगी, व्यवसायीका साथै आमउपभोक्ता पनि मारमा परेका छन्।'

सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिएमा औषधि अभाव हुन नदिने जिकिर औषधि उद्योग सञ्चालकको छ। 'औषधि उद्योगलाई प्राथमिकताका आधारमा इन्धन उपलब्ध गराउनुपर्छ', नेपाल फर्मास्युटिकल्स प्रालिका सञ्चालक अरविन्द अमात्यले भने, 'अहिले उद्योगी–व्यापारी दोहोरो मारमा परिरहेको हुँदा सरकारले तत्काल बाटोमा उठेका समस्याको सामाधान खोजी मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ।'

सञ्चालक अमात्यले औषधिको अभावमा तत्कालै कुनै पनि नेपालीले मर्नुपर्ने अवस्था भने नरहेको बताए।

नेपालमा स्लाइन, एन्टिबायोटिक, सोडा बायो कार्बोनेट, पोटासियम क्लोराइड, एट्रोमिन तथा सुईजन्य औषधिको भण्डारणमा कमी देखिएको चिकित्सकको भनाइ छ। नेपालमा वार्षिक करिब रु ३५ अर्ब मूल्य बराबरका औषधि भारत र तेस्रो मुलुकबाट आयात भइरहेको नेपाल औषधि व्यवसायी महासङ्घले जनाएको छ।

शल्यक्रिया र मुटु रोगका औषधिको चरम अभाव

महासङ्घका अनुसार विदेशबाट आयातीत औषधिमध्ये ५५ प्रतिशत औषधि भारतबाटै आउने गरेका छन्। भारतबाट आयात हुने भारतीय उत्पादनका औषधि तीन महिनादेखि पूर्ण रुपले रोकिएको बताउँदै खण्डेवालले औषधि आयात हुन नसक्दा अहिले शल्यक्रिया र मुटुरोगसम्बन्धी औषधिको चरम अभाव मुलुकमा देखिन थालेको उल्लेख गरे।

भारतबाट आयात हुने औषधिमध्ये रु १२ अर्ब मूल्य बराबरका औषधिजन्य शल्यक्रियासम्बन्धी सामान मात्र नेपाल भित्रिने गरेका छन् । स्वदेशी उत्पादनले कुल मागको ४० प्रतिशत मात्र औषधि उत्पादन गर्न सकेको बताइएको छ । रासस

प्रतिक्रिया

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।

कहाँबाट ल्याउने युवा ?

कहाँबाट ल्याउने युवा ?

युवाकै काँधमा छ देश । युवाले नै हो बनाउने । निर्माण–पुनर्निर्माण, नवनिर्माणको जिम्मेवारी लिनुपर्ने आम युवाले नै हो । किनकि, युवाशक्ति नै राष्ट्रको मेरुदण्ड हो। सिंगो देश निर्माणको दायित्व लिनुपर्ने...