Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

भूकम्प प्रभावित ४ जिल्लाका किसानलाई जापानको सहयोग

(0 votes)
काठमाडौं– केन्द्रीय कृषि सहकारी संघ जापानले नेपालका भूकम्प प्रभावित जिल्लाका किसानहरुलाई प्रविधी हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।


nepalipatr-april
भूकम्पवाट प्रभावित किसानहरुको आय आर्जन सुधारका लागि कृषि प्रविधि, सीप, दक्षता अभिवृद्धिलगायत आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने केन्द्रीय कृषि सहकारी संघ जापानका प्रतिनिधिले जानकारी दिएका छन्।

नेपाल कृषि सहकारी केन्द्रीय संघको समन्वयमा नेपालमा गर्न लागिएको कार्यक्रम तत्कालका लागि ४ वटा जिल्लामा गरिने नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए। भूकम्प गएको महिनौं बितिसक्दा पनि किसानहरु सहजरुपमा आप्mनो दैनिकीमा फर्कन नसकेको अवस्थामा जापानबाट प्राप्त भएको सहयोगलाई सही सदुपयोग गर्दै किसानहरुलाई आर्थिक रुपमा सवल बनाउँदै लैजाने नेपाल कृषि सहकारी केन्द्रीय संघका महा–प्रबन्धक रुद्र भट्टराईले बताए।

केन्द्रीय कृषि सहकारी संघ जापानका उपाध्यक्ष तोसियूकी मोरिनागाले नेपालको कृषि र किसानको उन्नती प्रगतिका लागि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे। कृषिमा थोरै किसानको सहभागिता रहे पनि प्रविधि र सहयाताले जापान आत्मनिर्भर भएको उदाहरण प्रस्तुत गर्दै उपाध्यक्ष मोरिनागाले नेपालमा पनि आप्mनो अनुभव हस्तान्तरण गर्न तत्पर रहेको बताए।

प्रतिक्रिया

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।