Monday 25 Magh, 2072 |
Menu

अर्थ

istl

युनाइटेडको संघर्षमय जित

(0 votes)
लन्डन- वायन रुनीले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एएफए कपको तेस्रो चरणमा तेस्रो श्रेणीको सेफिल्ड युनाइटेडलाई १–० को झिनो अन्तरमा हराएको छ।
nepalipatro-nagarik
एफए कपको साविक विजेता आर्सनल र म्यानचेस्टर सिटीले सहज जित हासिल गर्दै चौथो चरणमा प्रवेश पाए पनि युनाइटेडले भने पुनः अर्को पटक खेल्नु पर्ने सम्भावना बढेको थियो। तर इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीलाई रुनीले गोलमा परिणत गरेपछि युनाइटेड अघि बढ्न सफल भयो। दास्रो हाफमा मैदान प्रवेश गरेका मेम्पि्कस डिपेलाई सेफिल्डका खेलाडीले पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो।

रक्षापक्ति कसिलो बनाएको सेफिल्डविरुद्ध युनाइटेडले मुस्किलले अवसर सिर्जना गरेको थियो। तर, लिग प्रणालीमा आफूभन्दा ४७ स्थान तल रहेको टोलीविरुद्धको कठिन जितले दबाबमा रहेका प्रशिक्षक लुइस भान हालको टाउको दुःखाइ कम गराएको छ।

आरोन रामसे र ओलिभर जिरौडले गोल गरेपछि १–० ले पछि परेको अवस्थामा पुनरागमन जनाउँदै आर्सनलले उपाधि रक्षाको यात्रा अघि बढाएको छ। जेर्माइन लेन्सले १७ औं मिनेटमा गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछि नै जोयल क्याम्पबेलले बराबरी गोल गरेर टोलीमाथिको दबाब कम गराएका थिए। दोस्रो हाफमा रामसे र जिरौडले गोल गरेपछि आर्सनल जितको हकदार बनेको थियो।

अर्को खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीमाथि ३-० को जित हासिल गर्यो। टोलीलाई जित दिलाउन सर्जियो अग्विरो, केलिची इनाचो र वैकल्पिक खेलाडी केभिन डि ब्रुएनेले गोल गरे।

प्रिमियर लिगका टोली साउथह्याम्पटन र न्यूक्यासलले शनिबार निराशा सामना गरे। विलफ्रिड जाहाले ६८ औं मिनेटमा गरेको गोलमा क्रिस्टल प्यालेसले २–१ को अन्तरमा साउथह्याम्पटनलाई निराश पारेको थियो। त्यस्तै ट्रोय डिनेले गरेको गोलमा न्यूक्यासल घरेलु टोली वाट्फोर्डसँग १–० ले निराश बन्नुपरेको थियो।

अर्को खेलमा जेम्स मोरिसनले इन्जुरी समयको पाँचौं मिनेटमा बराबरी गोल फर्काउँदै वेस्ट ब्रोमलाई हारबाट जोगाएका थिए। दोस्रो श्रेणीको ब्रिस्टोल सिटी २–१ ले अघि रहेको अवस्थामा मोरिसनले बराबरी गोल फर्काएका थिए।

प्रिमियर लिगको पुछारमा रहेको एस्टन भिल्लाले चौथो श्रेणीको वेकम्बे वनडर्सससँग १–१ को बराबरीमा चित्त बुझायो।

च्याम्पियसिपकोको पुछारमा रहेको बोल्टनले इस्टलेइघसँग १–१ को बराबरीका लागि निकै मेहनत गर्नु परेको थियो।

प्रतिक्रिया

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...