Sunday 19 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सरकारले दबाएर समाधान गर्न खोज्यो: नेता यादव

(0 votes)
काठमाडौँ-आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको आरोप लगाएका छन्।

nepalipatr-april
व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले 'साम्प्रदायिक नश्लवादी' सोचले काम गरिरहेको टिप्पणी गरे।

उनले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गरे। भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले सरकारका उपप्रधानमन्त्रीहरुले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै भने, ''नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।''

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उनले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको बताए।

यादवले पत्रकारलाई प्रतिक्रिया दिँदै गर्दा छेउमा रहेका नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभई प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गरे। जवाफमा यादवले भने, "आज काँग्रेसको असली चरित्र देखियो ।" ती दुई दलबीच संसद्को आजको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो । रासस

प्रतिक्रिया

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...