Tuesday 26 Magh, 2072 |
Menu

अर्थ

istl

सितोरियो करातेका संस्थापक प्रशिक्षक थानेश्वर राईलाई सम्मान

  • बुधबार ९ मंसिर, २०७२
  • दमन रार्इ
  • DISQUS_COMMENTS
(0 votes)
सितोरियो करातेका संस्थापक प्रशिक्षक थानेश्वर राईलाई सम्मान

खोटाङ– नेपालका सितोरियो करातेका संस्थापक प्रशिक्षक थानेश्वर राईलाई खोटाङमा सम्मान गरिएको छ। नेपालमा तत्कालिन समयमा प्रतिबन्धित गरिएको अवस्थाबाट सितोरियो करातेको बिकास गर्दै खेलकुदका क्षेत्रमा पुर्याएको योगदान स्वरुप संस्थापक राईलाई जिल्ला खेलकुद बिकास समिति र नेपाल सितोरियो कराते संघ जिल्ला शाखाले सम्मान गरेको हो।

 

 

 

 

nepalipatro-nagarik
खोटाङको अर्खौले नवलपुर घर भएका राईलाई १८ वर्षपछि जिल्ला आएको मौका पारेर बुधबार दिक्तेलस्थित माटिकोरे कबर्डहलमा सम्मान गरिएको हो । खेलकुद बिकास समिति र सितोरियो कराते संघले राईलाई 'महाभिष्म पिता गुरु'का रुपमा सम्मान गरिएको खेलकुद बिकास समितिका अध्यक्ष माईतीराज राईले बताए ।

सितोरियो करातेका क्षेत्रमा राईले कमाएको ख्यतीका कारण जिल्लाका राजनैतिक दल, बुद्धिजिबी, खेलाडी तथा शुभेच्छुकले उत्सुकताकासाथ उनको सम्मान कार्यक्रमलाई हेरेका थिए । हाल अमेरिका बस्दैआएका राई पुर्वको ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली लगायतका खेलाडीहरुलाई भेटघाट गर्दै दिक्तेल आइपुगेका हुन् । लामो समयपछि जिल्ला आएको मौका पारेर उनलाई सम्मान गरिएको सितोरियो संघका उपाध्यक्ष मिलन कसजूले जनाए । सम्मानग्रहण पछि सितोरियो करातेका संस्थापक प्रशिक्षक राईले राज्यकै कारण प्रतिभावान नेपाली खेलाडीहरु देशबाट पलायन हुनेगरेको बताए । 'हाम्रो देशमा खेलाडी भनेपछि कन्य पाउन गा¥हो छ, रोजीरोटीको वाताबरण छैन,' राईले भने, 'अवशर खोज्दै भाग्नु खेलाडीको दोष होईन, राज्यको दोष हो ।' भबिष्यको टुंगो नगरेकै परिणाम पछिल्लो समय खेलकुदका क्षेत्रमा नेपालले अपेक्षित उपलव्धी हाँसिल गर्न नसकेको उनले औंल्याए । राईले ब्रिटिस आर्मीको जागीर छाडेर नेपालमा आएको, प्रशासनको नजर छल्दै रातीराती चारकोसे झाडी, सर्दु खोलाको किनार, रक्सौल, जोगबनी लगायतका ठाउँमा कराते सिकाएको अनुभव बताउँदा अतिथिहरुले चाख मानेर सुनेका थिए । सम्मान कार्यक्रमपछि राईले जिल्लाका सितोरियो खेलाडीहरुलाई सीप र दक्षताका बिषयमा छुट्टै 'क्लास' गरेका छन् ।

उनी कक्षा ९ मा पढ्दापढ्दै सन् १९७६ मा बेलायती सेनामा भर्ती भएका थिए । सन् १९७२ मा सिंगापुर सितेरियो कराँते डोजो फेडरेसनबाट प्रशिक्षण लिन थालेका राई सन् १९७८ मा पन्च र किकमा सिंगापुर च्याम्पियन बनेका थिए । आत्मरक्षा र सौखका लागि सिकेको कराँतेलाई व्यावसायिक रुप दिने सपना बोकेर उनी सन् १९७८ मा बेलायती सेनाको जागिर छाडेर नेपाल आएका थिए । तत्कालिन समयमा नेपालमा कराँते प्रतिबन्धित गरिएका कारण बि.सं. २०३३ देखि २०३९ सम्म लुकिछिपी कराँते प्रतिक्षण चलाएका राईलाई सन् १९८१ को अलइण्डिया कराँते च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी गराएपछि मात्र तत्कालिन खेलकुद परिषदले बोलाएको थियो ।

प्रतिक्रिया

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...