Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

नाकाबन्दीको धक्का थेग्ने क्षमता ५ दिनमात्रै

(1 Vote)
काठमाडौं- नेपालको अर्थतन्त्रसँग अहिले भारतले लगाएजस्तो नाकाबन्दीको धक्का ५ दिनभन्दा बढी थेग्न सक्ने क्षमता नभएको केन्द्रिय बैंकले प्रस्ट पारेको छ। राष्ट्र बैंक अनुसन्धान विभागले तयार गरेको प्रतिवेदन अनुसार भारतको अघोषित नाकाबन्दीको कारण अहिले नेपाली अर्थतन्त्र समस्यामा छ।
nepalipatro-nagarik
अर्थतन्त्रका विविध आयामलाई केलाउँदै प्रतिवेदनले आयातमुखी चरित्रका कारण अर्थतन्त्रको क्षमता घटेको र नाकाबन्दी थेग्न नसकेको उल्लेख छ।

भारतकेन्द्रित वैदेशिक व्यापार, पेट्रोलियममा पूर्ण परनिर्भरता र भारत–नाका आश्रित, इन्धनमा परनिर्भरता घटाउन वैकल्पिक ऊर्जाको विकास नहुनु, खाद्यान्न, औषधि लगायत अति आवश्यक वस्तु तथा उद्योगको लागि अधिकांश कच्चा पदार्थसमेत भारतबाट आयात गर्नुपर्ने अवस्था रहनुलाई प्रतिवेदनले अर्थतन्त्रको क्षमतामा ह्रास आउनुका कारणको रुपमा औंल्याएको छ।

प्रचुर सम्भावना रहेको जलविद्युत उत्पादन गरेर छिमेकी मुलुकसँग अन्तरनिर्भरताको व्यापार सम्बन्ध विकास गर्न तथा इन्धन, औषधि, खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुको कारोबार गर्ने सरकारी संस्थाको क्षमता बढाउन नसक्नुलाई पनि प्रमुख कारणको रुपमा चित्रण गरेको छ।

'पछिल्ला वर्षमा अर्थतन्त्रको संरचनामा भने उल्लेख्य परिवर्तन भएको छ। २०४५ सालमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको अंश करिब ४८.७ प्रतिशत रहेकोमा २०७२ सालमा ३३.१ प्रतिशतमा झरेको छ,' राष्ट्र बैंक भन्छ, 'कृषिमा व्यवसायीकरण र उत्पादकत्व अभिवृद्धि अपेक्षानुरुप नहुँदा खाद्यान्न आयात वर्षेनी बढ्यो।'

यस अवधिमा मुलुकले विश्व व्यापार संगठन र साफ्टा जस्ता संगठनको सदस्यता लिए पनि नेपाली उद्योग र निर्यात विस्तार हुन सकेको छैन। उल्टै सरकारी स्तरमा सञ्चालित केही उद्योग व्यवसाय समेत निजीकरण मार्फत छिन्नभिन्न भए। विद्युत विकासबाट आर्थिक फड्को मार्न सक्ने प्रचुर सम्भावना भए पनि २०४६ यता जम्मा ५६७ मेगावाट जलविद्युत उत्पादन भयो। विद्युतको आन्तरिक माग धान्न करिब १३ सय मेगावाट चाहिन्छ। आपूर्ति ७ सय ८० मेगावाट मात्र छ।

नेपालको संविधानसभाले संविधान बनाएपछि रुष्ट भारतले नेपालमाथि अघोषित रुपमा नाकाबन्दी गरेको छ। विगतका नाकाबन्दीभन्दा यसपटकको असर धेरै रहेको प्रतिवेदनमा औंल्याइएको छ।

भारतले यसअघि २०२७ र २०४५ नेपालमाथि नाकाबन्दी लगाएको थियो। नाकाबन्दीको स्वरुप र प्रकृति विगतमा भन्दा यसपालि फरक छ। २०२७ सालमा व्यापार तथा पारवहन सम्झौता समयमै नवीकरण हुन नसकेको बहाना भए पनि अरनिको राजमार्ग निर्माण गरेर तातोपानीबाट चीनसँग ब्यापार विस्तार गर्न खोज्दा भारत रिसाएको थियो।

२०४५ सालमा १० देखि २०४७ जेठ महिनासम्म करिब १५ महिना भारतले नेपालमा नाकाबन्दी लगाएको थियो। त्यो बेला नेपालले चीनबाट हतियार किनेपछि नयाँ दिल्लीले पारवहन सम्झौता गर्न आलटाल गरी नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो।

भूपरिवेष्ठित मुलुकको समुन्द्रसम्मको निर्वाध पहुँच आवागमन एवं पारवहन हकको स्थापित मान्यता उपभोग गर्न नदिएर उसले यसपटक पनि नेपाली अर्थतन्त्रको ढाड भाँचेको छ। प्रतिवेदन अनुसार ४० मध्य–दशकसम्म नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ६० प्रतिशतभन्दा बढी थियो। खाद्यान्नमा देश लगभग आत्मनिर्भर थियो। चारपांग्रे र दुईपांग्रे सवारी साधन ७४ हजार मात्र थियो। २०४५ सालसम्म वार्षिक १ अर्ब रुपैयाँभन्दा कमको इन्धन आयात हुन्थ्यो। वैदेशिक व्यापारमा भारतसँगको अंश ३४.३ प्रतिशत मात्र रहेकोले पनि त्योबेला नाकाबन्दीको व्यवस्थापन धेरै कठिन भएन।

त्यसयता परिस्थितिमा निकै परिवर्तन आइसके पनि अर्थतन्त्रलाई यस्ता नाकाबन्दी थेग्न सक्ने बनाउनेतर्फ सरकारले पहल गरेन। त्यसको मार अहिले भोग्दैछ।

जनसंख्या वृद्धिसँगै सहरीकरण र आधुनिकीरणले इन्धनको माग अत्यधिक बढ्दा अहिले नेपाल आयल निगमको भण्डारण क्षमताले पेट्रोल लगभग एक हप्ता र डिजेल तीन हप्ता मात्र धान्न सक्ने अवस्था छ। मुलुकभित्र खाद्यान्न र औषधि भण्डारण व्यवस्थित गर्ने प्रभावकारी संयन्त्र समेतको अभाव छ। प्रतिवेदन अनुसार घरेलु माग धान्न अहिले १ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्नुपर्छ।

सरकारी खातामा ८६ अर्ब

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण विकास–निर्माण ठप्प हुँदा सरकारी खातामा करिब ८६ अर्ब रुपैयाँ थुप्रिएको छ। चालु र पुँजीगत खर्च दुवै हुन नसकेकाले सरकारी खर्च घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको असोज मसान्तसम्मको देशको आर्थिक स्थिति अनुसार सरकारको चालु खातामा ८५ अर्ब ८८ करोड रुपैयाँ बचत छ। पोहोर यस्तो रकम ६ अर्ब ४८ करोड रुपैयाँ मात्रै थियो।

नगद प्रवाहमा आधारित सरकारी बजेट ४० अर्ब ६८ करोडले बचतमा छ। स्रोत परिचालनमा कमी आए पनि सरकारी खर्चमा उल्लेख्य गिरावट आउँदा यस्तो बचत भएको राष्ट्र बैंकले जनाएको छ।

इन्धन अभावका कारण विकास निर्माणका काम हुन नसक्दा सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून छ। २०७१ असोजको तुलनामा यसपालि असोजमा पुँजीगत खर्च ५८.६ प्रतिशतले बढेर २ अर्ब ८७ करोड पुगे पनि यो रकम पुँजीगत बजेट अनुमान (२०८ अर्ब रुपैयाँ) को जम्मा १.४ प्रतिशतमात्रै हो।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।