Friday 29 Magh, 2072 |
Menu

अर्थ

istl

तीन वर्षपछि सुन्तला उत्पादन बढ्यो

(0 votes)
तीन वर्षपछि सुन्तला उत्पादन बढ्यो
गोरखा- सुन्तलाका लागि प्रख्यात जिल्ला गोरखामा तीन वर्षपछि यसपल्ट उत्पादन बढ्ने अनुमान छ। जिल्ला कृषि विकास कार्यालयले यस वर्ष सुन्तला उत्पादन १०–१२ प्रतिशत वृद्धि हुने अनुमान गरेको हो।
nepalipatro-nagarik
सुन्तला उत्पादनको पकेट क्षेत्र मनकामना, ताङलीचोक, देउरालीलगायत गाविसमा सुन्तला उत्पादन बढेकाले गोरखामा उत्पादन वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत विरेन्द्र धितालले बताए। सुन्तलाका बगैँचा मर्दै जान थालेपछि खेती नै छाड्ने अवस्थामा पुगेका किसान यस वर्ष उत्पादन बढेपछि उत्साहित भएका छन्।

उत्पादनसँगै यस वर्ष सुन्तलाको मूल्य पनि बढेको छ। किसानले बोटबाटै प्रतिकिलो ५०–६० रुपैयाँमा सुन्तला बिक्री गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको हो। खुद्रा मूल्य बजारमा ८० रुपैयाँ प्रतिकिलोभन्दा बढी छ।

विसं २०६९ देखि ०७१ सम्म सुन्तला उत्पादनमा वर्षेनी २ करोड नोक्सान भइरहेको थियो। २०७० मा उत्पादन घटेर ७८ सय मेटि्रकटन सुन्तला उत्पादन भएको थियो। ९ सयदेखि हजार हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको छ। गत वर्ष करिब ७ हजार मेटि्रकटन मात्र सुन्तला उत्पादन भएको थियो। यस वर्ष करिब ९ हजार मेटि्रक टन उत्पादन हुने अनुमान कार्यालयको रहेको बागबानी विकास अधिकृत धितालले बताए।

गोरखाको नारेश्वर, ताक्लुङ, मास्किछापका किसान भने अघिल्लो वर्षभन्दा आफ्नो क्षेत्रमा उत्पादन घटेको बताउँछन्। बोट मर्दै गएर सुन्तला थोरै फलेको ताक्लुङ–९ कि हरिमाया थापा बताउँछिन्। उनको बगैँचामा सुन्तलाका ६० बोट छन्। गत वर्ष ७० हजार रुपैयाँमा बिक्री गरेको सुन्तला यस वर्ष बोट मरेर थोरै फलेपछि बिक्रीबाट ६० हजार मात्र पाएको उनले बताइन्। 'बोट मर्ने, कम फल्ने, साना दाना लाग्ने भएपछि आम्दानी पनि घट्यो,' उनले भनिन्, 'जति उपचार गरे पनि वर्षेनी उत्पादन घट्दै गएको छ। अब अनार खेती गर्ने योजनामा छु।'

देउरालीका किसान लक्ष्मण मल्ल ठकुरीले गत वर्ष ३ लाख ५० हजार रुपैयाँको सुन्तला बेचेका थिए। यसपल्ट उनको बगैँचामा ७ लाख रुपैयाँ बराबरको सुन्तला फल्यो। सुन्तला टिपेपछि गोडमेल, औषधि उपचार गरेको र नयाँ बगैँचामा भने उत्पादन बढेको उनले बताए। कार्यालयले किसानलाई वितरण गरेको बिरुवा गत वर्षभन्दा करिब ३० हेक्टर बढीमा लगाइएको छ। वर्षेनी सुन्तला खेती बढे पनि उत्पादन भने खासै वृद्धि नभएको किसान बताउँछन्।

सुन्तला टिपिसकेपछि गोडमेल, औषधि उपचारलगायत बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादन घटेको कृषि विज्ञ बताउँछन्। 'कृषि कार्यालयले उत्पादन बढाउन वर्षेनी सहुलियतमा बिरुवा वितरण गर्दै आएको छ,' वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले भने, 'किसानले चासो नदिँदा उत्पादन घट्दो छ।' किसान भने रोग र कीरा लाग्दा कार्यालयले उपचारमा सहयोग नगर्दा र आफूहरूलाई जानकारी नहुँदा उपचार गर्न नसकिएकाले उत्पादन घटेको गुनासो गर्छन्।

प्रतिक्रिया

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...