Tuesday 21 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

छिमेकी मुलुकसँग सरकारले सम्बन्ध सन्तुलित बनाउनुपर्छ: महासचिब पोखरेल

(0 votes)
इटहरी–नेकपा एमालेका महासचिब इश्वर पोखरेलले छिमेकी देशहरुसँग असन्तुलन कायम गरेकै कारण मुलुकमा अहिलेको असहज परिस्थिति सृजना भएकाले अब भने सन्तुलित सम्बन्ध राख्नुपर्ने बताएका छन्।
nepalipatr-april
उनले नेपालकै कमजोरीले अहिलेको असहज परिस्थिति बेर्होरेको बताउँदै चीनसँग चाडैं नै सम्झौता हुने बताए । 'अहिले सरकारले गर्ने भनेको दुई देशबीचको सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ,' महासचिब पोखरेलले मंगलबार इटहरीमा प्रेस चौतारी नेपाल सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'चीन वा भारतको बिरोध होइन् । छिमेकीसँग मिलेर बस्न सम्बन्ध सन्तुलित बनाउनुपर्छ।' उनले चिनसँगै चाडैैं सम्झौता भएपछि दुवै देशबीच सन्तुलित सम्बन्ध राख्नुपर्ने बताए।

'अहिलेसम्म एउटा छिमेकीसँग बाह्रै महिना जताबाट पसेपनि हुने गरी व्यवहार ग¥यौं, अर्को छिमेकीसँग जोडिएको बाटो पनि छैन् । दोष कसलाई दिने ?' उनले भने, 'यदि बाह्रै महिना चीनसँग दुई–चारवटा नाका खुल्ला हुन्थे भने अहिलेको स्थिति आउने थिएन् ।' पोखरेलले छिमेकीसँग जुक्ति–बुद्धि निकालेर व्यवहार गर्नुपर्ने बताए।

'सबैथोक बदल्न सकिन्छ, छिमेकी बदल्न सकिदैन् । इन्डियाले ज्यादै पेल्यो भनेर गाली गर्दा इन्डिया अन्यत्र जादैंन् । चीनले टेरेन भनेर गाली गर्दा चीन अन्यत्र जादैन,' उनले भने, 'दुईवटा ठूला मुलुकले ज्यादै पेले भनेर नेपाल अन्यत्र बसाई जान सक्दैन् । जुक्ति बुद्धि निकालेर सास फेर्न सिक्नुप¥र्यो ।' उनले भारतसँग सन् १९५० मा गरिएका सन्धी–सम्झौता पुनरावलोकन गर्ने बेला आएको तर्क गरे ।

'मनमोहन अधिकारी ०५१ सालमा प्रधानमन्त्री हुदाँ भारत भ्रमण गर्न जानुपूर्व सन् १९५० सन्धी–सम्झौता पुनरावलोकन गर्ने कुरा गर्दा धेरै मान्छे आतिएका थिए,' आफू त्यो बेला अधिकारीको प्रमुख राजनीतिक सल्लाहाकार भएको सम्झदै पोखरेलले भने, 'हिजो अर्कै युगमा भएको सम्झौता भारतमा पनि धेरै चीज बदलियो, नेपालमा पनि बद्लियो । अद्यवधिक गर्नुपपर्ने बेला भएको छ ।' उनले अहिलेसम्म भारतसँग गरेका सन्धी–सम्झौता पुनरावलोकन गर्न गृहकार्य नभएकाले गर्दा पनि अप्ठ्यारो परेको स्पस्ट पारे ।

नेता पोखरेलले भारतले गरेको नाकाबन्दीको संयुक्त राष्ट्र संघ, अमेरिका, बेलायतलगायतका देशसँग कुरा उठाइ सकेको बताए ।

उनले नेपालको संविधान उन्नत किसिमको लोकतान्त्रिक संविधान भएको जिकिर गरे । 'सन् १९५० मा भारतमा संविधान जारी भयो । जसको संयोजक डा. अम्बेडक्कर जस्तो व्यक्ति हुनुहुन्थ्यो र त्यसबेला पोलिटक्कली टावर पर्सनलिटी भएका जवारलाल नेहरुले आफ्नो तर्फबाट ८० जना मान्छे मनोनित गरेर बनाएको संविधानसभामा ६७ प्रतिशत समर्थन थियो, अमेरिकाको संविधानमा ५२ प्रतिशतको समर्थन थियो तर नेपालमा ९१ प्रतिशतभन्दा ज्यादाको समर्थन छ,' उनले भने ।

प्रतिक्रिया

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।