1 Falgun, 2072 |
Menu

अर्थ

istl

धोनीलाई पक्राउ गर्न अदालतको आदेश

(0 votes)
धोनीलाई पक्राउ गर्न अदालतको आदेश
हैदराबाद- दक्षिण भारतको अदालतले भारतीय एकदिवसीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले पक्राउ पूर्जी जारी गरेको छ। एक म्यागेजिनको कभरमा हिन्दु धर्मको देवताका रूपमा आफूलाई प्रस्तुत गरेको भन्दै धोनीमाथि पक्राउ पूर्जी जारी गरिएको हो।

nepalipatro-nagarik
आन्द्र प्रदेशको अदातलले धोनीले आफूविरुद्ध लागेको आरोपको सुनुवाइमा प्रस्ट जवाफ दिन नसकेको भन्दै शुक्रबार जमानत राख्न नमिल्ने पक्राउ पूर्जी जारी गरेको हो। धार्मिक आस्थामा ठेस पुग्ने गतिविधि गरेको भन्दै हिन्दु धर्मावलम्बीले धोनीविरुद्ध प्रश्न उठाएका थिए। विश्व हिन्दु परिषदका सदस्यले बिजनेस टुडे म्यागेजिनमा धोनीलाई हिन्दु धर्मका देवता विष्णुको अवतारमा प्रस्तुत गरेर विभिन्न उत्पादनको प्रचार गरेको कभर तस्बिर प्रकासित भएपछि २०१३ मा उनीविरुद्ध मुद्दा दायर गरेका थिए।

'धोनीले जुत्ता, लेज, चिप्स र पेप्सीको विज्ञापन खेलेका छन्,' वकिल गोपाल रावले भने, 'उनको अनुपस्थितिमा अदालतले गम्भीर निर्णय गर्दै पक्राउ पूर्जी जारी गरेको छ।'

तथापि धोनीका व्यवस्थापक अरुण पाण्डेले कुनै पनि सनुवाइ नभएको बताए। 'धोनीको कुनै सुनुवाइ भएको छैन र एक्कासि आएको यो पक्राउ पूर्जीबाट म अचम्भित भएको छु,' उनले भने।

भारतमा ट्वान्टी–२० विश्वकप सुरु हुनु ठिक एकसाताअघि फेब्रअरी २५ मा अर्को सुनुवाइको मिति तय गरिएको छ।

विकेटकिपर/ब्याट्सम्यान धोनी अहिले सीमित ओभरको क्रिकेट खेल्नका लागि अस्ट्रेलिया भ्रमणमा छन्।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।