Sunday 19 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

आफ्नो अधिकार माग्दा अरुलाई हनन् नगर्नुस्: गृहमन्त्री

(0 votes)
नेपालगन्ज–गृहमन्त्री शक्ति बस्नेतले तराईमा आन्दोलनरत पक्षलाई अरुको अधिकार हनन् नगर्न सजग गराएका छन्। नेपालगन्ज रंगशालामा शनिबार बिहान पिस म्याराथनको उद्घाटन गर्दै उनले मधेसी मोर्चाले आफ्नो अधिकार माग्दा अरुको अधिकार हनन् गरिरहेको बताए।
nepalipatr-april

आन्दोलनकारीले एम्बुलेन्स, औषधि बोकेका सवारी साधनलाई तोडफोड र आगजनी गरेकोमा गृहमन्त्री बस्नेतले अराजतातिर धकेलिएको मधेस आन्दोलनलाई नियन्त्रण गर्न नेतृत्व जिम्मेवार हुनुपर्ने बताए। राष्ट्रिय अखण्डताको रक्षा, जनताको लोकतान्त्रिक हक अधिकारको ग्यारेन्टी, आर्थिक समृद्धी, सामाजिक न्याय, सुशासन र दीर्घकालीन शान्ति मुलुकका महत्वपुर्ण कार्यभार भएको बताउँदै गृहमन्त्री बस्नेतले भने, 'यि कार्यभार पुरा गर्नका निम्ति हामीलाई राष्ट्रिय सहमतिको खाँचो छ। राष्ट्रिय एकताको खाँचो छ।'

मुलुक परिवर्तनका लागि मध्यपश्चिमले पु¥याएको योगदान महत्वपुर्ण रहेको औलाउँदै उनले मध्यपश्चिमले फेरि शान्तिको सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे। शान्तिको सन्देश फैलाउन खेलकुद एउटा महत्वपुर्ण पाटो भएको उनले बताए। गृहमन्त्री बस्नेतले शनिबार नेपालगन्जमा मध्यपश्चिम क्षेत्रका सुरक्षा निकायका प्रमुखसँग शान्ति, सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...